By using this site, you agree to the Privacy Policy and Terms of Use.
Accept
गुल्मी बुलेटिन
  • होम पेज
  • समाचार
  • लियाे / लायन्स
  • अर्थतन्त्र
    • बैंकिङ
    • बिज्ञान प्रबिधि
  • जीवनशैली
  • मनोरन्जन
    • चलचित्र
    • धर्म संस्कृति
    • भिडियो
  • राशिफल
  • पुस्तक संसार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • रोचक
  • अन्य
    • बिज्ञान प्रबिधि
    • कृषि
    • फोटो ग्यालरी
    • राशिफल
    • फिचर
  • होम पेज
  • समाचार
  • लियाे / लायन्स
  • अर्थतन्त्र
    • बैंकिङ
    • बिज्ञान प्रबिधि
  • जीवनशैली
  • मनोरन्जन
    • चलचित्र
    • धर्म संस्कृति
    • भिडियो
  • राशिफल
  • पुस्तक संसार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • रोचक
  • अन्य
    • बिज्ञान प्रबिधि
    • कृषि
    • फोटो ग्यालरी
    • राशिफल
    • फिचर
गुल्मी बुलेटिनगुल्मी बुलेटिन
  • समाचार
  • लियाे / लायन्स
  • शिक्षा
  • अर्थतन्त्र
  • मनोरन्जन
  • खेलकुद
  • विचार
  • राजनीति
  • अन्तर्राष्ट्रिय
  • होम पेज
  • समाचार
  • लियाे / लायन्स
  • विजनेस
  • शिक्षा
  • रोजगार
  • राशिफल
Have an existing account? Sign In
Home » भैरहवा भन्सारमा यौनकाण्ड

भैरहवा भन्सारमा यौनकाण्ड

News Desk
News Desk
२०८० बैशाख २०, बुधबार ०९:१८

रुपन्देही । रुपन्देहीको सुगौलीस्थित भैरहवा भन्सार कार्यालयका एक अधिकृतको यौन काण्डको कर्तुत सुटुक्क गुपचुप पारिएको छ । घटना गत चैत १६ गतेको हो । भन्सार कार्यालयमै कार्यरत एकजना महिला भन्सार अधिकृतले काम गर्न राखेकी किशोरीमाथि भन्सार अधिकृत लक्ष्मण ढुंगानाले यौन दुव्र्यवहार गरेका थिए ।

रक्सीले मातेका भन्सार अधिकृत ढुंगानाले महिला भन्सार अधिकृत नभएको मौका छोपेर किशोरीमाथि गिद्दे नगर लगाएका हुन् । उनले महिला भन्सार अधिकृतको कोठामा गएर ती किशोरीलाई दुव्र्यवहार गरेका थिए । रक्सीको मातमा लठ्ठ परेका ढुंगानाले किशोरीलाई बलात्कार गर्ने मनसायले कोही नभएको मौकामा कोठामा गएको बताइन्छ ।

भन्सार अधिकृत ढुंगाना कोठामा पुगेर दुव्र्यवहार गर्न थालेपछि किशोरी चिच्याएकी थिइन् । त्यसपछि उनी कोठाबाट निस्किएर आफ्नो निवासमा गएका थिए । केही समयपछि महिला भन्सार अधिकृत आफ्नो निवासमा आएपछि ती किशोरीले ढुंगानाको कर्तुतबारे सबै कुरा बताइन् । विस्तारै ढुंगानाको कर्तुत आगोको भुससरी फैलियो ।

भोलिपल्ट भन्सार प्रमुख मनिराम पौडेलको नेतृत्वमा मिलापत्र भयो । ‘भन्सार प्रमुखले नै दबाब दिएपछि मिलापत्र भएको हो’, भन्सारका एक अधिकृतले भने । ती अधिकृतका अनुसार भन्सार प्रमुख पौडेलको कार्यकक्षमा भन्सारका सिनियर अधिकृत, महिला अधिकृत र ती पीडित किशोरी बसेर मिलापत्र भएको हो ।

‘सबै अधिकृतका अघि पीडक ढुंगानाले पीडित किशोरीको खुट्टा समाएर माफी मागेपछि मिलापत्र भयो, बाहिर केही कुरा नलैजाने भन्ने सहमति पनि भयो’, ती अधिकृतले भने ।

