By using this site, you agree to the Privacy Policy and Terms of Use.
Accept
गुल्मी बुलेटिन
  • होम पेज
  • समाचार
  • लियाे / लायन्स
  • अर्थतन्त्र
    • बैंकिङ
    • बिज्ञान प्रबिधि
  • जीवनशैली
  • मनोरन्जन
    • चलचित्र
    • धर्म संस्कृति
    • भिडियो
  • राशिफल
  • पुस्तक संसार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • रोचक
  • अन्य
    • बिज्ञान प्रबिधि
    • कृषि
    • फोटो ग्यालरी
    • राशिफल
    • फिचर
  • होम पेज
  • समाचार
  • लियाे / लायन्स
  • अर्थतन्त्र
    • बैंकिङ
    • बिज्ञान प्रबिधि
  • जीवनशैली
  • मनोरन्जन
    • चलचित्र
    • धर्म संस्कृति
    • भिडियो
  • राशिफल
  • पुस्तक संसार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • रोचक
  • अन्य
    • बिज्ञान प्रबिधि
    • कृषि
    • फोटो ग्यालरी
    • राशिफल
    • फिचर
गुल्मी बुलेटिनगुल्मी बुलेटिन
  • समाचार
  • लियाे / लायन्स
  • शिक्षा
  • अर्थतन्त्र
  • मनोरन्जन
  • खेलकुद
  • विचार
  • राजनीति
  • अन्तर्राष्ट्रिय
  • होम पेज
  • समाचार
  • लियाे / लायन्स
  • विजनेस
  • शिक्षा
  • रोजगार
  • राशिफल
Have an existing account? Sign In
Home » कालिका कप–२०८२ : न्यु होराइजन र एभरेष्टको दबदबा, उपाधिसहित खेलकुद र सामाजिक सन्देश

कालिका कप–२०८२ : न्यु होराइजन र एभरेष्टको दबदबा, उपाधिसहित खेलकुद र सामाजिक सन्देश

News Desk
News Desk
२०८२ पुष ५, शनिबार २२:१६

बुटवल :- कालिका मानवज्ञान माध्यमिक विद्यालयको ६५औँ वार्षिक उत्सव अवसरमा सञ्चालन भएको कालिका कप–२०८२ भव्य रूपमा सम्पन्न भएको छ। जिल्ला स्तरीय भलिबल र कबड्डी प्रतियोगितामा विद्यालयस्तरका टोलीहरूले प्रतिस्पर्धात्मक खेल प्रदर्शन गर्दै खेलकुद उत्सवलाई स्मरणीय बनाएका छन्।

छात्र भलिबलतर्फ न्यु होराइजन माविले उत्कृष्ट प्रदर्शन गर्दै उपाधि जितेको छ। फाइनलमा पराजित मणिमुकुन्द मावि उपविजेतामा सीमित रहँदा नविन माविले तेस्रो स्थान हासिल गर्‍यो। छात्रा भलिबलतर्फ एभरेष्ट माविले उपाधि आफ्नो नाममा लेखायो भने न्यु होराइजन मावि दोस्रो र कुवरवर्ती मावि तेस्रो स्थानमा रहे।

कबड्डीतर्फ छात्र समूहमा आयोजक कालिका मानवज्ञान माविले घरेलु मैदानको फाइदा उठाउँदै पहिलो स्थान हात पार्‍यो। नविन औद्योगिक मावि दोस्रो हुँदा मणिमुकुन्द मावि र न्यु होराइजन गौतम बुद्ध मावि संयुक्त रूपमा तेस्रो भए। छात्रा कबड्डीमा भने न्यु होराइजन माविले उपाधि जित्दा कालिका मानवज्ञान मावि उपविजेता बन्यो। कान्ती मावि र नविन औद्योगिक माविले तेस्रो स्थान प्राप्त गरे।


प्रतियोगितासँगै उत्कृष्ट खेलाडी र प्रशिक्षकहरू पनि सम्मानित भएका छन्। भलिबलतर्फ बेष्ट कोच न्यु होराइजनका प्रदीप चौधरी र एभरेष्ट स्कुलका अर्जुन घिमिरे घोषित भए। बेष्ट प्लेयरमा न्यु होराइजनका अनिश थापा र एभरेष्टकी मिना सुनार छानिइन्। बेष्ट ब्लकर, स्पाइकर, डिफेन्स, सर्भिसर, सेटर र राइजिङ प्लेयर विधामा विभिन्न विद्यालयका खेलाडीहरू पुरस्कृत भए।

कबड्डीतर्फ बेष्ट राइडर कालिका मानवज्ञानका आलोक हरिज र न्यु होराइजनकी क्रिस्टिना श्रेष्ठ बने भने बेष्ट डिफेन्डर आरव अन्सारी र सन्ध्या पौडेल घोषित भए। बेष्ट कोचको उपाधि कालिका मानवज्ञानका राहुल अर्याल र न्यु होराइजनका महेन्द्र सुनारले पाए।

