By using this site, you agree to the Privacy Policy and Terms of Use.
Accept
गुल्मी बुलेटिन
  • होम पेज
  • समाचार
  • लियाे / लायन्स
  • अर्थतन्त्र
    • बैंकिङ
    • बिज्ञान प्रबिधि
  • जीवनशैली
  • मनोरन्जन
    • चलचित्र
    • धर्म संस्कृति
    • भिडियो
  • राशिफल
  • पुस्तक संसार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • रोचक
  • अन्य
    • बिज्ञान प्रबिधि
    • कृषि
    • फोटो ग्यालरी
    • राशिफल
    • फिचर
  • होम पेज
  • समाचार
  • लियाे / लायन्स
  • अर्थतन्त्र
    • बैंकिङ
    • बिज्ञान प्रबिधि
  • जीवनशैली
  • मनोरन्जन
    • चलचित्र
    • धर्म संस्कृति
    • भिडियो
  • राशिफल
  • पुस्तक संसार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • रोचक
  • अन्य
    • बिज्ञान प्रबिधि
    • कृषि
    • फोटो ग्यालरी
    • राशिफल
    • फिचर
गुल्मी बुलेटिनगुल्मी बुलेटिन
  • समाचार
  • लियाे / लायन्स
  • शिक्षा
  • अर्थतन्त्र
  • मनोरन्जन
  • खेलकुद
  • विचार
  • राजनीति
  • अन्तर्राष्ट्रिय
  • होम पेज
  • समाचार
  • लियाे / लायन्स
  • विजनेस
  • शिक्षा
  • रोजगार
  • राशिफल
Have an existing account? Sign In
Home » रोट्रयाक्ट क्लब अफ बुटवल डाउन टाउनद्वारा २४औँ स्थापना दिवसमा १०१ विद्यार्थीलाई न्यानो कपडा वितरण

रोट्रयाक्ट क्लब अफ बुटवल डाउन टाउनद्वारा २४औँ स्थापना दिवसमा १०१ विद्यार्थीलाई न्यानो कपडा वितरण

News Desk
News Desk
२०८२ माघ २, शुक्रबार २०:१२

कपिलवस्तु :- रोट्रयाक्ट क्लब अफ बुटवल डाउन टाउनको २४औँ स्थापना दिवसको अवसरमा कपिलवस्तुको बाणगंगा नगरपालिका–११ स्थित श्री हेमराज माध्यमिक विद्यालयमा अध्ययनरत १०१ जना विद्यार्थीलाई न्यानो कपडा वितरण गरिएको छ।

कार्यक्रम रोट्रयाक्ट क्लब अफ बुटवल डाउन टाउनका अध्यक्ष आविष्कार खनालको अध्यक्षतामा सम्पन्न भएको थियो भने लुम्बिनी प्रदेशसभा सदस्य तथा पूर्व प्रदेश स्वास्थ्य मन्त्री माननीय विष्णु पन्थी प्रमुख अतिथिको रूपमा उपस्थित रहनुभएको थियो।

कार्यक्रममा विशेष अतिथिका रूपमा रोटरी क्लब अफ बुटवल डाउन टाउनका अध्यक्ष तथा रोट्रयाक्टका पूर्व अध्यक्ष बाबुराम बन्जाडे र विद्यालय व्यवस्थापन समितिका अध्यक्ष हरिद्वार प्रसाद चौधरी रहनुभएको थियो। यस्तै, अतिथिहरूमा विद्यालयका निमित्त प्रधानाध्यापक झबिन्द्र प्रसाद खनाल, शिक्षक अभिभावक संघका अध्यक्ष खिमराज बेलबासे, विद्यालय व्यवस्थापन समिति सदस्य बिमला चौधरी, वडा सदस्यहरू, विद्यालय व्यवस्थापन समितिका अन्य सदस्यहरू तथा शिक्षकहरूको उल्लेखनीय उपस्थिति रहेको थियो।


कार्यक्रमको सुरुवात गर्दै क्लबका पूर्व अध्यक्ष तथा अध्यक्ष सल्लाहकार लक्ष्मण पन्थीले स्वागत मन्तव्य राख्दै कार्यक्रमको उद्देश्यबारे प्रकाश पार्नुभयो। प्रमुख अतिथि माननीय विष्णु पन्थीले मन्तव्य राख्दै विपन्न तथा ग्रामीण क्षेत्रका विद्यार्थीलाई लक्षित यस्ता सामाजिक कार्यक्रमहरूले उनीहरूको आत्मविश्वास अभिवृद्धि हुनुका साथै पढाइप्रति सकारात्मक सोच विकास गर्ने बताउनुभयो। उहाँले रोट्रयाक्ट क्लबको सामाजिक सेवाप्रतिको प्रतिबद्धताको प्रशंसा समेत गर्नुभयो।

विद्यालय व्यवस्थापन समितिका अध्यक्ष हरिद्वार प्रसाद चौधरीले विद्यालयलाई प्राप्त सहयोगप्रति धन्यवाद व्यक्त गर्दै यस्ता सहकार्यले शैक्षिक गुणस्तर सुधारमा महत्वपूर्ण योगदान पुर्‍याउने धारणा व्यक्त गर्नुभयो। त्यस्तै, क्लब अध्यक्ष आविष्कार खनालले रोट्रयाक्ट क्लब अफ बुटवल डाउन टाउनले समाजप्रतिको उत्तरदायित्वलाई आत्मसात गर्दै शिक्षा, स्वास्थ्य तथा युवा सशक्तीकरणका क्षेत्रमा निरन्तर योगदान गर्दै आएको उल्लेख गर्नुभयो।

