By using this site, you agree to the Privacy Policy and Terms of Use.
Accept
गुल्मी बुलेटिन
  • होम पेज
  • समाचार
  • लियाे
  • अर्थतन्त्र
    • बैंकिङ
    • बिज्ञान प्रबिधि
  • जीवनशैली
  • मनोरन्जन
    • चलचित्र
    • धर्म संस्कृति
    • भिडियो
  • राशिफल
  • पुस्तक संसार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • रोचक
  • अन्य
    • बिज्ञान प्रबिधि
    • कृषि
    • फोटो ग्यालरी
    • राशिफल
    • फिचर
  • होम पेज
  • समाचार
  • लियाे
  • अर्थतन्त्र
    • बैंकिङ
    • बिज्ञान प्रबिधि
  • जीवनशैली
  • मनोरन्जन
    • चलचित्र
    • धर्म संस्कृति
    • भिडियो
  • राशिफल
  • पुस्तक संसार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • रोचक
  • अन्य
    • बिज्ञान प्रबिधि
    • कृषि
    • फोटो ग्यालरी
    • राशिफल
    • फिचर
गुल्मी बुलेटिनगुल्मी बुलेटिन
  • समाचार
  • लियाे
  • शिक्षा
  • अर्थतन्त्र
  • मनोरन्जन
  • खेलकुद
  • विचार
  • राजनीति
  • अन्तर्राष्ट्रिय
  • होम पेज
  • समाचार
  • लियाे
  • विजनेस
  • शिक्षा
  • रोजगार
  • राशिफल
Have an existing account? Sign In
Home » गुल्मीको तम्घासस्थान मन्दिर ओझेलमा , प्रचारप्रसार गर्न महोत्सव

गुल्मीको तम्घासस्थान मन्दिर ओझेलमा , प्रचारप्रसार गर्न महोत्सव

News Desk
News Desk
२०८० आश्विन २१, आईतवार १८:५४

गुल्मी – काठमाडौंको पशुपतिपछिको सबै ठुलो इतिहास बोकेको तम्घासस्थान मन्दिर प्रचारप्रसारको अभावमा ओझेलमा परेको छ । रेसुगां नगरपालिका ९ उपल्लो तम्घासमा अवस्थित तम्घासस्थान मन्दिरको आफ्नै ऐतिहासिक महत्व छ । पृथ्वीनारायण शाहले नेपालको एकीकरण गर्नुभन्दा अघिनै स्थापना भएको तम्घासस्थान मन्दिर । तम्घास आसपासमा सबैभन्दा पुरानो मन्दिरको रुपमा परिचीत छ ।

परापुर्वकालमा अर्जुन पर्वतमा भुरे नामका एकजना राजा बस्थे । उनी अत्याचारी, धूर्त, मूर्ख तथा चरित्रहीन मात्र नभई उनी ज्यादै विलासी थिए । तम्घासको देउरालीमा आफ्ना सिपाही राखी तम्घासबाट आउने जाने नवविवाहित दुलहीलाई आफूसँग पुराउने व्यवस्था गरी बलात्कार गरी सतीत्व हरण गर्ने उनको चलन थियो । एकपटक धुर्कोट वाग्लाका एउटा ब्राह्मणले गुल्मी चारपाला दरबार देवीस्थान तिरबाट एउटी कन्यालाई विवाह गरेर देउराली कटाएर घरतिर लैजाने क्रममा भुरे राजाले आफ्ना सिपाइ प्रयोग गरेर एकरातको लागि दरबार लगेछन ।