विजेता टोलीलाई नगद ३० हजार, उपविजेतालाई २० हजार र तेस्रो हुने टोलीलाई १० हजार रुपैयाँसहित ट्रफी र मेडल प्रदान गरिएको थियो। पुरस्कार वितरण विद्यालय व्यवस्थापन समिति अध्यक्ष नित्यानन्द ज्ञवाली, शैक्षिक सल्लाहकार तथा पूर्व प्रधानाध्यापक घनश्याम पाठक, प्रधानाध्यापक दिनेश थापालगायतले गरेका थिए।

यसैबीच, वार्षिक उत्सवकै अवसरमा विद्यालयले सामाजिक उत्तरदायित्वअन्तर्गत समुदाय सरसफाइ कार्यक्रम पनि सञ्चालन गरेको छ। बुटवल–१० अन्तर्गत सेक्टर–२ रामनगर र कालिका नगर क्षेत्रमा शिक्षक, विद्यार्थी, जनप्रतिनिधि, समाजसेवी र टोल समितिका प्रतिनिधिको सहभागितामा वृहत सरसफाइ गरिएको हो। विद्यालयसँग प्रत्यक्ष जोडिएका क्षेत्रको सरसफाइ गरिएको विद्यालयका इन्चार्ज कृष्ण गौतमले जानकारी दिए।

विद्यालयले पुस ६ गते सेक्टर–२ रामनगरमा पुरस्कार वितरण तथा सम्मान कार्यक्रम र पुस ७ गते कालिका नगर सेक्टर–१ मा मुख्य समारोह आयोजना गर्ने जनाएको छ। खेलकुद, सामुदायिक सहभागिता र सामाजिक चेतनालाई एकसाथ अघि बढाएको कालिका कपले विद्यालयस्तरीय कार्यक्रमको नयाँ उदाहरण प्रस्तुत गरेको आयोजकको भनाइ छ।

ChatGPTClaudeX (Twitter)LinkedIn
Facebook Comments Box
‘परस्त्री’को हिन्दी संस्करणमा अमित मिश्र, सोनल प्रधान र कुनाल गाञ्जवालाको गायन
संसार सहकारी द्वारा रक्तदान कार्यक्रम सम्पन्न
गुल्मी अस्पतालमा बालिका मृत्यु : छानबिन समिति गठनपछि शवकाे अन्त्येष्टि
गुल्मी–१ मा रास्वपा उम्मेदवार सागर ढकालले गरे मतदान
एक महिनादेखिको ‘तमासा’ यथावत : नेपाली काँग्रेसको केन्द्रीय कार्यसमिति बैठक फेरि सारियो
समाचार पढेर तपाईंलाइ कस्तो लाग्यो ?
माया0
दुखि0
खुशी0
निद्रा0
रिस0
ओख्खो0

थप समाचार

दाजु–बहिनीको माया र छोरीको बिदाइ समेटिएको मार्मिक तीज गीत सार्वजनिक

२०८३ श्रावण १०, आईतवार ०८:११

बुटवल लायन्स तथा लियो क्लबबाट सुनवलमा वृक्षारोपण तथा वातावरण संरक्षण कार्यक्रम सम्पन्न

२०८३ श्रावण ९, शनिबार २०:३६

बुटवलमा पहिलो पटक अत्याधुनिक DTF प्रिन्ट सञ्चालनमा

लायन्स क्लब अफ बुटवल सेन्ट्रलको प्रथम बोर्ड तथा जनरल बैठक सम्पन्न

संस्थापक अध्यक्षको जन्मदिनमा लियो क्लब अफ बुटवल गोल्डेन जुब्लीद्वारा रक्तदान

बुटवलमा नक्कली नेपाली नोट छाप्ने गिरोह पक्राउ, ६ लाख २२ हजार रुपैयाँ बराबरका नक्कली नोट बरामद

लायन्स क्लब अफ बुटवल सेन्ट्रलमा नेतृत्व हस्तान्तरण, नयाँ अध्यक्षमा कृष्ण बन्धु अर्याल

२०८३ असार १५, सोमबार २२:५४

यातायात क्षेत्रको एकता र सहकार्यको सन्देश

हाम्रो बारेमा

  • कम्पनि दर्ता नं. : ३२९४७९/०८०/०८१
  • सूचना बिभाग दर्ता नं. :४४५१-२०८०/२०८१
  • प्रेस काउन्सिल सूचीकरण नं. :४४४२-२०८०/०८१
  • बिज्ञापनको लागि : ९८६७२३३०७१

हाम्रो टिम

  • अध्यक्ष / संचालक :सुदीप ज्ञवाली
  • सम्पादक : सुब्रत ज्ञवाली
  • ब्यबस्थापक : इन्द्रमणि ज्ञवाली
  • न्यूज डेस्क : सुदीप ज्ञवाली
  • संवाददाता : सुदीप ज्ञवाली,सुशील खनाल , निरज रानाभाट
  • बजार प्रतिनिधि : सुशील खनाल

सम्पर्क ठेगाना

  • बुटवल–१३, रुपन्देही, नेपाल
  • फोन : ९८६७२३३०७१
  • इमेल :info@gulmibulletin.com
© 2023All Rights Reserved , Site By : Sudeep Gyawali
Welcome Back!

Sign in to your account

Username or Email Address
Password

Lost your password?