मिलापत्र गर्न बसेको छलफलमा महिला अधिकृतले ढुंगानालाई हकारेकी थिइन् । भन्सार परिसरमै ढुंगाना र महिला अधिकृत बस्ने निवाससँगै छ । पहिलेदेखि ती किशोरीलाई गिद्दे नजर लगाइरहेका भन्सार अधिकृत ढुंगानाले अभिभावक (महिला भन्सार अधिकृत) नभएको मौकामा किशोरीमाथि जाइलागेका हुन् ।

‘ढुंगाना पहिलादेखि नै यौन पिपासु हुन्, केटी देख्यो की नेगेटिभ कुरा गर्ने, यिनले कुनै दिन केही न केही काण्ड घटाउँछन् भन्ने थियो, नभन्दै घटाए’, ती भन्सार अधिकृतले भने, ‘पहुँचका आधारमा केही भएन ।’

घटना मिलापत्र भएपछि ढुंगाना काठमाडौं गए । काठमाडौं गएर लामो समय बसेपछि उनी केही समय भन्सार विभागमा पनि हाजिर भएको बताइन्छ ।

विस्तारै भन्सार विभागमा ढुंगानाको कर्तुत पुगेपछि उनलाई त्यहाँ हाजिर गराइएको हो । त्यसपछि भन्सार विभागले ढुंगानालाई वैशाख ८ गते निर्णय गर्दै भैरहवा भन्सारबाट चोभार सुक्खा बन्दरगाह भन्सार कार्यालय, काठमाडौंमा खटाएको थियो ।

तर, शक्ति र पहुँचका आधारमा चल्ने ढुंगाना त्यहाँ हाजिर नभएको स्रोतले बताएको छ । दुई दिनमै भनसुन गरेर उनले आफ्नो काज रद्ध गरेर भैरहवा भन्सार कार्यालय नै फिर्ता भएका छन् ।

किशोरीमाथि जाइ लागेका ढुंगाना पहिलादेखि नै विवादित छविका भ्रष्ट अधिकृत मानिन्छन् । यसअघि उनले भैरहवा भन्सारमा व्यवसायीसँग मिलेमतो गरी कम मूल्यांकनमा सामान भन्सार पास गराउने गरेको आरोप भन्सारकै कर्मचारीले लगाउने गरेका थिए ।

उनले आफूलाई अर्थमन्त्री र अर्थसचिवको मान्छे हुँ भन्दै अन्य कर्मचारीलाई धम्की दिने गरेको बताइन्छ । आफ्नाविरुद्ध केही बोलेमा कर्मचारीको सरुवा गर्ने धम्की उनले दिने गरेका छन् ।

शक्तिकै आडमा उनले किशोरीमाथि कर्तुत गर्दासमेत कारबाहीमा परेनन् । बरु उल्टै रोजेकै ठाउँमा पुनः फर्किएका छन् ।

ढुंगाना पुनः भन्सारमै फर्किएपछि महिला भन्सार अधिकृत र ती पीडित किशोरी सशंकित भएका छन् ।
भन्सार स्रोतका अनुसार किशोरीमाथि बलात्कार गर्ने मनसायले दुव्र्यवहार गरेपछि ढुंगानाले घटना बाहिर आउने डरमा आर्थिक प्रलोभन पनि देखाएका थिए । तर, महिला अधिकृतले प्रलोभन अस्वीकार गरेकी थिइन । त्यसपछि उनले माथिल्लो तहको शक्तिको आडमा भन्सार प्रमुखलाई प्रभावमा पारेर घटना सामसुम पारेका हुन् ।

यसबारे बुझ्ना ढुंगानाले आफूले कुनै गल्ती नगरेको दाबी गरे । आफूमाथि लागेको आरोपमा कुनै सत्यता नरहेको जनाउँदै उनले घटना नै नभएको जिकिर गरे ।