सिपाहीको अपहरण पछी बिबाह गरेर आएकी बेहुलीले जन्ती र श्रीमानसंग यदि म साच्चिकै पतिव्रत रहेछु भने त्यस दुष्ट राजाले कुव्यावहार गर्ने प्रयास गरे यो दूध, रगत बन्नेछ र म ब्रह्मलीन हुने छु । अन्यथा यो दूध दुध नै बन्ने छ भन्दै उनी सिपाही संग दरबार पुगेकी थिईन् । केहि समयपछी दुध रगतमा परिणत भएपछी उनी र उनका श्रीमानको मृत्यु भएको किम्मदन्ति छ । बेहुलीले बोलेको कुरा सत्य भएपछी तम्घासस्थानमा शिलाको स्थापना गरी पुरुषलाई सिद्धको रूपमा र नारीलाई देवीको रुपमा पुजा गर्दै आएको स्थानीय पाकापुस्ता विष्णुप्रसाद पन्थी बताउँछन् । तम्घासस्थान मन्दिरको आफ्नै पहिचान र महिमा छ । उनी भन्छन् तर, कसैले यसको प्रचारप्रसार र महत्वलाई बुझाउन नसक्दा मन्दिर ओझेलमा परेको छ ।

यस तम्घासस्थान मन्दिरमा परापुर्व कालदेखि नाग, झाँक्री,सिद्ध र देवीको पुजाआराधाना हुदैँ आएको छ । मन्दिरमा मनोकांक्षा पुराभएपछी बलि दिने चलन छ । तम्घास आसपासका क्षेत्रमा विवाह गरी ल्याउने वा लैजाने नवजोडीले विवाह गरेको एक वर्षभित्र मन्दिरमा पुजापाठ अथवा बलि दिने प्रचलन चली आएको छ ।

दुलहीको ब्रह्मलीनताबाट प्रभावित भई यी देवी(देवताको पूजा गरेमा दाम्पत्य जीवन सफल हुने धार्मिक इतिहास र विश्वास रहेको रेसुगां नगरपालिका ९ का वडाध्यक्ष कृष्णप्रसाद पाण्डेले बताए । मन्दिर निर्माणमा सरकारले केही लगानी गरेको छ । देउराली,अर्जुन र तम्घासस्थान मन्दिरमा पैदलमार्ग जोडेर पर्यटक तथा श्रदालुलाई सबै ठाउँमा पुप्र्याउने स्थानीय सरकारको तयारी छ । यस आर्थिक बर्षको नगरपालिकाको नीति तथा कार्यक्रममा तम्घासस्थान मन्दिरलाई पर्यटन गन्तव्यको रुपमा विकाश गर्नमा जोड दिएको वडाध्यक्ष पाण्डेले बताए ।

तम्घासस्थान मन्दिरको स्थापना कहिले कसरी भयो भन्ने हालसम्म कुनै प्रमाण भएटिएको छैन । यस मन्दिरमा प्रत्येक हप्ताको आइतबार र मंगलबार पुजापाठ सहित बली दिने चलन छ । बेहुलीले गरेको बाचा पुरा भएपछी भुरे राजाको कुकर्म अन्त्य भई मन्दिरमा दैवी शक्तिको उत्पती भएको रेसुगां नगरपालिका ९ को शताब्दी पुरुष पर्शुराम पन्थी बताउँछन् । देशबिदेश मन्दिरको महत्व र इतिहासलाई प्रचारप्रसार गर्न सकेमा तम्घासस्थान मन्दिरको महिमा काठमाण्डौं पशुपति, अर्घाखाँचीको सुपादेउरालीको जस्तै हुने शताब्दी पुरुष पन्थीको भनाई छ ।

काठमाडौंको पशुपतिपछिको सबै ठुलो इतिहास बोकेको तम्घासस्थान मन्दिरको महत्वलाई उजागर गर्दै देशभर चिनाउन आगमी कात्तिकमा हुने प्रथम ऐतिहासिक महोत्सवबाट अपेक्षा लिएको छ । मन्दिरको प्रचारप्रसार गर्ने लक्ष्यसहित गुल्मी उद्योग संघको आयोजनामा आगमी कात्तिक १५ गतेदखी २५ गते हुने महोत्सव हुने भएको छ । पश्चिम क्षेत्रको सबैभन्दा पुरानो र झण्डै एकबर्ष इतिहास बोकेको मन्दिरलाई महोत्सवको माध्यमबाट प्रचार गरिने गुल्मी उद्योग संघका महासचिव सुर्दशन खनालले बताए । महोत्सवभर मन्दिर बिहानैदेखि खुला राख्ने र साझमा आराती गर्ने र धेरै श्रदालु भित्राउने गुल्मी उद्योग संघका महासचिव खनालले बताए । महोत्सवबाट जिल्लामा एक लाख दर्शक भित्राउने र ६० करोड बराबरको कारोबार गर्ने उद्देश्य आयोजकले राखेको छ ।

