By using this site, you agree to the Privacy Policy and Terms of Use.
Accept
गुल्मी बुलेटिन
  • होम पेज
  • समाचार
  • लियाे / लायन्स
  • अर्थतन्त्र
    • बैंकिङ
    • बिज्ञान प्रबिधि
  • जीवनशैली
  • मनोरन्जन
    • चलचित्र
    • धर्म संस्कृति
    • भिडियो
  • राशिफल
  • पुस्तक संसार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • रोचक
  • अन्य
    • बिज्ञान प्रबिधि
    • कृषि
    • फोटो ग्यालरी
    • राशिफल
    • फिचर
  • होम पेज
  • समाचार
  • लियाे / लायन्स
  • अर्थतन्त्र
    • बैंकिङ
    • बिज्ञान प्रबिधि
  • जीवनशैली
  • मनोरन्जन
    • चलचित्र
    • धर्म संस्कृति
    • भिडियो
  • राशिफल
  • पुस्तक संसार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • रोचक
  • अन्य
    • बिज्ञान प्रबिधि
    • कृषि
    • फोटो ग्यालरी
    • राशिफल
    • फिचर
गुल्मी बुलेटिनगुल्मी बुलेटिन
  • समाचार
  • लियाे / लायन्स
  • शिक्षा
  • अर्थतन्त्र
  • मनोरन्जन
  • खेलकुद
  • विचार
  • राजनीति
  • अन्तर्राष्ट्रिय
  • होम पेज
  • समाचार
  • लियाे / लायन्स
  • विजनेस
  • शिक्षा
  • रोजगार
  • राशिफल
Have an existing account? Sign In
Home » रुपन्देही–२ मा चुन्नप्रसाद पौडेलको प्रतिबद्धता : ‘अर्थतन्त्र सुधार्न कृषि क्रान्ति अपरिहार्य’

रुपन्देही–२ मा चुन्नप्रसाद पौडेलको प्रतिबद्धता : ‘अर्थतन्त्र सुधार्न कृषि क्रान्ति अपरिहार्य’

News Desk
News Desk
२०८२ फाल्गुन २, शनिबार १२:५५

बुटवल :-नेपाली काँग्रेसका तर्फबाट रुपन्देही क्षेत्र नं. २ का प्रतिनिधिसभा सदस्य उम्मेदवार चुन्नप्रसाद पौडेलले देशको अर्थतन्त्र सुधारका लागि कृषि क्रान्ति अपरिहार्य रहेको बताउनुभएको छ।नेपाल किसान महासंघले शुक्रबार बुटवलमा आयोजना गरेको कार्यक्रममा बोल्दै उहाँले कृषि क्रान्तिमार्फत पलायन भइरहेको पुँजी रोक्न सकिने उल्लेख गर्नुभयो। निजी क्षेत्रबाट सानो प्रयास सुरु गरे पनि त्यसले मात्र पर्याप्त नहुने भन्दै कृषि क्षेत्रमा लगानी आकर्षण, लगानी सुरक्षा र अनुकूल वातावरण निर्माणका लागि सरकारको भूमिका महत्वपूर्ण रहने उहाँको भनाइ थियो।

यशोदा फूडका सञ्चालकसमेत रहेका पौडेलले कम्पनीको ‘करेन्ट चाउचाउ’ उत्पादनमार्फत नेपाली किसानले उत्पादन गरेको वार्षिक एक अर्ब रुपैयाँभन्दा बढीको अकवरे खुर्सानी खपत भइरहेको जानकारी दिनुभयो।उहाँका अनुसार अकवरे खुरसानी प्रयोग गरिएको उक्त उत्पादन २५ भन्दा बढी देशमा निर्यात भइरहेको छ। यसबाट एकातर्फ पुँजी पलायन रोकिनुका साथै अर्कोतर्फ निर्यातमार्फत विदेशी मुद्रा भित्रिने गरेको उहाँले उल्लेख गर्नुभयो।किसानलाई प्रोत्साहन गर्न समूहगत लगानी गरी पूर्वनिर्धारित मूल्यमा खुर्सानी खरिद गर्ने व्यवस्था मिलाइएको समेत उहाँले बताउनुभयो।

पौडेलले नेपालमा यस्ता कृषि–आधारित उद्योगहरू विस्तार गर्न आवश्यक रहेको भन्दै नीतिगत सुधार, औद्योगिक तथा व्यवसायिक वातावरण निर्माण, लगानी आकर्षण र सुरक्षाका लागि आफूले उम्मेदवारी दिएको स्पष्ट पार्नुभयो।स्वदेशी कच्चापदार्थमा आधारित उद्योग स्थापना गरी उत्पादित वस्तु विदेश निर्यात गर्ने नीति लिनुपर्ने उहाँको धारणा छ। कृषिलाई आधुनिक, प्रविधियुक्त र वैज्ञानिक बनाउँदै आर्थिक, सामाजिक, भौतिक तथा औद्योगिक विकासलाई प्राथमिकतामा राख्ने उहाँले प्रतिबद्धता जनाउनुभयो।

उहाँले आफ्ना संकल्प पूरा गर्न काँग्रेस नेतृत्वको सरकार आवश्यक रहेको भन्दै पार्टीका उम्मेदवारलाई विजयी गराउन आग्रह गर्नुभयो।कार्यक्रममा काँग्रेसका केन्द्रीय सदस्य रामबहादुर कार्कीले देशको विकास र समृद्धिका लागि काँग्रेस नेतृत्वको सरकार आवश्यक रहेको बताउनुभयो।रुपन्देही क्षेत्र नं. २ का सभापति तथा निर्वाचन परिचालन मूल समितिका संयोजक प्रजापाल गिरीले मुलुक संकटमा पर्दा काँग्रेसले निकास दिँदै आएको स्मरण गराउँदै परिवर्तन र विरासत जोगाउने शक्ति काँग्रेससँग रहेको दाबी गर्नुभयो।नेपाल किसान महासंघकी प्रदेश अध्यक्ष रिता खड्काको अध्यक्षतामा सम्पन्न कार्यक्रममा प्रतिनिधिसभा समानुपातिक उम्मेदवार रिता सेन, लक्ष्मण घिमिरेलगायतले मन्तव्य राख्नुभएको थियो।