किशोरीको संरक्षणकर्ता महिला भन्सार अधिकृतले भने घटना घटेको स्वीकारिन । तर, गम्भीर घटना नभएकाले माफी दिएको उनको तर्क छ । ‘उ (किशोरी) मेरी छोरीसरह हो, मैले छोरी नै बनाएर पालेकी छु, पठनपाठन गराएकी छु’, उनले भनिन्, ‘गम्भीर घटना भएको भए मैले कुनै हालतमा त्यस (ढुंगाना)लाई छाड्ने थिइनँ । समान्य भएकाले केही गरिएन ।’

साभार : दृष्टि न्युज भैरहवा

Facebook Comments Box
Total Views: 0
लोकस्टारको फाइनलमा प्रवेश गरेका क्षेत्रीलाई इस्मा गाउँपालिका द्वारा ५० हजार सहयोग
रुपन्देही १० बर्षिय बालिका बलत्कार गरेको आरोपमा ६५ बर्षिय बृद्ध पक्राउ रुपन्देहीमा १० बर्षिय बालिका बलत्कार गरेको आरोपमा ६५ बर्षिय बृद्ध पक्राउ
‘कागज बीचमै घुसाउने’ संस्कृति : अख्तियार itself question मा, नेपाल ट्रष्ट प्रकरणले देखाएको चरम विफलता
तिलोत्तमा नगरपालिकाको सार्वजनिक सुनुवाई कार्यक्रम सम्पन्न, जनगुनासो पुरा गर्ने प्रतिबद्धता
सम्पर्क समाज द्वारा खाद्यान्न सामाग्री हस्तान्तर
समाचार पढेर तपाईंलाइ कस्तो लाग्यो ?
माया0
दुखि0
खुशी0
निद्रा0
रिस0
ओख्खो0

थप समाचार

नेपालले पनि भारतको जग्गा मिचेको रहेछ’ भन्ने प्रधानमन्त्रीको सनसनीपूर्ण दाबीलाई तपाईं के भन्नुहुन्छ ?

२०८३ जेष्ठ १७, आईतवार २२:२९

प्रतिनिधिसभा नियमावलीलाई लिएर संसद्मा विवाद, विपक्षी दलको अवरोधबीच प्रक्रिया अघि बढ्यो

२०८३ जेष्ठ १७, आईतवार २२:०४

प्रधानमन्त्रीको अभिव्यक्ति फिर्ता लिन र क्षमा माग्न प्रदीप ज्ञवालीको माग

आयकरको न्यूनतम सीमा दोब्बर, अब १० लाखसम्म आम्दानीमा १ प्रतिशत मात्रै कर

दल परिवर्तनपछि गुल्मीमा कांग्रेसबाट निर्वाचित दुई वडा अध्यक्ष पदमुक्त

२०८३ जेष्ठ १४, बिहीबार १७:१६

अनुराग साहित्य समाजद्वारा ध्यान तथा रचना वाचन कार्यक्रम सम्पन्न

मोतिराज खनाल र यशोदा कार्कीको स्वरमा ‘बिर्सु कसरी’ सार्वजनिक

उजिरसिंह माविको एसईई नतिजा उत्साहजनक, गुणस्तरीय शिक्षातर्फ सफल यात्रा

हाम्रो बारेमा

  • कम्पनि दर्ता नं. : ३२९४७९/०८०/०८१
  • सूचना बिभाग दर्ता नं. :४४५१-२०८०/२०८१
  • प्रेस काउन्सिल सूचीकरण नं. :४४४२-२०८०/०८१
  • बिज्ञापनको लागि : ९८६७२३३०७१

हाम्रो टिम

  • अध्यक्ष / संचालक :सुदीप ज्ञवाली
  • सम्पादक : सुब्रत ज्ञवाली
  • ब्यबस्थापक : इन्द्रमणि ज्ञवाली
  • न्यूज डेस्क : सुदीप ज्ञवाली
  • संवाददाता : सुदीप ज्ञवाली,सुशील खनाल , निरज रानाभाट
  • बजार प्रतिनिधि : सुशील खनाल

सम्पर्क ठेगाना

  • बुटवल–१३, रुपन्देही, नेपाल
  • फोन : ९८६७२३३०७१
  • इमेल :info@gulmibulletin.com
© 2023All Rights Reserved , Site By : Sudeep Gyawali
Welcome Back!

Sign in to your account

Username or Email Address
Password

Lost your password?