By using this site, you agree to the Privacy Policy and Terms of Use.
Accept
गुल्मी बुलेटिन
  • होम पेज
  • समाचार
  • लियाे / लायन्स
  • अर्थतन्त्र
    • बैंकिङ
    • बिज्ञान प्रबिधि
  • जीवनशैली
  • मनोरन्जन
    • चलचित्र
    • धर्म संस्कृति
    • भिडियो
  • राशिफल
  • पुस्तक संसार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • रोचक
  • अन्य
    • बिज्ञान प्रबिधि
    • कृषि
    • फोटो ग्यालरी
    • राशिफल
    • फिचर
  • होम पेज
  • समाचार
  • लियाे / लायन्स
  • अर्थतन्त्र
    • बैंकिङ
    • बिज्ञान प्रबिधि
  • जीवनशैली
  • मनोरन्जन
    • चलचित्र
    • धर्म संस्कृति
    • भिडियो
  • राशिफल
  • पुस्तक संसार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • रोचक
  • अन्य
    • बिज्ञान प्रबिधि
    • कृषि
    • फोटो ग्यालरी
    • राशिफल
    • फिचर
गुल्मी बुलेटिनगुल्मी बुलेटिन
  • समाचार
  • लियाे / लायन्स
  • शिक्षा
  • अर्थतन्त्र
  • मनोरन्जन
  • खेलकुद
  • विचार
  • राजनीति
  • अन्तर्राष्ट्रिय
  • होम पेज
  • समाचार
  • लियाे / लायन्स
  • विजनेस
  • शिक्षा
  • रोजगार
  • राशिफल
Have an existing account? Sign In
Home » ६५औँ वार्षिक उत्सवको अवसरमा जिल्ला स्तरीय प्रतियोगिता

६५औँ वार्षिक उत्सवको अवसरमा जिल्ला स्तरीय प्रतियोगिता

News Desk
News Desk
२०८२ पुष २, बुधबार २२:२९

बुटवल :- कालिका मानवज्ञान माध्यमिक विद्यालयको ६५औँ वार्षिक उत्सव तथा स्थापना दिवसको अवसरमा आयोजित जिल्ला स्तरीय कालिका कप अन्तर्गत पहिलो दिन छात्र–छात्रा भलिबल प्रतियोगिता सुरु भएको छ।

पहिलो दिन छात्र भलिबलतर्फ ६ वटा खेल सम्पन्न भएका छन्। उद्घाटन खेलमा उजिरसिंह मावि र त्रिभुवन एकेडेमीबीच प्रतिस्पर्धा भएकोमा उजिरसिंह मावि विजयी हुँदै अघिल्लो चरणमा प्रवेश गरेको छ। दोस्रो खेलमा ज्ञनोदय मावि र सैनामैना माविबीच भएको खेलमा सैनामैना मावि विजयी भएको छ।

तेस्रो खेल इन्टेलेक्चुअल एकेडेमी र दीप बोर्डिङ स्कुलबीच भएकोमा दीप बोर्डिङ विजयी भएको हो। यस्तै सेन्ट जोसेफ मावि र शान्ति नमुना माविबीच भएको खेलमा सेन्ट जोसेफ मावि विजयी हुँदै अघिल्लो चरणमा प्रवेश गरेको छ। क्यानन मावि र कान्ती माविबीचको खेलमा कान्ती मावि विजयी भएको छ। ईडन बोर्डिङ र नवीन औद्योगिक माविबीच भएको खेलमा नवीन मावि विजयी हुँदै अघिल्लो चरणमा प्रवेश गरेको कालिका कप आयोजक समिति सदस्य शिक्षक हिरामान प्रधानले जानकारी दिए।

छात्रा भलिबलतर्फ ४ वटा खेल सम्पन्न भएका छन्। पहिलो खेलमा मणिमुकुन्द मावि र दीप बोर्डिङ माविबीच भएको खेलमा दीप बोर्डिङ मावि विजयी भएको छ। शान्ति नमुना मावि र देवदह बुद्ध पब्लिक माविबीचको खेलमा देवदह बुद्ध पब्लिक मावि विजयी हुँदै अघिल्लो चरणमा प्रवेश गरेको हो।

तेस्रो खेलमा सैनामैना मावि र कान्ती माविबीच प्रतिस्पर्धा भएकोमा कान्ती मावि विजयी भएको छ। मंगलबार सम्पन्न अन्तिम खेलमा अक्सफोर्ड मावि बुटवल र सिता माविबीच भएको खेलमा सिता मावि विजयी हुँदै अघिल्लो चरणमा प्रवेश गरेको हो।

कालिका कप अन्तर्गत आयोजित जिल्ला स्तरीय कबड्डी प्रतियोगितामा छात्रतर्फ ४ र छात्रातर्फ ४ खेल सम्पन्न भएका छन्। छात्र कबड्डीतर्फ पहिलो खेलमा नयाँ गाउँ मावि र कान्ती माविबीच भएको खेलमा कान्ती मावि विजयी भएको छ। मणिमुकुन्द मावि र क्याननबीच भएको खेलमा मणिमुकुन्द मावि विजयी भएको हो।

