By using this site, you agree to the Privacy Policy and Terms of Use.
Accept
गुल्मी बुलेटिन
  • होम पेज
  • समाचार
  • लियाे / लायन्स
  • अर्थतन्त्र
    • बैंकिङ
    • बिज्ञान प्रबिधि
  • जीवनशैली
  • मनोरन्जन
    • चलचित्र
    • धर्म संस्कृति
    • भिडियो
  • राशिफल
  • पुस्तक संसार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • रोचक
  • अन्य
    • बिज्ञान प्रबिधि
    • कृषि
    • फोटो ग्यालरी
    • राशिफल
    • फिचर
  • होम पेज
  • समाचार
  • लियाे / लायन्स
  • अर्थतन्त्र
    • बैंकिङ
    • बिज्ञान प्रबिधि
  • जीवनशैली
  • मनोरन्जन
    • चलचित्र
    • धर्म संस्कृति
    • भिडियो
  • राशिफल
  • पुस्तक संसार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • रोचक
  • अन्य
    • बिज्ञान प्रबिधि
    • कृषि
    • फोटो ग्यालरी
    • राशिफल
    • फिचर
गुल्मी बुलेटिनगुल्मी बुलेटिन
  • समाचार
  • लियाे / लायन्स
  • शिक्षा
  • अर्थतन्त्र
  • मनोरन्जन
  • खेलकुद
  • विचार
  • राजनीति
  • अन्तर्राष्ट्रिय
  • होम पेज
  • समाचार
  • लियाे / लायन्स
  • विजनेस
  • शिक्षा
  • रोजगार
  • राशिफल
Have an existing account? Sign In
Home » पहिलो पाइला नेपालको सामाजिक जागरण अभियानले बादी बस्तीमा ल्यायो मुस्कान

पहिलो पाइला नेपालको सामाजिक जागरण अभियानले बादी बस्तीमा ल्यायो मुस्कान

News Desk
News Desk
२०८२ कार्तिक २४, सोमबार २०:५८

बुटवल :-‘सेवा नै सबैभन्दा ठूलो धर्म हो’ भन्ने भावनासहित पहिलो पाइला नेपाल, बुटवल शाखाले शिक्षा, स्वास्थ्य र सहयोगका तीन महत्वपूर्ण सामाजिक अभियान सम्पन्न गरेको छ।

कर्णाली प्रदेशको सुर्खेतस्थित बादी सरोकार मञ्च, वीरेन्द्रनगर–८ मा आयोजित ती कार्यक्रमहरूले पछाडि परेका बादी समुदायमा आशा, आत्मविश्वास र सामाजिक सहभागिता जगाएको स्थानीय अगुवाहरूले बताएका छन्।

अभियन्ता तुलसीराम खनालका अनुसार एकैदिन सञ्चालन गरिएका ती तीन कार्यक्रमहरूले मानवीय सेवाको प्रेरणादायी उदाहरण प्रस्तुत गरेका हुन्।

‘भाग्य बोक्ने झोला’ वितरण

‘शिक्षा नै भविष्यको ढोका हो’ भन्ने सन्देशसहित संस्थाले ११० जना बादी बालबालिकालाई शैक्षिक सामग्रीसहितको झोला वितरण गरेको हो।
झोलामा कपी, कलम, पेन्सिल, इरेजर, कटर, कलर, ज्यामिती बक्स, पानीको बोतल, टिफिन बक्स र रुमाल समावेश गरिएको थियो।

कार्यक्रमका संयोजक तथा संस्थाका द्वितीय उपाध्यक्ष मनिष खनालले जानकारी दिए अनुसार, झोला वितरणले बालबालिकामा अध्ययनप्रतिको उत्साह बढाएको छ।
यस कार्यक्रममा सोमनाथ खनाल सदस्यका रूपमा संलग्न थिए।

निःशुल्क आँखा शिविर र औषधि वितरण

स्वास्थ्य सेवा पहुँचविहीन क्षेत्रका नागरिकका लागि शाखाले निःशुल्क आँखा शिविर सञ्चालन गरेको थियो।
शाखाका सदस्य तथा चिकित्सक डा. सन्तोष क्षेत्रीले प्रत्यक्ष रूपमा जाँच तथा उपचार सेवा प्रदान गरे।
शिविरमा सहभागीहरूलाई निःशुल्क औषधि र चश्मा वितरण गरिएको थियो।
शिविरका संयोजक तथा सह–सचिव प्रकाश पोखरेलका अनुसार, सेवाबाट लाभान्वित भएकाहरू अत्यन्त खुसी थिए।

खाद्यान्न सहयोग कार्यक्रम

खाद्य सुरक्षाको सन्देशसहित शाखाले समुदायका विपन्न परिवारलाई १० बोरा चामल, २ बोरा दाल र २ कार्टुन तेल वितरण गरेको थियो।
यो कार्यक्रमका संयोजक सदस्य नविन पोखरेलले सहकार्यका लागि सम्पूर्ण सहयोगीहरूलाई धन्यवाद दिएका छन्।

