By using this site, you agree to the Privacy Policy and Terms of Use.
Accept
गुल्मी बुलेटिन
  • होम पेज
  • समाचार
  • लियाे
  • अर्थतन्त्र
    • बैंकिङ
    • बिज्ञान प्रबिधि
  • जीवनशैली
  • मनोरन्जन
    • चलचित्र
    • धर्म संस्कृति
    • भिडियो
  • राशिफल
  • पुस्तक संसार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • रोचक
  • अन्य
    • बिज्ञान प्रबिधि
    • कृषि
    • फोटो ग्यालरी
    • राशिफल
    • फिचर
  • होम पेज
  • समाचार
  • लियाे
  • अर्थतन्त्र
    • बैंकिङ
    • बिज्ञान प्रबिधि
  • जीवनशैली
  • मनोरन्जन
    • चलचित्र
    • धर्म संस्कृति
    • भिडियो
  • राशिफल
  • पुस्तक संसार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • रोचक
  • अन्य
    • बिज्ञान प्रबिधि
    • कृषि
    • फोटो ग्यालरी
    • राशिफल
    • फिचर
गुल्मी बुलेटिनगुल्मी बुलेटिन
  • समाचार
  • लियाे
  • शिक्षा
  • अर्थतन्त्र
  • मनोरन्जन
  • खेलकुद
  • विचार
  • राजनीति
  • अन्तर्राष्ट्रिय
  • होम पेज
  • समाचार
  • लियाे
  • विजनेस
  • शिक्षा
  • रोजगार
  • राशिफल
Have an existing account? Sign In
Home » नेपाल फर्कँदै विपिनले लेखे “हाम्रो एउटा चीत्कार भनेको प्रिय साथी विपिन जोशीको खोजीको हो”

नेपाल फर्कँदै विपिनले लेखे “हाम्रो एउटा चीत्कार भनेको प्रिय साथी विपिन जोशीको खोजीको हो”

