By using this site, you agree to the Privacy Policy and Terms of Use.
Accept
गुल्मी बुलेटिन
  • होम पेज
  • समाचार
  • लियाे / लायन्स
  • अर्थतन्त्र
    • बैंकिङ
    • बिज्ञान प्रबिधि
  • जीवनशैली
  • मनोरन्जन
    • चलचित्र
    • धर्म संस्कृति
    • भिडियो
  • राशिफल
  • पुस्तक संसार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • रोचक
  • अन्य
    • बिज्ञान प्रबिधि
    • कृषि
    • फोटो ग्यालरी
    • राशिफल
    • फिचर
  • होम पेज
  • समाचार
  • लियाे / लायन्स
  • अर्थतन्त्र
    • बैंकिङ
    • बिज्ञान प्रबिधि
  • जीवनशैली
  • मनोरन्जन
    • चलचित्र
    • धर्म संस्कृति
    • भिडियो
  • राशिफल
  • पुस्तक संसार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • रोचक
  • अन्य
    • बिज्ञान प्रबिधि
    • कृषि
    • फोटो ग्यालरी
    • राशिफल
    • फिचर
गुल्मी बुलेटिनगुल्मी बुलेटिन
  • समाचार
  • लियाे / लायन्स
  • शिक्षा
  • अर्थतन्त्र
  • मनोरन्जन
  • खेलकुद
  • विचार
  • राजनीति
  • अन्तर्राष्ट्रिय
  • होम पेज
  • समाचार
  • लियाे / लायन्स
  • विजनेस
  • शिक्षा
  • रोजगार
  • राशिफल
Have an existing account? Sign In
Home » युवा क्लस्टरबाट कांग्रेस महाधिवेशन प्रतिनिधिमा भेषराज पोखरेलको उम्मेदवारी

युवा क्लस्टरबाट कांग्रेस महाधिवेशन प्रतिनिधिमा भेषराज पोखरेलको उम्मेदवारी

News Desk
News Desk
२०८३ आश्विन १०, शनिबार २२:२०

बुटवल :- नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत रुपन्देही क्षेत्र नं. २ बाट युवा नेता तथा व्यवसायी भेषराज पोखरेल ‘राज’ले ३५ वर्षमुनिको युवा क्लस्टरतर्फ केन्द्रीय महाधिवेशन प्रतिनिधि पदमा उम्मेदवारी घोषणा गरेका छन्।

नेपाल विद्यार्थी संघ हुँदै कांग्रेसको राजनीतिमा सक्रिय पोखरेलले पार्टी संगठनमा युवा सहभागिता बढाउने र नयाँ पुस्ताको सोचलाई नेतृत्व तथा निर्णय प्रक्रियासँग जोड्ने उद्देश्यसहित उम्मेदवारी दिएको बताएका छन्।

‘युवाको सोच, समृद्ध समाज र सशक्त नेपाली कांग्रेस’ भन्ने अवधारणालाई अघि सारेका पोखरेलले पार्टीका क्षेत्रीय प्रतिनिधिसँग आफ्नो उम्मेदवारीका पक्षमा समर्थन मागेका छन्।

पोखरेलको राजनीतिक सक्रियता विद्यार्थी राजनीतिबाट सुरु भएको हो। नेपाल तरुण दल बुटवल–११ मतदान केन्द्र ‘क’को संस्थापक सभापति रहेका उनी तरुण दल बुटवल उपमहानगर समितिको सदस्यसमेत भइसकेको उनको विवरणमा उल्लेख छ।

नेपाली कांग्रेसको १४औँ महाधिवेशनमा उनी बुटवल–११ बाट क्षेत्रीय प्रतिनिधिमा निर्वाचित भएका थिए। सोही महाधिवेशन प्रक्रियामा रुपन्देही क्षेत्र नं. २ प्रदेशसभा ‘क’को सहसचिव पदमा समेत उनको उम्मेदवारी थियो। तत्कालीन सार्वजनिक समाचारमा पनि पोखरेल उक्त पदका उम्मेदवार रहेको उल्लेख छ।

लुम्बिनी प्रदेशको राजधानी बुटवलबाट दाङ सार्ने निर्णयविरुद्ध कांग्रेसको आह्वानमा भएको आन्दोलनमा सहभागी हुँदा आफूले मुद्दासमेत खेपेको पोखरेलले बताएका छन्।

राजनीतिसँगै सामाजिक, युवा तथा व्यावसायिक क्षेत्रमा पनि आफ्नो सक्रियता रहेको उनले जनाएका छन्। उनी समग्र बचत तथा ऋण सहकारी संस्थाको सचिव तथा हिमाली कृषि सहकारी संस्था लिमिटेड बुटवल–११ को पूर्वलेखा समिति संयोजक हुन्।

युवा तथा सामाजिक संस्थातर्फ उनी लियो क्लब अफ बुटवल गोल्डेन जुब्लीका संस्थापक अध्यक्ष हुन्। लियो जिल्ला परिषद् ३२५ ‘पी’ नेपाल वर्ष २०२५/२६ मा सल्लाहकारको जिम्मेवारीमा रहेको तथा लायन्स क्लब अफ बुटवल मणिमुकुन्द युथमा पनि आबद्ध रहेको उनको विवरणमा उल्लेख छ।