️ कार्यक्रमको संचालन र मन्तव्य

कार्यक्रमको अध्यक्षता गोमा भट्टराईले गरेकी थिइन् भने प्रमुख अतिथि वरिष्ठ नशा तथा मानसिक रोग विशेषज्ञ डा. सुषिल समदर्शी रहेका थिए।
कार्यक्रमको सहजीकरण र सञ्चालन सचिव रुद्र खनालले गरेका थिए।

संस्थाकी अध्यक्ष गोमा भट्टराईले भनिन् – “शिक्षा, स्वास्थ्य र मानवता — यी तीन आधारमा समाज रुपान्तरणको हाम्रो यात्रा अघि बढ्दैछ। पहिलो पाइला नेपाल देशभर सहयोगका कदम विस्तार गर्दैछ।”

 

कार्यक्रममा प्रथम उपाध्यक्ष गौरव खनाल (स्वागत मन्तव्य), केन्द्रीय सदस्य राजन अधिकारी, समाजसेवी रत्नलाल न्यौपाने, बादी सरोकार मञ्च नेपालका सञ्चालक हिक्मत बादी र सल्लाहकार गङ्गाधर न्यौपानेले कार्यक्रमको सफलता र निरन्तरताको शुभकामना व्यक्त गरेका थिए।

Facebook Comments Box
Total Views: 0
रुपन्देहीको तिलोत्तमामा मजदूरहरुबीच झडप ।
सरकारमा नयाँ रफतार : चार नवनियुक्त मन्त्रीहरूले शपथ ग्रहण गर्दै पदभार सम्हाले
मनोज श्रेष्ठ : स्थानीय राजनीतिबाट व्यवसायिक यथार्थसम्म – एक युवा आवाजको गहिरो दृष्टि
प्रतिनिधिसभा नियमावलीलाई लिएर संसद्मा विवाद, विपक्षी दलको अवरोधबीच प्रक्रिया अघि बढ्यो
युवा उद्धमी विकाश टण्डनकाे आकाेष: “उफ्रिने भीडले देशलाई अड्काइरहेको छ, नेपाल बन्द कहिल्यै हितमा हुँदैन”
समाचार पढेर तपाईंलाइ कस्तो लाग्यो ?
माया0
दुखि0
खुशी0
निद्रा0
रिस0
ओख्खो0

थप समाचार

सम्पत्ति छानबिन आयोगलाई नमान्ने ओलीको घोषणा, ‘सम्पत्ति विवरण भर्दिनँ’

नेपालले पनि भारतको जग्गा मिचेको रहेछ’ भन्ने प्रधानमन्त्रीको सनसनीपूर्ण दाबीलाई तपाईं के भन्नुहुन्छ ?

२०८३ जेष्ठ १७, आईतवार २२:२९

प्रतिनिधिसभा नियमावलीलाई लिएर संसद्मा विवाद, विपक्षी दलको अवरोधबीच प्रक्रिया अघि बढ्यो

२०८३ जेष्ठ १७, आईतवार २२:०४

प्रधानमन्त्रीको अभिव्यक्ति फिर्ता लिन र क्षमा माग्न प्रदीप ज्ञवालीको माग

आयकरको न्यूनतम सीमा दोब्बर, अब १० लाखसम्म आम्दानीमा १ प्रतिशत मात्रै कर

दल परिवर्तनपछि गुल्मीमा कांग्रेसबाट निर्वाचित दुई वडा अध्यक्ष पदमुक्त

२०८३ जेष्ठ १४, बिहीबार १७:१६

अनुराग साहित्य समाजद्वारा ध्यान तथा रचना वाचन कार्यक्रम सम्पन्न

मोतिराज खनाल र यशोदा कार्कीको स्वरमा ‘बिर्सु कसरी’ सार्वजनिक

हाम्रो बारेमा

  • कम्पनि दर्ता नं. : ३२९४७९/०८०/०८१
  • सूचना बिभाग दर्ता नं. :४४५१-२०८०/२०८१
  • प्रेस काउन्सिल सूचीकरण नं. :४४४२-२०८०/०८१
  • बिज्ञापनको लागि : ९८६७२३३०७१

हाम्रो टिम

  • अध्यक्ष / संचालक :सुदीप ज्ञवाली
  • सम्पादक : सुब्रत ज्ञवाली
  • ब्यबस्थापक : इन्द्रमणि ज्ञवाली
  • न्यूज डेस्क : सुदीप ज्ञवाली
  • संवाददाता : सुदीप ज्ञवाली,सुशील खनाल , निरज रानाभाट
  • बजार प्रतिनिधि : सुशील खनाल

सम्पर्क ठेगाना

  • बुटवल–१३, रुपन्देही, नेपाल
  • फोन : ९८६७२३३०७१
  • इमेल :info@gulmibulletin.com
© 2023All Rights Reserved , Site By : Sudeep Gyawali
Welcome Back!

Sign in to your account

Username or Email Address
Password

Lost your password?