By using this site, you agree to the Privacy Policy and Terms of Use.
Accept
गुल्मी बुलेटिन
  • होम पेज
  • समाचार
  • लियाे
  • अर्थतन्त्र
    • बैंकिङ
    • बिज्ञान प्रबिधि
  • जीवनशैली
  • मनोरन्जन
    • चलचित्र
    • धर्म संस्कृति
    • भिडियो
  • राशिफल
  • पुस्तक संसार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • रोचक
  • अन्य
    • बिज्ञान प्रबिधि
    • कृषि
    • फोटो ग्यालरी
    • राशिफल
    • फिचर
  • होम पेज
  • समाचार
  • लियाे
  • अर्थतन्त्र
    • बैंकिङ
    • बिज्ञान प्रबिधि
  • जीवनशैली
  • मनोरन्जन
    • चलचित्र
    • धर्म संस्कृति
    • भिडियो
  • राशिफल
  • पुस्तक संसार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • रोचक
  • अन्य
    • बिज्ञान प्रबिधि
    • कृषि
    • फोटो ग्यालरी
    • राशिफल
    • फिचर
गुल्मी बुलेटिनगुल्मी बुलेटिन
  • समाचार
  • लियाे
  • शिक्षा
  • अर्थतन्त्र
  • मनोरन्जन
  • खेलकुद
  • विचार
  • राजनीति
  • अन्तर्राष्ट्रिय
  • होम पेज
  • समाचार
  • लियाे
  • विजनेस
  • शिक्षा
  • रोजगार
  • राशिफल
Have an existing account? Sign In
Home » कांग्रेसमा आन्तरिक विवाद, केन्द्रीय कार्यसमिति बैठक लामो समयसम्म अनिर्णयमा

कांग्रेसमा आन्तरिक विवाद, केन्द्रीय कार्यसमिति बैठक लामो समयसम्म अनिर्णयमा

News Desk
News Desk
२०८२ मंसिर ६, शनिबार १३:५४

काठमाडौं :- नेपाली कांग्रेस जेनजी आन्दोलनपछि एमालेमा देखिएको नयाँ उभारको तुलनामा आन्तरिक विवादमै अल्झिएको छ। पार्टीले आगामी रणनीति निर्धारण गर्न बोलाएको केन्द्रीय कार्यसमिति बैठक २८ असोजदेखि जारी भए पनि ठोस निर्णयमा पुग्न सकेको छैन। बैठकमा दुई मुख्य धार देखा परेका छन्—आगामी २१ फागुनमा हुने आम निर्वाचनअघि विशेष महाधिवेशन गर्ने कि निर्वाचनपछि मात्र गर्ने। १४औँ महाधिवेशनका झन्डै ५४ प्रतिशत प्रतिनिधिले विशेष महाधिवेशनको माग गर्दै हस्ताक्षर बुझाइसकेका छन्।

गण्डकी प्रदेश सभापति शुक्रराज शर्मा बैठक लामो समयसम्म चलेर पार्टीप्रति नकारात्मक धारणा बढेको भन्दै असन्तुष्ट छन्। उनले बैठक अनिर्णयको बन्दी बनेकोलाई नेतृत्वको क्षमता अभावको प्रमाण भनेका छन्। शर्मा भन्छन्, “लामो समय बैठक बसेर निर्णय लिन नसक्नु देशका लागि गलत सन्देश हो। शनिबारको बैठकबाट तत्काल निर्णय हुनुपर्छ।”

सुदूरपश्चिम प्रदेश सभापति वीरबहादुर बलायरले भने बैठक लम्बिनु आवश्यक भए पनि पार्टीलाई ट्रयाकबाट बाहिर जान नदिन र एकताबद्ध राख्न ठूलो छलफल आवश्यक रहेको बताए। उनले भनाइ छ, “पार्टीभित्र र बाहिर विभिन्न शक्तिहरू खेलिरहेको छ। हतारमा निर्णय गर्दा दुर्घटना हुन सक्छ। अब संवेदनशील भएर निर्णय लिन आवश्यक छ।”

कोशी प्रदेश सभापति उद्धव थापाले शनिबार बस्ने बैठकबाट निष्कर्ष आउँने विश्वास व्यक्त गरे। लुम्बिनी प्रदेश सभापति अमरसिंह पुनले भने, नीति र विधिमा अस्पष्टताले जनतामा कांग्रेसप्रति नकारात्मक धारणा बढाएको बताए। मधेश प्रदेश सभापति कृष्णप्रसाद यादवले बैठक लम्बिनुको कारण सबैलाई सहज हुने वातावरण तयार पार्न नेताहरू संवेदनशील भएर काम गरिरहेकाले भएको बताए। उनले भने, “देर होला, तर दुरुस्त होला। हतारमा गलत निर्णय हुन सक्छ। सबैको चित्त बुझाएर निर्णय आउँछ।”