पोखरेल रोटर्‍याक्ट क्लब अफ बुटवलको वर्ष २०२७/२८ का लागि निर्वाचित अध्यक्ष तथा बुटवल जेसीजको वर्ष २०२६/२७ का प्रोग्राम डाइरेक्टरसमेत रहेको बताएका छन्।

व्यावसायिक क्षेत्रमा पनि सक्रिय पोखरेल बुटवल अटोमोबाइल्स, बुटवल मोटर्स प्रालि र समृद्धि ट्रेडर्ससँग आबद्ध छन्। बुटवल उद्योग वाणिज्य संघको अटोमोबाइल्स वस्तुगत उपसमितिमा सहसचिवका रूपमा काम गरेको तथा नेपाल अटोमोबाइल्स ट्रेड युनियन बुटवल उपमहानगर समितिमा समेत आबद्ध रहेको उनको विवरणमा उल्लेख छ।

राजनीति, व्यवसाय र विभिन्न सामाजिक संस्थामा हासिल गरेको अनुभवलाई पार्टी संगठनसँग जोड्ने आफ्नो योजना रहेको पोखरेलले बताएका छन्। उनले युवाको प्रतिनिधित्वलाई केवल उमेरको विषय नभई संगठनको नीति, निर्णय र नेतृत्व प्रक्रियामा नयाँ पुस्ताको अर्थपूर्ण सहभागितासँग जोडिनुपर्ने धारणा राखेका छन्।

रुपन्देही क्षेत्र नं. २ बाट युवा क्लस्टरतर्फ उम्मेदवारी घोषणा गरेका पोखरेलले अब क्षेत्रीय प्रतिनिधिहरूसँग भेटघाट र संवादमार्फत आफ्नो एजेन्डा अघि बढाउने बताएका छन्। अन्तिम उम्मेदवारको सूची र प्रतिस्पर्धाको स्वरूप भने कांग्रेसको सम्बन्धित निर्वाचन प्रक्रिया अघि बढेसँगै स्पष्ट हुनेछ।

ChatGPTClaudeX (Twitter)LinkedIn
Facebook Comments Box
आधा सिलिन्डर नीतिले बढायो ग्यास संकट, उपभोक्ता लाइनमा
गुल्मीदरबार गाउँपालिकाले अविवाहित महिला र पुरुषलाई भत्ता दिने
कोटिहवामा ‘हङ्गर रिलिफ एन्ड इन्ट्रोडक्सन प्रोग्राम’ सम्पन्न
महाशिवरात्रीका लागि सिद्धबाबा मन्दिरमा सम्पूर्ण तयारी पूरा, ६० हजार भक्तजन आउने अनुमान
चीनमा विशाल ताल फुट्यो, नेपालतर्फ त्रिशूली किनारमा सतर्कता
समाचार पढेर तपाईंलाइ कस्तो लाग्यो ?
माया0
दुखि0
खुशी0
निद्रा0
रिस0
ओख्खो0

थप समाचार

युवा क्लस्टरबाट कांग्रेस महाधिवेशन प्रतिनिधिमा भेषराज पोखरेलको उम्मेदवारी

अविरल वर्षाले बुटवलको जनजीवन प्रभावित, तिनाउ आसपास सतर्कता अपनाउन आग्रह

रुपन्देहीको ‘साई कृपा गोल्ड चिया’ दूषित पुष्टि, एक ब्याच बजारबाट तत्काल फिर्ता गर्न निर्देशन

कांग्रेस महाधिवेशन : युवा खुलातर्फ ओमप्रसाद भण्डारी ‘अमृत’को उम्मेदवारी

पत्रकारिताबाट पार्टी राजनीतिमा दिनेश पाण्डे, अर्घाखाँचीमा युवा कोटाबाट उम्मेदवारी

युवा समाजसेवी तथा व्यवसायी विकास टन्डनको महाधिवेशन प्रतिनिधिमा उम्मेदवारी

२०८३ आश्विन ९, शुक्रबार २०:२३

संयुक्त राष्ट्रसंघमा बालेनको सन्देश : ‘भोटेकोशी–त्रिशूली विपद् नेपालका लागि मात्रै होइन, विश्वकै लागि चेतावनी’

युवाको प्रतिनिधित्व गर्दै मदानेको अध्यक्षमा खिमानन्द गिरीको स्वतन्त्र दाबी

२०८३ आश्विन ९, शुक्रबार १८:५२

हाम्रो बारेमा

  • कम्पनि दर्ता नं. : ३२९४७९/०८०/०८१
  • सूचना बिभाग दर्ता नं. :४४५१-२०८०/२०८१
  • प्रेस काउन्सिल सूचीकरण नं. :४४४२-२०८०/०८१
  • बिज्ञापनको लागि : ९८६७२३३०७१

हाम्रो टिम

  • अध्यक्ष / संचालक :सुदीप ज्ञवाली
  • सम्पादक : सुब्रत ज्ञवाली
  • ब्यबस्थापक : इन्द्रमणि ज्ञवाली
  • न्यूज डेस्क : सुदीप ज्ञवाली
  • संवाददाता : सुदीप ज्ञवाली,सुशील खनाल , निरज रानाभाट
  • बजार प्रतिनिधि : सुशील खनाल

सम्पर्क ठेगाना

  • बुटवल–१३, रुपन्देही, नेपाल
  • फोन : ९८६७२३३०७१
  • इमेल :info@gulmibulletin.com
© 2023All Rights Reserved , Site By : Sudeep Gyawali
Welcome Back!

Sign in to your account

Username or Email Address
Password

Lost your password?