By using this site, you agree to the Privacy Policy and Terms of Use.
Accept
गुल्मी बुलेटिन
  • होम पेज
  • समाचार
  • लियाे
  • अर्थतन्त्र
    • बैंकिङ
    • बिज्ञान प्रबिधि
  • जीवनशैली
  • मनोरन्जन
    • चलचित्र
    • धर्म संस्कृति
    • भिडियो
  • राशिफल
  • पुस्तक संसार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • रोचक
  • अन्य
    • बिज्ञान प्रबिधि
    • कृषि
    • फोटो ग्यालरी
    • राशिफल
    • फिचर
  • होम पेज
  • समाचार
  • लियाे
  • अर्थतन्त्र
    • बैंकिङ
    • बिज्ञान प्रबिधि
  • जीवनशैली
  • मनोरन्जन
    • चलचित्र
    • धर्म संस्कृति
    • भिडियो
  • राशिफल
  • पुस्तक संसार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • रोचक
  • अन्य
    • बिज्ञान प्रबिधि
    • कृषि
    • फोटो ग्यालरी
    • राशिफल
    • फिचर
गुल्मी बुलेटिनगुल्मी बुलेटिन
  • समाचार
  • लियाे
  • शिक्षा
  • अर्थतन्त्र
  • मनोरन्जन
  • खेलकुद
  • विचार
  • राजनीति
  • अन्तर्राष्ट्रिय
  • होम पेज
  • समाचार
  • लियाे
  • विजनेस
  • शिक्षा
  • रोजगार
  • राशिफल
Have an existing account? Sign In
Home » ‘इजरायल गएको भाइ भेटिएन, सकुशल छ भन्ने आशा छ’

‘इजरायल गएको भाइ भेटिएन, सकुशल छ भन्ने आशा छ’

News Desk
News Desk
२०८० आश्विन २३, मंगलवार ११:११

धनगढी । कञ्चनपुरको भीमदत्त नगरपालिका-३ का किशोरराज जोशीले इजरायलमा भएका भाइ (अंकलको छोरा) विपिनसँग शनिबार दिउँसो कुराकानी गरेका थिए । किशोरका अनुसार विपिनले ‘सबै ठीकै छ, राम्रो चलिरहेको छ’ भनेका थिए ।

भाइसँग दिउँसो कुरा भएपछि किशोर आफ्नो काममा केन्द्रित भए । विपिनले पछि कुरा गरौंला है भनेकाले उनी साँझ फोन आउँछ कि भन्ने आशामा थिए तर इजरायलमा प्यालेस्टाइनी कट्टरपन्थी समूह हमासले आक्रमण गरेको खबर थाहा पाए ।

हमासको आक्रमणमा केही नेपालीहरु पनि परेको थाहा पाएपछि किशोरको मनमा चिसो पस्यो । किशोरले विपिनलाई फेरि सम्पर्क गर्ने कोसिस गरे । तर सम्पर्क भएन ।

किशोरका अनुसार २६ भदौमा इजरायलको एउटा कृषि फर्ममा काम गर्न गएका विपिनको २८ गतेदेखि नै अत्तोपत्तो छैन ।

इजरायलमा सुरक्षित स्थानमा बसिरहेका विपिनका साथीहरु भने लामो प्रयासपछि सम्पर्कमा आएका छन् । किशोरलाई उनीहरुले बताए अनुसार हमासले आक्रमण गरेपछि विपिन साथीहरुको सम्पर्कमा आएका थिए । तर त्यसपछि भने सम्पर्क हुन सकेको छैन । ‘मेरो सम्पर्कमा आएका भाइको एकजना साथीले आक्रमणपछि उद्धार गरिदिनुस् भनेर हामीसँग आग्रह गरेको थियो भन्छन् तर अहिलेसम्म कुनै पत्तो लागेको छैन,’ किशोरले अनलाइनखबरसँग भने ।

‘भाइसँग शनिबारका दिन दिउँसो कुरा भएको थियो । सबै ठीकै छ, काम पनि राम्रो चलिरहेको छ । खाना खाइरहेको छु दाजु, पछि कुरा गरौंला है भनेर फोन राख्यो,’ केही विद्यार्थीहरु अस्पतालमा उपचारमा छन् भन्ने सुनेका किशोरले भने, ‘भाइ उपचारमै भए पनि हुने थियो, तर यकिन गर्न सकिएको छैन ।’