शुक्रराज शर्माले पार्टीले आफ्नो कामको समीक्षा गरेर जनतासँग माफी माग्नुपर्ने र अब गल्ती नगर्ने प्रतिबद्धता जनाउनुपर्ने बताए। उनले भने, “अधिवेशन रोक्ने कुनै बहाना स्वीकार्य छैन। जनता हामीबाट धेरै टाढा पुगेका छन्।” नेताहरूको भनाइ अनुसार, पार्टीले आफ्नो ऐतिहासिक योगदान, जिम्मेवारी र नेतृत्वको भूमिकालाई सम्झेर एकीकृत भएर अगाडि बढ्न आवश्यक छ। कांग्रेसमा देखिएको पछिल्लो विवाद र अन्योलबारे प्रतिक्रिया लिन बागमती प्रदेश सभापति एवं मुख्यमन्त्री इन्द्रबहादुर बानियाँ र कर्णाली प्रदेश कार्यसमिति सभापति ललितजंग शाहीसँग सम्पर्क हुन सकेको छैन।

Loading

Facebook Comments Box
नापी कार्यालय नवलपरासीः सेवा सुधारको प्रयास, तर आफ्नै भवन अभावसहित चुनौती यथावत्
झापा–१ मा विश्वप्रकाश शर्माले गरे मतदान
हनिमुन पिरियड चाहिँदैन, कामबाटै उत्तर दिन्छौं : रवि लामिछाने
म फूलहरूको बीचमा’ गीत सार्वजनिक, ९ वर्षीया गायिका दर्पण उपाध्यायको स्वर
नेकपा गुल्मी–२ मा श्रीराम मोहत : सुदृढ राजनीतिक यात्रा र बढ्दो जनआधार
समाचार पढेर तपाईंलाइ कस्तो लाग्यो ?
माया0
दुखि0
खुशी0
निद्रा0
रिस0
ओख्खो0

थप समाचार

मोतिराज–शान्तिश्रीको स्वरमा ‘बिर्सु कसरी’ सार्वजनिक, नवराजको जीवन पीडाको मार्मिक अभिव्यक्ति

२०८३ बैशाख ५, शनिबार १२:५३

स्वास्थ्य संस्थामा श्रम ऐन उल्लंघनबारे गुनासो, मन्त्रालयको ध्यानाकर्षण

सर्वोच्च अदालतको फैसला: गगन थापा समूहलाई आधिकारिकता, देउवा समूहको रिट खारेज

सर्वोच्चको फैसलापछि पौडेलको अपिल: ‘हार–जितको रूपमा नहेरौँ, एकता जोगाऔँ’

गुल्मीमा ६२ वर्षीया महिलामाथि जबर्जस्ती करणी आरोप, युवक पक्राउ

बुटवलमा ई–रिक्सा चालक आन्दोलनमा, ‘दर्ता नभएकालाई रोक लगाऊ’ माग

बुटवलमा सडक अतिक्रमण हटाउने अभियान: सुरुमा आक्रामक, तेस्रो दिनदेखि नरम

भैरहवामा विद्युत आपूर्ति स्थिर, सेवा सुधारमा प्राधिकरणको ध्यान

हाम्रो बारेमा

  • कम्पनि दर्ता नं. : ३२९४७९/०८०/०८१
  • सूचना बिभाग दर्ता नं. :४४५१-२०८०/२०८१
  • प्रेस काउन्सिल सूचीकरण नं. :४४४२-२०८०/०८१
  • बिज्ञापनको लागि : ९८६७२३३०७१

हाम्रो टिम

  • अध्यक्ष / संचालक :सुदीप ज्ञवाली
  • सम्पादक : सुब्रत ज्ञवाली
  • ब्यबस्थापक : इन्द्रमणि ज्ञवाली
  • न्यूज डेस्क : सुदीप ज्ञवाली
  • संवाददाता : सुदीप ज्ञवाली,सुशील खनाल , निरज रानाभाट
  • बजार प्रतिनिधि : सुशील खनाल

सम्पर्क ठेगाना

  • बुटवल–१३, रुपन्देही, नेपाल
  • फोन : ९८६७२३३०७१
  • इमेल :info@gulmibulletin.com
© 2023All Rights Reserved , Site By : Sudeep Gyawali
Welcome Back!

Sign in to your account

Username or Email Address
Password

Lost your password?