News Desk
News Desk
२०८० आश्विन २७, शनिबार १६:५३
कन्चनपुर :- ‘सिकाइसँगै कमाइ’ कार्यक्रमका लागि इजरायल गएका सुदूरपश्चिम विश्वविद्यालयको कृषि विज्ञान सङ्काय स्नातक तह आठौँ सेमेस्टरका ४९ जना विद्यार्थीहरूका टोली नेता विपिन सुवेदीले बिहीबार साँझ स्वदेश फर्कने क्रममा सामाजिक सञ्जाल फेसबुकमा मार्मिक स्ट्याटस लेख्दै आफ्ना साथी विपिन जोशीको खोजिकार्यका लागि पुनः अनुरोध गरेका छन् ।
उनले लेखेका छन्, “हामी सपना बुनेर आको, सपना टुटेर आउनु परेको छ ! 
आज हाम्रो एउटा चीत्कार भनेको हाम्रो प्रिय साथी विपिन जोशीको खोजीको हो । हामी बाँच्यौँ तर हामी जिन्दगी भरी मरी मरी बाँच्नु पर्ने भयो । 
सरकार, केही त होला नि !
सरकार ? मानव अधिकारी ? amnesty ? केही त छ ?
पक्कै छ सरकार ! पक्कै होला । खोज्नु पर्‍यो ।
भगवान्ले हामीलाई बचाउनु भयो । उसलाई पनि बचाउनु हुन्छ । तर केही त गर्नुपर्‍यो । हामीले प्रार्थना गरेझैँ सरकारले खोज्नपर्‍यो, लाग्नुपर्‍यो । माहौल तातिएपछि मात्रै भन्दा, उसलाई देशको छोरा जसरी खोज्नुपर्‍यो । विपिनको सुरक्षित आगमनको लागि नेपाल पर्खिरहेको छ !
बिन्ती हाम्रा सबै साथीहरू शव पनि छिटो उपलब्ध गराइदिनुहोला ! हाम्रा दिदी, भाइ, बुवा आमाका आँखा सुकिसके आफ्ना मुटुका टुक्राहरूलाई कुर्दा कुर्दै !
अन्तिममा हामीलाई सकुशल उद्धार गरी स्वदेश फिर्तीको लागि अहोरात्र खटिनु हुने र सहयोग गर्नु हुने सम्पूर्णमा नमन ।”
गत शनिबार प्यालेस्टिनी विद्रोही समूह हमासले इजरायलमा गरेको आक्रमणका क्रममा बेपत्ता भएका कञ्चनपुरको महेन्द्रनगरका विपिन जोशीको अवस्था अहिलेसम्म अज्ञात छ । भीमदत्त नगरपालिका वडा नम्बर ३ घर भई कृषि विज्ञान विषयमा स्नातक तहको अध्ययन पश्चात् ११ महिनाको प्रयोगात्मक अभ्यासका लागि इजरायल गएका विपिनको खोजिकार्य गरी उद्धार गरिदिन उनको परिवारले सरकार र दूतावाससँग अनुरोध गरिरहेको छ । सरोकारवाला निकायसँग बुझ्दा अहिलेसम्म कुनै आधिकारिक जानकारी नपाएकोले यथाशीघ्र विपिनको अवस्था पत्ता लगाई उद्धार गरिदिन परिवारजनले अनुरोध गरेका छन् । विपिनको घरपरिवार यति बेला भाव विह्वल भएको छ । घरका सबै सदस्य र छरछिमेकी तथा आफन्तजनको रुवाबासी भइरहेको छ ।
इजरायल घटनामा ज्यान गुमाएका १० जना नेपाली विद्यार्थी मध्ये ७ जना सुदूरपश्चिमका छन् । कैलालीको घोडाघोडीका नारायणप्रसाद न्यौपाने र बौनियाका आशिष् चौधरी, दार्चुलाको लेकमका दीपेशराज बिष्ट र मालिकार्जुनका लोकेन्द्रसिंह धामी, डोटीको पचनालीका राजन फुलारा र लामीखालका पदम थापा तथा बझाङको जयपृथ्वीका गणेशकुमार नेपालीको मृत्यु भएको नेपाली दूतावासले जनाएको छ । सोही घटनामा परेका धनुषाका आनन्द साह, सुनसरीका राजेशकुमार स्वर्णकार र सल्यानका प्रवेश भण्डारीले समेत ज्यान गुमाएका छन् । कैलालीको टीकापुरका धनबहादुर चौधरी, गोरखाका हिमाञ्चल कट्टेल, दाङका प्रवीण डाँगी र सल्यानका विधान सेजवाल घाइते भएका थिए । उनीहरुसँगैका कैलालीको भजनी त्रिशक्तिका वीरेन्द्र चौधरी र सल्यानका प्रमोद केसी भने सुरक्षित रहे ।
1111697129483.jpg
युद्ध प्रभावित क्षेत्रमा फसेका नेपालीलाई स्वदेश फर्काउन इजरायल पुगेको नेपाल एयरलाइन्सको विमान काठमाडौँका लागि छुटेको छ । तेल अभिभ विमानस्थलबाट २५४ नेपालीलाई लिएर विमान नेपाली समय अनुसार ५:२० मा काठमाडौँका लागि उडेको इजरायलका लागि नेपाली राजदूत कान्ता रिजालले जानकारी दिइन् । उनले तीन घाइते र सम्पर्कमा नआएका एक जना बाहेक सबै विद्यार्थीलाई लिएर इजरायलको तेल अभिभ विमानस्थलबाट काठमाडौँका लागि विमान उडेको जनाइन् । रिजालका अनुसार सो विमान दुबई ट्रान्जिट बनाएर नेपाल आउने छ । विमान बिहीबार राति ११ बजेभित्र काठमाडौँमा अवतरण गरिसक्ने छ ।
सरकारले स्वदेश फिर्ता हुन चाहनेलाई लिन नेपाल एयरलाइन्सको जहाज पठाएको हो । युद्ध प्रभावित क्षेत्रमा फसेका नेपालीलाई लिन परराष्ट्र मन्त्री नारायणप्रकाश (एनपी) साउदको टोली नेपाली विमान लिएर बिहीबार बिहान इजरायल प्रस्थान गरेको थियो । यसअघि युद्धग्रस्त क्षेत्रबाट उद्धार गरी विभिन्न सेल्टरमा राखिएका नेपालीलाई विमानस्थलमा ल्याइएको थियो । पहिलो लटमा स्वदेश फिर्ता हुने टोलीमा हमासको आक्रमणबाट जोगिएका वीरेन्द्र चौधरी, प्रमोद केसी र धनबहादुर चौधरी पनि छन् । यीमध्ये धनबहादुर चौधरी घाइते छन् । उपचारकै क्रममा रहेका उनलाई ट्राभल गर्न सक्ने चिकित्सकहरूले बताएपछि उनी पनि स्वदेश फर्किएका छन् ।
परराष्ट्र मन्त्रालयले घर फिर्तीका लागि ३५० जनाको विवरण प्राप्त भएकोमा २८८ जनाले नेपाल नै फर्कने इच्छा व्यक्त गरेको जनाएको छ । विमानमा नअटेका बाँकी नेपालीलाई भने आवश्यकता अनुसार अर्को विमान पठाउने वा नियमित जहाजबाटै भए पनि ल्याउने व्यवस्था गरिने मन्त्रालयको भनाइ छ । गत शनिबार प्यालेस्टिनी विद्रोही समूह हमासले इजरायलमा गरेको आक्रमणमा घाइते भएका प्रवीण डाँगी, विधान सेजुवाल र हिमाञ्चल कट्टेलको भने इजरायलमै उपचार भइरहेको छ । विपिन जोशी अझै सम्पर्कविहीन छन् । १७ जनाको समूहमा रहेका विद्यार्थीमाथि भएको आक्रमणमा १० जनाको मृत्यु भएको थियो । ती शव पनि प्रक्रिया पूरा गरेर छिट्टै ल्याइने मन्त्रालयले जनाएको छ ।

