By using this site, you agree to the Privacy Policy and Terms of Use.
Accept
गुल्मी बुलेटिन
  • होम पेज
  • समाचार
  • लियाे / लायन्स
  • अर्थतन्त्र
    • बैंकिङ
    • बिज्ञान प्रबिधि
  • जीवनशैली
  • मनोरन्जन
    • चलचित्र
    • धर्म संस्कृति
    • भिडियो
  • राशिफल
  • पुस्तक संसार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • रोचक
  • अन्य
    • बिज्ञान प्रबिधि
    • कृषि
    • फोटो ग्यालरी
    • राशिफल
    • फिचर
  • होम पेज
  • समाचार
  • लियाे / लायन्स
  • अर्थतन्त्र
    • बैंकिङ
    • बिज्ञान प्रबिधि
  • जीवनशैली
  • मनोरन्जन
    • चलचित्र
    • धर्म संस्कृति
    • भिडियो
  • राशिफल
  • पुस्तक संसार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • रोचक
  • अन्य
    • बिज्ञान प्रबिधि
    • कृषि
    • फोटो ग्यालरी
    • राशिफल
    • फिचर
गुल्मी बुलेटिनगुल्मी बुलेटिन
  • समाचार
  • लियाे / लायन्स
  • शिक्षा
  • अर्थतन्त्र
  • मनोरन्जन
  • खेलकुद
  • विचार
  • राजनीति
  • अन्तर्राष्ट्रिय
  • होम पेज
  • समाचार
  • लियाे / लायन्स
  • विजनेस
  • शिक्षा
  • रोजगार
  • राशिफल
Have an existing account? Sign In
Home » कार्यान्वयनयोग्य योजना मात्रै बजेटमा समेट्न मुख्यमन्त्री आचार्यको निर्देशन, मगर र थारु भाषालाई सरकारी मान्यता दिन माग

कार्यान्वयनयोग्य योजना मात्रै बजेटमा समेट्न मुख्यमन्त्री आचार्यको निर्देशन, मगर र थारु भाषालाई सरकारी मान्यता दिन माग

News Desk
News Desk
२०८३ बैशाख २३, बुधबार २३:२५

लुम्बिनी :- लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले आगामी आर्थिक वर्षको बजेट तथा कार्यक्रममा कार्यान्वयन गर्न नसकिने योजना समावेश नगर्न मन्त्रालयहरूलाई कडा निर्देशन दिएका छन्।

मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, राप्ती उपत्यका (देउखुरी) मा आयोजित प्रदेश मन्त्रालयस्तरीय विकास समस्या समाधान समितिको बैठकलाई सम्बोधन गर्दै उनले यथार्थपरक, प्रभावकारी र कार्यान्वयन गर्न सकिने योजना मात्रै बजेटमा समावेश गर्नुपर्नेमा जोड दिए।

मुख्यमन्त्री आचार्यले सुशासन प्रवर्द्धनका लागि बनेका कार्यविधिको अक्षरशः पालना हुनुपर्ने उल्लेख गर्दै यसको सुरुवात मन्त्रालय तहबाटै हुनुपर्ने बताए। उनले मन्त्रालयहरूले आफ्नो अधिकार क्षेत्रभित्र रहेर प्रभावकारी कार्यसम्पादन गर्नुपर्नेमा जोड दिँदै कर्मचारी किताबखाना व्यवस्थापन र अवकाश कोष स्थापना आवश्यक रहेको बताए।


बैठकमा विभिन्न मन्त्रालयका सचिवहरूले योजना छनोट र कार्यान्वयनलाई थप प्रभावकारी बनाउने विषयमा आ–आफ्ना धारणा राखेका थिए।

प्रदेशका प्रमुख सचिव कृष्णप्रसाद काप्रीले प्रदेश सरकारका निर्णय कार्यान्वयन, कानुन तर्जुमा, जनशक्ति व्यवस्थापन तथा मन्त्रालयबीच समन्वयलाई व्यवस्थित रूपमा अघि बढाइएको जानकारी दिए। उनले आगामी बजेटमा कार्यान्वयन गर्न सकिने योजना मात्रै समेट्नुपर्नेमा जोड दिए।

त्यस्तै प्रदेश योजना आयोगका उपाध्यक्ष डा. डिल्लीराज अर्यालले बहुवर्षीय आयोजना छनोटका स्पष्ट मापदण्ड लागू गर्दै आयोजना बैंकको प्रभावकारी कार्यान्वयन गर्नुपर्ने धारणा राखे।

यसैबीच, लुम्बिनी प्रदेशका विभिन्न आदिवासी जनजाति संघसंस्थाले भाषा, संस्कृति र पहिचानसँग सम्बन्धित माग राख्दै प्रदेश सरकारलाई ज्ञापनपत्र बुझाएका छन्।

