By using this site, you agree to the Privacy Policy and Terms of Use.
Accept
गुल्मी बुलेटिन
  • होम पेज
  • समाचार
  • लियाे / लायन्स
  • अर्थतन्त्र
    • बैंकिङ
    • बिज्ञान प्रबिधि
  • जीवनशैली
  • मनोरन्जन
    • चलचित्र
    • धर्म संस्कृति
    • भिडियो
  • राशिफल
  • पुस्तक संसार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • रोचक
  • अन्य
    • बिज्ञान प्रबिधि
    • कृषि
    • फोटो ग्यालरी
    • राशिफल
    • फिचर
  • होम पेज
  • समाचार
  • लियाे / लायन्स
  • अर्थतन्त्र
    • बैंकिङ
    • बिज्ञान प्रबिधि
  • जीवनशैली
  • मनोरन्जन
    • चलचित्र
    • धर्म संस्कृति
    • भिडियो
  • राशिफल
  • पुस्तक संसार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • रोचक
  • अन्य
    • बिज्ञान प्रबिधि
    • कृषि
    • फोटो ग्यालरी
    • राशिफल
    • फिचर
गुल्मी बुलेटिनगुल्मी बुलेटिन
  • समाचार
  • लियाे / लायन्स
  • शिक्षा
  • अर्थतन्त्र
  • मनोरन्जन
  • खेलकुद
  • विचार
  • राजनीति
  • अन्तर्राष्ट्रिय
  • होम पेज
  • समाचार
  • लियाे / लायन्स
  • विजनेस
  • शिक्षा
  • रोजगार
  • राशिफल
Have an existing account? Sign In
Home » १३ बुँदे माग नसुने निर्णायक संघर्षः हरेक नागरिक राष्ट्रिय मुक्ति सेना बन्न तयार – बसन्त श्रेष्ठ (सी)

१३ बुँदे माग नसुने निर्णायक संघर्षः हरेक नागरिक राष्ट्रिय मुक्ति सेना बन्न तयार – बसन्त श्रेष्ठ (सी)

News Desk
News Desk
२०८२ पुष २७, आईतवार ०८:२०

बुटवल :- नेकपा (माओवादी) का पोलिटब्युरो सदस्य तथा प्रमुख अतिथि बसन्त श्रेष्ठ (सी) ले नेपालको राष्ट्रिय स्वाधीनता गम्भीर खतरामा परेको भन्दै त्यसको रक्षाका लागि हरेक नागरिक राष्ट्रिय मुक्ति सेना बन्न तयार हुनुपर्ने कडा चेतावनी दिनुभएको छ। उहाँले भ्रष्टाचारीहरूको सम्पत्ति छानबिन गरी कडा कारबाही गर्दै ती सम्पत्ति राष्ट्रियकरण गर्नु आजको ऐतिहासिक आवश्यकता भएको स्पष्ट पार्नुभयो।

शनिबार बुटवलमा सम्पन्न समाजवादी युवा जागरण सभालाई सम्बोधन गर्दै नेता श्रेष्ठले राष्ट्रपति समक्ष बुझाइएका मागहरूलाई राज्यसत्ताले बेवास्ता गरे सडक, संसद र सरकार तीनै मोर्चाबाट निर्णायक संघर्ष चर्काइने बताउनुभयो।


नेकपा (माओवादी) ले पौष ९ गते राष्ट्रपति समक्ष पेस गरेको १३ बुँदे मागपत्रमाथि १० दिने अल्टिमेटम दिइएको थियो। उक्त अल्टिमेटम पूरा नभएपछि पौष २० गतेदेखि समाजवादी युवाहरूको नेतृत्वमा समाजवादी युवा जागरण अभियान सुरु गरिएको हो। पश्चिम नेपालको गड्डाचौकीबाट सुरु भएको अभियान शनिबार बुटवल आइपुगेको छ।

सभामा अभियानका संयोजक प्रेम सी ले वर्तमान राजनीतिक अवस्थाप्रति तीव्र असन्तोष व्यक्त गर्दै जनतालाई विचार र सिद्धान्तविहीन प्रवृत्तिबाट सचेत रहन आग्रह गर्नुभयो। उहाँले भन्नुभयो,
“विचार, सिद्धान्त र वर्गीय दृष्टिकोणबिनै ‘नयाँ पार्टी’ को नारा लगाउने ठग प्रवृत्तिले जनतालाई भ्रममा पारिरहेको छ। यस्ता शक्तिहरू अन्ततः परिवर्तनका बाधक हुन्।”

कार्यक्रममा वक्ताहरूले सर्वपक्षीय सरकार गठन, राज्यको पुनर्संरचना, जेन–जी आन्दोलनका मागहरूको तत्काल सम्बोधन, संविधानको पुनर्लेखन, उच्चस्तरीय शक्तिशाली न्यायालय स्थापना, कालोधन थुपार्नेहरू तथा विदेशी एजेन्ट र दलालहरूमाथि कडा कारबाही जस्ता मागहरू पुनः दोहोर्‍याएका थिए।