आक्रमणपछि पनि साथीहरुसँग एकपटक सम्पर्कमा आएका कारण विपिन सकुशल छन् भन्नेमा किशोर र उनको परिवार आशावादी छ । ‘इजरायल गएको भाइ भेटिएन घाइते भएको भए भेटिनुपर्ने हो । जहाँ भए पनि ऊ सकुशल होला भन्ने आशा जीवितै छ,’ दाजु किशोरले भने ।

अहिले किशोरको दिनचर्या भाइसँग सम्पर्क जुटाउने प्रयासमै बितिरहेको छ । सोमबार पनि विपिनको अवस्था पत्ता लगाउने प्रयास गरे पनि राति अबेर भइसक्यो भन्दै जानकारी नदिइएको उनको गुनासो छ । ‘सरकारले अफिसियली हिसाबले कुरा गरेर भाइको अवस्थाबारे चासो दिए आभारी हुने थिएँ,’ उनले भने ।

विपिन किशोरका काकाका छोरा हुन् । घरमा उनीसहित दुई जना भाइबहिनी छन् । उनी गत भदौमा मात्र सुदूरपश्चिम विश्वविद्यालयबाट कृषि विज्ञान विषयको अध्ययन सकेर इजरायल गएका थिए ।

Loading

Facebook Comments Box
बैंकिङ कसुर मुद्दामा रुपन्देही–३ का स्वतन्त्र उम्मेदवार महेन्द्र यादव पक्राउ
बुटवलका निर्मल ज्ञवालीले ५ हजारभन्दा बढी युवालाई मतदाता सूचीमा सूचीकृत गराए
आजदेखि प्रतिनिधिसभा निर्वाचनको औपचारिक प्रचार–प्रसार सुरु
गुल्मीदरबारमा अध्यक्ष कप भलिबल प्रतियोगिता हुँदै
बुटवल महा मेला २०८२’मा दर्शकको उल्लेख्य भीड
समाचार पढेर तपाईंलाइ कस्तो लाग्यो ?
माया0
दुखि0
खुशी0
निद्रा0
रिस0
ओख्खो0

थप समाचार

मोतिराज–शान्तिश्रीको स्वरमा ‘बिर्सु कसरी’ सार्वजनिक, नवराजको जीवन पीडाको मार्मिक अभिव्यक्ति

२०८३ बैशाख ५, शनिबार १२:५३

स्वास्थ्य संस्थामा श्रम ऐन उल्लंघनबारे गुनासो, मन्त्रालयको ध्यानाकर्षण

सर्वोच्च अदालतको फैसला: गगन थापा समूहलाई आधिकारिकता, देउवा समूहको रिट खारेज

सर्वोच्चको फैसलापछि पौडेलको अपिल: ‘हार–जितको रूपमा नहेरौँ, एकता जोगाऔँ’

गुल्मीमा ६२ वर्षीया महिलामाथि जबर्जस्ती करणी आरोप, युवक पक्राउ

बुटवलमा ई–रिक्सा चालक आन्दोलनमा, ‘दर्ता नभएकालाई रोक लगाऊ’ माग

बुटवलमा सडक अतिक्रमण हटाउने अभियान: सुरुमा आक्रामक, तेस्रो दिनदेखि नरम

भैरहवामा विद्युत आपूर्ति स्थिर, सेवा सुधारमा प्राधिकरणको ध्यान

हाम्रो बारेमा

  • कम्पनि दर्ता नं. : ३२९४७९/०८०/०८१
  • सूचना बिभाग दर्ता नं. :४४५१-२०८०/२०८१
  • प्रेस काउन्सिल सूचीकरण नं. :४४४२-२०८०/०८१
  • बिज्ञापनको लागि : ९८६७२३३०७१

हाम्रो टिम

  • अध्यक्ष / संचालक :सुदीप ज्ञवाली
  • सम्पादक : सुब्रत ज्ञवाली
  • ब्यबस्थापक : इन्द्रमणि ज्ञवाली
  • न्यूज डेस्क : सुदीप ज्ञवाली
  • संवाददाता : सुदीप ज्ञवाली,सुशील खनाल , निरज रानाभाट
  • बजार प्रतिनिधि : सुशील खनाल

सम्पर्क ठेगाना

  • बुटवल–१३, रुपन्देही, नेपाल
  • फोन : ९८६७२३३०७१
  • इमेल :info@gulmibulletin.com
© 2023All Rights Reserved , Site By : Sudeep Gyawali
Welcome Back!

Sign in to your account

Username or Email Address
Password

Lost your password?