सोही अवसरमा क्लबको ३४१औँ नियमित बैठक समेत विद्यार्थीहरूकै बीचमा सम्पन्न गरिएको थियो। साथै, केक काटेर क्लबको २४औँ स्थापना दिवस उत्साहपूर्वक मनाइएको थियो। कार्यक्रममा रोटरी क्लब अफ बुटवल डाउन टाउनका अध्यक्ष बाबुराम बन्जाडेले विद्यालय व्यवस्थापन समितिका अध्यक्ष हरिद्वार प्रसाद चौधरीलाई रोटरी चार सूत्रीय कसि ब्यानर प्रदान गर्नुभएको थियो।

कार्यक्रम सफल बनाउन स्व. हजुरबुवा गंगाराम बन्जाडेको स्मृतिमा नाति योगेश बन्जाडेबाट, जन्मदिनको अवसरमा सरला बन्जाडेबाट, साथै सहयोगीका रूपमा रमेश शर्मा, लेखनाथ पौडेल तथा धना पौडेल, चन्दन सिजाली, स्वस्ती धिताल, हिमा पोखरेल, शैलेन्द्र यादव र सुनिता के.सी. लगायतको महत्वपूर्ण योगदान रहेको क्लबले जनाएको छ।

रोट्रयाक्ट क्लब अफ बुटवल डाउन टाउनले सामाजिक उत्तरदायित्व बहन गर्दै समुदायका बालबालिका तथा युवाको भविष्य उज्यालो बनाउने उद्देश्यले यस्ता कार्यक्रमहरू निरन्तर सञ्चालन गर्दै आएको जनाएको छ। कार्यक्रमको सञ्चालन क्लबका सचिव केशव पौडेलले गर्नुभएको थियो।

ChatGPTClaudeX (Twitter)LinkedIn
Facebook Comments Box
बडिगाड सई हत्या प्रकरण थप एक जना पक्राउ
ललितपुरको टिकाथलीमा व्यवस्थित रूपमा ‘ भाजु तरकारी तथा फलफूल बजार ’ सञ्चालनमा
२७ वर्षका सुजनले छेडाए पहिलो पटक जिब्रो
राष्ट्रिय स्वतन्त्र पार्टी भरतपुर-२६ को वडा भेला सम्पन्
मैनाबगर अटोभिलेज : अव्यवस्थाबाट व्यवस्थिततर्फ
समाचार पढेर तपाईंलाइ कस्तो लाग्यो ?
माया0
दुखि0
खुशी0
निद्रा0
रिस0
ओख्खो0

थप समाचार

दाजु–बहिनीको माया र छोरीको बिदाइ समेटिएको मार्मिक तीज गीत सार्वजनिक

२०८३ श्रावण १०, आईतवार ०८:११

बुटवल लायन्स तथा लियो क्लबबाट सुनवलमा वृक्षारोपण तथा वातावरण संरक्षण कार्यक्रम सम्पन्न

२०८३ श्रावण ९, शनिबार २०:३६

बुटवलमा पहिलो पटक अत्याधुनिक DTF प्रिन्ट सञ्चालनमा

लायन्स क्लब अफ बुटवल सेन्ट्रलको प्रथम बोर्ड तथा जनरल बैठक सम्पन्न

संस्थापक अध्यक्षको जन्मदिनमा लियो क्लब अफ बुटवल गोल्डेन जुब्लीद्वारा रक्तदान

बुटवलमा नक्कली नेपाली नोट छाप्ने गिरोह पक्राउ, ६ लाख २२ हजार रुपैयाँ बराबरका नक्कली नोट बरामद

लायन्स क्लब अफ बुटवल सेन्ट्रलमा नेतृत्व हस्तान्तरण, नयाँ अध्यक्षमा कृष्ण बन्धु अर्याल

२०८३ असार १५, सोमबार २२:५४

यातायात क्षेत्रको एकता र सहकार्यको सन्देश

हाम्रो बारेमा

  • कम्पनि दर्ता नं. : ३२९४७९/०८०/०८१
  • सूचना बिभाग दर्ता नं. :४४५१-२०८०/२०८१
  • प्रेस काउन्सिल सूचीकरण नं. :४४४२-२०८०/०८१
  • बिज्ञापनको लागि : ९८६७२३३०७१

हाम्रो टिम

  • अध्यक्ष / संचालक :सुदीप ज्ञवाली
  • सम्पादक : सुब्रत ज्ञवाली
  • ब्यबस्थापक : इन्द्रमणि ज्ञवाली
  • न्यूज डेस्क : सुदीप ज्ञवाली
  • संवाददाता : सुदीप ज्ञवाली,सुशील खनाल , निरज रानाभाट
  • बजार प्रतिनिधि : सुशील खनाल

सम्पर्क ठेगाना

  • बुटवल–१३, रुपन्देही, नेपाल
  • फोन : ९८६७२३३०७१
  • इमेल :info@gulmibulletin.com
© 2023All Rights Reserved , Site By : Sudeep Gyawali
Welcome Back!

Sign in to your account

Username or Email Address
Password

Lost your password?