Loading

Facebook Comments Box
नेपालगञ्जमा लाग्याे अनिश्चितकालीन कर्फ्यु
भृकुटी प्याराडाईज पिडितलाई आर्थिक सहयाेग हस्तान्तरण
रेसुङ्गा–८ की लक्ष्मी बि.क: कार्यालय सहयोगीबाट ‘दक्ष कर्मचारी’सम्मको प्रेरणादायी यात्रा
बाँके जिल्लामा आज मध्यरातसम्म मदिराजन्य पदार्थ किनबेच र उपभोगमा रोक
काम होस् कि नहोस्, कार्यसम्पादनमा १०० नम्बर
समाचार पढेर तपाईंलाइ कस्तो लाग्यो ?
माया0
दुखि0
खुशी0
निद्रा0
रिस0
ओख्खो0

थप समाचार

मोतिराज–शान्तिश्रीको स्वरमा ‘बिर्सु कसरी’ सार्वजनिक, नवराजको जीवन पीडाको मार्मिक अभिव्यक्ति

२०८३ बैशाख ५, शनिबार १२:५३

स्वास्थ्य संस्थामा श्रम ऐन उल्लंघनबारे गुनासो, मन्त्रालयको ध्यानाकर्षण

सर्वोच्च अदालतको फैसला: गगन थापा समूहलाई आधिकारिकता, देउवा समूहको रिट खारेज

सर्वोच्चको फैसलापछि पौडेलको अपिल: ‘हार–जितको रूपमा नहेरौँ, एकता जोगाऔँ’

गुल्मीमा ६२ वर्षीया महिलामाथि जबर्जस्ती करणी आरोप, युवक पक्राउ

बुटवलमा ई–रिक्सा चालक आन्दोलनमा, ‘दर्ता नभएकालाई रोक लगाऊ’ माग

बुटवलमा सडक अतिक्रमण हटाउने अभियान: सुरुमा आक्रामक, तेस्रो दिनदेखि नरम

भैरहवामा विद्युत आपूर्ति स्थिर, सेवा सुधारमा प्राधिकरणको ध्यान

हाम्रो बारेमा

  • कम्पनि दर्ता नं. : ३२९४७९/०८०/०८१
  • सूचना बिभाग दर्ता नं. :४४५१-२०८०/२०८१
  • प्रेस काउन्सिल सूचीकरण नं. :४४४२-२०८०/०८१
  • बिज्ञापनको लागि : ९८६७२३३०७१

हाम्रो टिम

  • अध्यक्ष / संचालक :सुदीप ज्ञवाली
  • सम्पादक : सुब्रत ज्ञवाली
  • ब्यबस्थापक : इन्द्रमणि ज्ञवाली
  • न्यूज डेस्क : सुदीप ज्ञवाली
  • संवाददाता : सुदीप ज्ञवाली,सुशील खनाल , निरज रानाभाट
  • बजार प्रतिनिधि : सुशील खनाल

सम्पर्क ठेगाना

  • बुटवल–१३, रुपन्देही, नेपाल
  • फोन : ९८६७२३३०७१
  • इमेल :info@gulmibulletin.com
© 2023All Rights Reserved , Site By : Sudeep Gyawali
Welcome Back!

Sign in to your account

Username or Email Address
Password

Lost your password?