साेत :- नागरिक अपडेट गुल्मी (मनाेज कार्की)

Loading

Facebook Comments Box
गुल्मीदरबार गाउँपालिकाका स्वास्थ्य संस्थाहरुको समिक्षा
हेटौडामा खुल्यो ‘ हेटौंडा केक जोन ’
बझाङमा ३ घन्टाभित्र ४ रेक्टरमाथिका ६ वटा भूकम्प,
धादिङको खरी आसपास केन्द्रबिन्दु भएर ६ दशमलव १ रेक्टरस्केलको भूकम्प
बजारमा प्याज भित्रिन छाडेसँगै समितिले दैनिक मूल्य सूचीबाट प्याज हटायो
समाचार पढेर तपाईंलाइ कस्तो लाग्यो ?
माया0
दुखि0
खुशी0
निद्रा0
रिस0
ओख्खो0

थप समाचार

मोतिराज–शान्तिश्रीको स्वरमा ‘बिर्सु कसरी’ सार्वजनिक, नवराजको जीवन पीडाको मार्मिक अभिव्यक्ति

२०८३ बैशाख ५, शनिबार १२:५३

स्वास्थ्य संस्थामा श्रम ऐन उल्लंघनबारे गुनासो, मन्त्रालयको ध्यानाकर्षण

सर्वोच्च अदालतको फैसला: गगन थापा समूहलाई आधिकारिकता, देउवा समूहको रिट खारेज

सर्वोच्चको फैसलापछि पौडेलको अपिल: ‘हार–जितको रूपमा नहेरौँ, एकता जोगाऔँ’

गुल्मीमा ६२ वर्षीया महिलामाथि जबर्जस्ती करणी आरोप, युवक पक्राउ

बुटवलमा ई–रिक्सा चालक आन्दोलनमा, ‘दर्ता नभएकालाई रोक लगाऊ’ माग

बुटवलमा सडक अतिक्रमण हटाउने अभियान: सुरुमा आक्रामक, तेस्रो दिनदेखि नरम

भैरहवामा विद्युत आपूर्ति स्थिर, सेवा सुधारमा प्राधिकरणको ध्यान

हाम्रो बारेमा

  • कम्पनि दर्ता नं. : ३२९४७९/०८०/०८१
  • सूचना बिभाग दर्ता नं. :४४५१-२०८०/२०८१
  • प्रेस काउन्सिल सूचीकरण नं. :४४४२-२०८०/०८१
  • बिज्ञापनको लागि : ९८६७२३३०७१

हाम्रो टिम

  • अध्यक्ष / संचालक :सुदीप ज्ञवाली
  • सम्पादक : सुब्रत ज्ञवाली
  • ब्यबस्थापक : इन्द्रमणि ज्ञवाली
  • न्यूज डेस्क : सुदीप ज्ञवाली
  • संवाददाता : सुदीप ज्ञवाली,सुशील खनाल , निरज रानाभाट
  • बजार प्रतिनिधि : सुशील खनाल

सम्पर्क ठेगाना

  • बुटवल–१३, रुपन्देही, नेपाल
  • फोन : ९८६७२३३०७१
  • इमेल :info@gulmibulletin.com
© 2023All Rights Reserved , Site By : Sudeep Gyawali
Welcome Back!

Sign in to your account

Username or Email Address
Password

Lost your password?