जेन–जीको भावना र चाहनाविपरीत कठपुतली सरकार गठन गरिएको आरोप लगाउँदै नेताहरूले त्यसलाई खारेज गरी जनताको वास्तविक प्रतिनिधित्व गर्ने सर्वपक्षीय सरकार गठन नगरे संघर्षलाई अझ व्यापक र तीव्र बनाइने चेतावनी दिएका छन्।

कार्यक्रमको सञ्चालन नेकपा (माओवादी) का केन्द्रीय सदस्य तथा दैलेख इञ्चार्ज प्रकाश सी ले गर्नुभएको थियो। सभामा जनयुद्धकालीन जनकलाकार हिमशिखर र रेसमी का क्रान्तिकारी गीतहरूले माहोललाई उर्जाशील बनाएका थिए।

आजकै दिन रुपन्देहीका सैनामैना, बुटवल र देवदहमा जागरण सभा सम्पन्न गरी अभियान टोली नवलपरासीतर्फ प्रस्थान गरेको छ।

Facebook Comments Box
Total Views: 0
जेन्–जि (Gen Z) को आवाज — आन्दोलनपछि पनि उस्तै सेवा, किन नेपाल सरकार ?
नागरिकप्रति उत्तरदायी बन्न र विधिको शासन लागू गर्न सरकारलाई आग्रह:- ज्ञानबहादुर शाही
गुल्मीमा सुन्तला खाँदा अड्किएर तीन वर्षीय शिशुको मृत्यु
बुटवलका एकपछि अर्को सहकारीमा समस्या, बचतकर्ताको पैसा दिन नसक्दा सप्तदिपका संचालक सम्पर्कविहीन
गुल्मीमा यो बर्ष २९ करोड बढीको सुन्तला उत्पादन
समाचार पढेर तपाईंलाइ कस्तो लाग्यो ?
माया0
दुखि0
खुशी0
निद्रा0
रिस0
ओख्खो0

थप समाचार

नेपालले पनि भारतको जग्गा मिचेको रहेछ’ भन्ने प्रधानमन्त्रीको सनसनीपूर्ण दाबीलाई तपाईं के भन्नुहुन्छ ?

२०८३ जेष्ठ १७, आईतवार २२:२९

प्रतिनिधिसभा नियमावलीलाई लिएर संसद्मा विवाद, विपक्षी दलको अवरोधबीच प्रक्रिया अघि बढ्यो

२०८३ जेष्ठ १७, आईतवार २२:०४

प्रधानमन्त्रीको अभिव्यक्ति फिर्ता लिन र क्षमा माग्न प्रदीप ज्ञवालीको माग

आयकरको न्यूनतम सीमा दोब्बर, अब १० लाखसम्म आम्दानीमा १ प्रतिशत मात्रै कर

दल परिवर्तनपछि गुल्मीमा कांग्रेसबाट निर्वाचित दुई वडा अध्यक्ष पदमुक्त

२०८३ जेष्ठ १४, बिहीबार १७:१६

अनुराग साहित्य समाजद्वारा ध्यान तथा रचना वाचन कार्यक्रम सम्पन्न

मोतिराज खनाल र यशोदा कार्कीको स्वरमा ‘बिर्सु कसरी’ सार्वजनिक

उजिरसिंह माविको एसईई नतिजा उत्साहजनक, गुणस्तरीय शिक्षातर्फ सफल यात्रा

हाम्रो बारेमा

  • कम्पनि दर्ता नं. : ३२९४७९/०८०/०८१
  • सूचना बिभाग दर्ता नं. :४४५१-२०८०/२०८१
  • प्रेस काउन्सिल सूचीकरण नं. :४४४२-२०८०/०८१
  • बिज्ञापनको लागि : ९८६७२३३०७१

हाम्रो टिम

  • अध्यक्ष / संचालक :सुदीप ज्ञवाली
  • सम्पादक : सुब्रत ज्ञवाली
  • ब्यबस्थापक : इन्द्रमणि ज्ञवाली
  • न्यूज डेस्क : सुदीप ज्ञवाली
  • संवाददाता : सुदीप ज्ञवाली,सुशील खनाल , निरज रानाभाट
  • बजार प्रतिनिधि : सुशील खनाल

सम्पर्क ठेगाना

  • बुटवल–१३, रुपन्देही, नेपाल
  • फोन : ९८६७२३३०७१
  • इमेल :info@gulmibulletin.com
© 2023All Rights Reserved , Site By : Sudeep Gyawali
Welcome Back!

Sign in to your account

Username or Email Address
Password

Lost your password?