उम्मेदवार पौडेलले बुटवललाई ‘स्वास्थ्य हब’ बनाउने योजना पनि अघि सार्नुभएको छ। स्वास्थ्य क्षेत्रका अस्पताल सञ्चालक, औषधि व्यवसायी तथा फार्मासिष्टहरूसँगको अन्तरक्रियामा उहाँले लुम्बिनी प्रादेशिक अस्पताललाई स्वास्थ्य विज्ञान प्रतिष्ठानका रूपमा विकास गर्ने, सिद्धार्थ बाल तथा महिला अस्पताल (आम्दा)लाई मेडिकल कलेजमा स्तरोन्नति गर्ने तथा निजी क्षेत्रका अस्पताललाई थप गुणस्तरीय र सुविधासम्पन्न बनाउन पहल गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो।

उहाँले बुटवल पूर्व–पश्चिम तथा उत्तर–दक्षिणबाट उपचारका लागि आउने बिरामीहरूको केन्द्र बन्दै गएको उल्लेख गर्दै गुणस्तरीय र विश्वसनीय सेवा विस्तार गरी उपचारका लागि बाहिर जानुपर्ने बाध्यता अन्त्य गर्ने बताउनुभयो।मर्सीसिटी अस्पतालका अध्यक्ष जनक कोईरालाको अध्यक्षतामा सम्पन्न कार्यक्रममा तिनाउ अस्पतालका अध्यक्ष चिरञ्जिवी जोशी, नेपाल फार्मेसी संघ रुपन्देहीका अध्यक्ष गणेश सेढाईलगायतले स्वास्थ्य क्षेत्र सुधारका सुझाव राख्नुभएको थियो।

Facebook Comments Box
Total Views: 0
सुस्ताएको बुटवललाई फेरि चलायमान बनाउने संकल्पसहित मैदानमा छु : चुन्नप्रसाद शर्मा पौडेल
टीकापुरका नगर अनुदान शिक्षककाे आन्दोलनका कार्यक्रम स्थगित
लुम्बिनी प्रदेशको राजधानी सारिएपछि रुपन्देहीको अर्थतन्त्र मन्द : उद्योगी–व्यवसायी चिन्तित
रम्बादेवी कलेजको बसले ठक्कर दिँदा सैनामैनाका बाबुराम अर्यालको मृत्यु
लिपुरको साकट मोचन हनुमान मन्दिरमा शनिबार–मंगलबार भक्तजनको भीड बढ्दो
समाचार पढेर तपाईंलाइ कस्तो लाग्यो ?
माया0
दुखि0
खुशी0
निद्रा0
रिस0
ओख्खो0

थप समाचार

नेपालले पनि भारतको जग्गा मिचेको रहेछ’ भन्ने प्रधानमन्त्रीको सनसनीपूर्ण दाबीलाई तपाईं के भन्नुहुन्छ ?

२०८३ जेष्ठ १७, आईतवार २२:२९

प्रतिनिधिसभा नियमावलीलाई लिएर संसद्मा विवाद, विपक्षी दलको अवरोधबीच प्रक्रिया अघि बढ्यो

२०८३ जेष्ठ १७, आईतवार २२:०४

प्रधानमन्त्रीको अभिव्यक्ति फिर्ता लिन र क्षमा माग्न प्रदीप ज्ञवालीको माग

आयकरको न्यूनतम सीमा दोब्बर, अब १० लाखसम्म आम्दानीमा १ प्रतिशत मात्रै कर

दल परिवर्तनपछि गुल्मीमा कांग्रेसबाट निर्वाचित दुई वडा अध्यक्ष पदमुक्त

२०८३ जेष्ठ १४, बिहीबार १७:१६

अनुराग साहित्य समाजद्वारा ध्यान तथा रचना वाचन कार्यक्रम सम्पन्न

मोतिराज खनाल र यशोदा कार्कीको स्वरमा ‘बिर्सु कसरी’ सार्वजनिक

उजिरसिंह माविको एसईई नतिजा उत्साहजनक, गुणस्तरीय शिक्षातर्फ सफल यात्रा

हाम्रो बारेमा

  • कम्पनि दर्ता नं. : ३२९४७९/०८०/०८१
  • सूचना बिभाग दर्ता नं. :४४५१-२०८०/२०८१
  • प्रेस काउन्सिल सूचीकरण नं. :४४४२-२०८०/०८१
  • बिज्ञापनको लागि : ९८६७२३३०७१

हाम्रो टिम

  • अध्यक्ष / संचालक :सुदीप ज्ञवाली
  • सम्पादक : सुब्रत ज्ञवाली
  • ब्यबस्थापक : इन्द्रमणि ज्ञवाली
  • न्यूज डेस्क : सुदीप ज्ञवाली
  • संवाददाता : सुदीप ज्ञवाली,सुशील खनाल , निरज रानाभाट
  • बजार प्रतिनिधि : सुशील खनाल

सम्पर्क ठेगाना

  • बुटवल–१३, रुपन्देही, नेपाल
  • फोन : ९८६७२३३०७१
  • इमेल :info@gulmibulletin.com
© 2023All Rights Reserved , Site By : Sudeep Gyawali
Welcome Back!

Sign in to your account

Username or Email Address
Password

Lost your password?