नेपाल मगर संघ लुम्बिनी प्रदेश समितिले मगर भाषालाई प्रदेशस्तरको सरकारी कामकाजको भाषा बनाउन माग गरेको छ। संघका अध्यक्ष खलुप्रसाद पुन मगर नेतृत्वको टोलीले बुझाएको ज्ञापनपत्रमा मगर भाषा प्रदेशभर व्यापक रूपमा बोलिने भएकाले सरकारी कार्यालय, सूचना प्रवाह तथा सेवा वितरणमा यसको प्रयोग सुनिश्चित गर्नुपर्ने उल्लेख गरिएको छ।

ज्ञापनपत्रमा मगर भाषा जान्ने कर्मचारी व्यवस्थापन, आवश्यक तालिमको व्यवस्था तथा स्थानीय तहसँग समन्वय गरी प्रभावकारी कार्यान्वयन गर्नुपर्ने माग गरिएको छ।

त्यस्तै थारु कल्याणकारिणी सभा दाङले पनि थारु भाषालाई सरकारी कामकाजको भाषाका रूपमा मान्यता दिन माग गर्दै मुख्यमन्त्रीसमक्ष ज्ञापनपत्र पेस गरेको छ।

सो अवसरमा मुख्यमन्त्री आचार्यले आदिवासी जनजातिको भाषा, संस्कृति र सभ्यताको संरक्षण तथा प्रवर्द्धनका लागि प्रदेश सरकारले आवश्यक नीति तथा कानुन निर्माण गर्ने प्रतिबद्धता व्यक्त गरेका छन्।

Facebook Comments Box
Total Views: 0
हराइरहेका पोखराका गौतम वीरगन्जमा मृत फेला
लुम्बिनीको मन्त्रिपरिषद् आज विस्तार हुँदै
लाईन गएपछि १० मिनेट बिचमै रोकियो लुम्विनी केवलकार
राष्ट्रिय स्वतन्त्र पार्टी धुर्कोट–रुपन्देही सम्पर्क विभागको सभापतिमा राजेन्द्र पोखरेल चयन
ललितपुर–२४ मा सेवा र विकासको मोडेल: अध्यक्ष पाण्डे र सदस्य महाजनसँग विशेष कुराकानी
समाचार पढेर तपाईंलाइ कस्तो लाग्यो ?
माया0
दुखि0
खुशी0
निद्रा0
रिस0
ओख्खो0

थप समाचार

कार्यान्वयनयोग्य योजना मात्रै बजेटमा समेट्न मुख्यमन्त्री आचार्यको निर्देशन, मगर र थारु भाषालाई सरकारी मान्यता दिन माग

आयोग खारेजीले रुपन्देहीका हजारौँ सुकुम्बासी अन्योलमा, लालपूर्जा वितरण प्रक्रिया प्रभावित

भोगाधिकारमा रहेका सरकारी जग्गा र संरचना तत्काल खाली गर्न सरकारको निर्देशन

गुणस्तरीय शिक्षाको भरोसा बन्दै नवीन औद्योगिक कदरबहादुर रिता मावि

सात दशकदेखि शिक्षा क्षेत्रमा अब्बल कान्ति मावि

कीर्तिपुरमा दिउँसै धारिलो हतियार प्रहार, एक युवकको मृत्यु

सार्वजनिक भयो भावनात्मक नेपाली गीत ‘आधा मन’

स्थानीय तहलाई मालपोत सेवा दिने कानुनी बाटो खुल्यो

हाम्रो बारेमा

  • कम्पनि दर्ता नं. : ३२९४७९/०८०/०८१
  • सूचना बिभाग दर्ता नं. :४४५१-२०८०/२०८१
  • प्रेस काउन्सिल सूचीकरण नं. :४४४२-२०८०/०८१
  • बिज्ञापनको लागि : ९८६७२३३०७१

हाम्रो टिम

  • अध्यक्ष / संचालक :सुदीप ज्ञवाली
  • सम्पादक : सुब्रत ज्ञवाली
  • ब्यबस्थापक : इन्द्रमणि ज्ञवाली
  • न्यूज डेस्क : सुदीप ज्ञवाली
  • संवाददाता : सुदीप ज्ञवाली,सुशील खनाल , निरज रानाभाट
  • बजार प्रतिनिधि : सुशील खनाल

सम्पर्क ठेगाना

  • बुटवल–१३, रुपन्देही, नेपाल
  • फोन : ९८६७२३३०७१
  • इमेल :info@gulmibulletin.com
© 2023All Rights Reserved , Site By : Sudeep Gyawali
Welcome Back!

Sign in to your account

Username or Email Address
Password

Lost your password?