गुल्मी :- गुल्मी निर्वाचन क्षेत्र नं. १ अन्तर्गत हुंगामा नेपाली कांग्रेसका उम्मेदवार डा. चन्द्र भण्डारीले मतदान गरेका छन् ।मतदानपछि संक्षिप्त प्रतिक्रिया दिँदै चन्द्र भण्डारी ले रचनात्मक रूपान्तरणका लागि मतदान गर्न आम मतदातालाई अपिल गरे ।

उनले लोकतन्त्रलाई सुदृढ बनाउन र देशलाई सकारात्मक दिशातर्फ अघि बढाउन सबैले आफ्नो मताधिकार प्रयोग गर्नुपर्नेमा जोड दिए ।“रचनात्मक रूपान्तरणका लागि मतदान गरौं,” उनले भने, “जनताको मतबाटै समृद्धि र सुशासन सम्भव छ ।”
![]()
Facebook Comments Box