यस्तै कालिका मानवज्ञान मावि र बुद्ध दीप स्कुलबीच भएको खेलमा कालिका मानवज्ञान मावि विजयी हुँदै अघिल्लो चरणमा प्रवेश गरेको छ भने पशुपति मावि र त्रिभुवन एकेडेमीबीच भएको खेलमा त्रिभुवन एकेडेमी विजयी भएको छ।

विद्यालयका खेलकुद संयोजक ओमबहादुर सारुका अनुसार छात्रा कबड्डीतर्फ होराइजन जिविएस र अक्सफोर्डबीच भएको खेलमा अक्सफोर्ड विजयी भएको छ। इन्टेलेक्चुअल मावि र ईडन बोर्डिङबीच भएको खेलमा ईडन बोर्डिङ विजयी भएको हो। कान्ती मावि र दीप केबीच भएको खेलमा कान्ती मावि विजयी भएको छ भने होराइजन बोर्डिङ र त्रिभुवन एकेडेमीबीचको खेलमा होराइजन बोर्डिङ विजयी हुँदै अघिल्लो चरणमा प्रवेश गरेको खेलकुद समिति सदस्य शिक्षक हिरामान प्रधानले जानकारी दिए।

प्रतियोगिताको शुभारम्भ विद्यालयका पूर्व प्रधानाध्यापक तथा प्रमुख सल्लाहकार बुटवल कालिका क्याम्पसका क्याम्पस प्रमुख घनश्याम पाठक र विद्यालयका प्रधानाध्यापक दिनेश थापाले रेफ्रीलाई खेलकुद सामग्री प्रदान गरी गर्नुभएको इभेन्ट संयोजक हरिस ओलीले जानकारी दिए।

Facebook Comments Box
Total Views: 0
गुल्मीमा घर भत्किँदा तीन जना घाइते
ललितपुर–५ महालक्ष्मी मन्दिर समितिको प्रयास : आस्था, संस्कृति र विकासको संगम
बुटवलमा लायन्स क्लबद्वारा बिद्यालयमा शैक्षिक सामग्री वितरण तथा वृक्षारोपण
सर्वोच्च अदालतको फैसला: गगन थापा समूहलाई आधिकारिकता, देउवा समूहको रिट खारेज
सामाजिक सञ्जालमा मात्र नअड्कन कांग्रेस कार्यकर्तालाई थापाको आग्रह
समाचार पढेर तपाईंलाइ कस्तो लाग्यो ?
माया0
दुखि0
खुशी0
निद्रा0
रिस0
ओख्खो0

थप समाचार

नेपालले पनि भारतको जग्गा मिचेको रहेछ’ भन्ने प्रधानमन्त्रीको सनसनीपूर्ण दाबीलाई तपाईं के भन्नुहुन्छ ?

२०८३ जेष्ठ १७, आईतवार २२:२९

प्रतिनिधिसभा नियमावलीलाई लिएर संसद्मा विवाद, विपक्षी दलको अवरोधबीच प्रक्रिया अघि बढ्यो

२०८३ जेष्ठ १७, आईतवार २२:०४

प्रधानमन्त्रीको अभिव्यक्ति फिर्ता लिन र क्षमा माग्न प्रदीप ज्ञवालीको माग

आयकरको न्यूनतम सीमा दोब्बर, अब १० लाखसम्म आम्दानीमा १ प्रतिशत मात्रै कर

दल परिवर्तनपछि गुल्मीमा कांग्रेसबाट निर्वाचित दुई वडा अध्यक्ष पदमुक्त

२०८३ जेष्ठ १४, बिहीबार १७:१६

अनुराग साहित्य समाजद्वारा ध्यान तथा रचना वाचन कार्यक्रम सम्पन्न

मोतिराज खनाल र यशोदा कार्कीको स्वरमा ‘बिर्सु कसरी’ सार्वजनिक

उजिरसिंह माविको एसईई नतिजा उत्साहजनक, गुणस्तरीय शिक्षातर्फ सफल यात्रा

हाम्रो बारेमा

  • कम्पनि दर्ता नं. : ३२९४७९/०८०/०८१
  • सूचना बिभाग दर्ता नं. :४४५१-२०८०/२०८१
  • प्रेस काउन्सिल सूचीकरण नं. :४४४२-२०८०/०८१
  • बिज्ञापनको लागि : ९८६७२३३०७१

हाम्रो टिम

  • अध्यक्ष / संचालक :सुदीप ज्ञवाली
  • सम्पादक : सुब्रत ज्ञवाली
  • ब्यबस्थापक : इन्द्रमणि ज्ञवाली
  • न्यूज डेस्क : सुदीप ज्ञवाली
  • संवाददाता : सुदीप ज्ञवाली,सुशील खनाल , निरज रानाभाट
  • बजार प्रतिनिधि : सुशील खनाल

सम्पर्क ठेगाना

  • बुटवल–१३, रुपन्देही, नेपाल
  • फोन : ९८६७२३३०७१
  • इमेल :info@gulmibulletin.com
© 2023All Rights Reserved , Site By : Sudeep Gyawali
Welcome Back!

Sign in to your account

Username or Email Address
Password

Lost your password?