By using this site, you agree to the Privacy Policy and Terms of Use.
Accept
गुल्मी बुलेटिन
  • होम पेज
  • समाचार
  • लियाे / लायन्स
  • अर्थतन्त्र
    • बैंकिङ
    • बिज्ञान प्रबिधि
  • जीवनशैली
  • मनोरन्जन
    • चलचित्र
    • धर्म संस्कृति
    • भिडियो
  • राशिफल
  • पुस्तक संसार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • रोचक
  • अन्य
    • बिज्ञान प्रबिधि
    • कृषि
    • फोटो ग्यालरी
    • राशिफल
    • फिचर
  • होम पेज
  • समाचार
  • लियाे / लायन्स
  • अर्थतन्त्र
    • बैंकिङ
    • बिज्ञान प्रबिधि
  • जीवनशैली
  • मनोरन्जन
    • चलचित्र
    • धर्म संस्कृति
    • भिडियो
  • राशिफल
  • पुस्तक संसार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • रोचक
  • अन्य
    • बिज्ञान प्रबिधि
    • कृषि
    • फोटो ग्यालरी
    • राशिफल
    • फिचर
गुल्मी बुलेटिनगुल्मी बुलेटिन
  • समाचार
  • लियाे / लायन्स
  • शिक्षा
  • अर्थतन्त्र
  • मनोरन्जन
  • खेलकुद
  • विचार
  • राजनीति
  • अन्तर्राष्ट्रिय
  • होम पेज
  • समाचार
  • लियाे / लायन्स
  • विजनेस
  • शिक्षा
  • रोजगार
  • राशिफल
Have an existing account? Sign In
Home » चौपायाको कब्जामा बुटवलको सडक

चौपायाको कब्जामा बुटवलको सडक

News Desk
News Desk
२०८० भाद्र ९, शनिबार २०:२२

बुटवल :- बुटवलको मुख्य सडकमा यातायात आवागमनमा असहजता हुने गरेको छ । छाडा चौपायाले छ लेनको सडक नै कब्जा गर्ने गरेपछि सयौँ सवारीसाधनले सस्ती खेप्नुपरेको छ ।

बुटवल–भैरहवा जोड्ने छ लेन सडकमा गाईबस्तुको राज हुने गरेको छ । २० किलोमिटर लामो सो सडकको बुटवल खण्डमा गाईबस्तु सडकमै आउँदा सवारी चालकहरूलाई सवारी साधन चलाउन कठिनाइ हुने गरेको छ ।

स्थानीयवासीले दुध दिन छोडेपछि घर निकाला गरेका गाईबस्तु सडकमा भेटिने गरेका हुन् । सडकमा छाडिने गरिएका चौपायालाई नियामक निकायले नियन्त्रणमा नराख्ने र सडकमा छाड्नेहरूलाई पहिचान गरी कारबाही गर्न जोडदार माग हुँदै आएपनि त्यसतर्फ सरोकारवाला निकायको ध्यान जान सकेको छैन ।

कानुनले छाडा पशु र चौपाया व्यवस्थित गर्ने अधिकार स्थानीय सरकारलाई दिएको छ। नेपालको संविधानको स्थानीय सरकार सञ्चालन ऐनको परिच्छेद–३ अन्तर्गत दफा–११ को उपदफा २ मा छाडा पशु चौपायाको नियन्त्रण गर्ने अधिकार सुनिश्चित गरेको छ।

पछिल्लो ६ वर्षको अभ्यासले स्थानीय सरकारले समस्या समाधान गर्न असफल देखिएका छन्। स्थानीय तहहरूले प्रदेशस्तरको गौशाला आवश्यक भएको बताए पनि त्यसको अगुवाइ गर्ने संयन्त्र भेटिएको छैन।

पालिका–पालिकाबीच समस्या देखिए पनि सामूहिक प्रयत्न नहुँदा समस्या जटिल बन्दै गएको छ। बुटवल उपमहानगरका प्रमुख प्रशासकीय अधिकृत टेकराज पन्थीले मानवीय लापरबाहीका कारण समस्या जटिल बनेको बताए।

दूध दिँदासम्म गोठमा बाँध्ने र दूध दिन छाडेपछि गाईलाई सडकमा ल्याएर छाड्ने प्रवृत्ति रहेको उनको भनाइ छ। ‘बुटवल उपमहानगरले कार्यविधि बनाएर नियन्त्रणको प्रयास गरेको छ। मुख्य कुरा सरोकारावालाहरूबीच सहकार्य र एकता आवश्यक छ,’ उनले भने।

पालिका–पालिकाबीच समस्या देखिए पनि सामूहिक प्रयत्न नहुँदा समस्या जटिल बन्दै गएको छ। बुटवल उपमहानगरका प्रमुख प्रशासकीय अधिकृत टेकराज पन्थीले मानवीय लापरबाहीका कारण समस्या जटिल बनेको बताए।

दूध दिँदासम्म गोठमा बाँध्ने र दूध दिन छाडेपछि गाईलाई सडकमा ल्याएर छाड्ने प्रवृत्ति रहेको उनको भनाइ छ। ‘बुटवल उपमहानगरले कार्यविधि बनाएर नियन्त्रणको प्रयास गरेको छ। मुख्य कुरा सरोकारावालाहरूबीच सहकार्य र एकता आवश्यक छ,’ उनले भने।

ChatGPTClaudeX (Twitter)LinkedIn
Facebook Comments Box
एसिया कप छनोट लक्ष्यमा सुरुवाती जित
‘हामी त आयौं, तर ग्रिनेड फालेर बचाउने साथी बन्धक छन्’
बुटवलमा पहिलो पाँचतारे होटल ‘हायात प्लेस’ सञ्चालनमा
रुपन्देही–३ मा रास्वपाप्रति बढ्दो आकर्षण, घरदैलोमा मतदाताको खुला समर्थन
सुनसरी घटनापछि तनाव अन्त्य, पाँच बुँदे सहमति
समाचार पढेर तपाईंलाइ कस्तो लाग्यो ?
माया0
दुखि0
खुशी0
निद्रा0
रिस0
ओख्खो0

थप समाचार

दाजु–बहिनीको माया र छोरीको बिदाइ समेटिएको मार्मिक तीज गीत सार्वजनिक

२०८३ श्रावण १०, आईतवार ०८:११

बुटवल लायन्स तथा लियो क्लबबाट सुनवलमा वृक्षारोपण तथा वातावरण संरक्षण कार्यक्रम सम्पन्न

२०८३ श्रावण ९, शनिबार २०:३६

बुटवलमा पहिलो पटक अत्याधुनिक DTF प्रिन्ट सञ्चालनमा

लायन्स क्लब अफ बुटवल सेन्ट्रलको प्रथम बोर्ड तथा जनरल बैठक सम्पन्न

संस्थापक अध्यक्षको जन्मदिनमा लियो क्लब अफ बुटवल गोल्डेन जुब्लीद्वारा रक्तदान

बुटवलमा नक्कली नेपाली नोट छाप्ने गिरोह पक्राउ, ६ लाख २२ हजार रुपैयाँ बराबरका नक्कली नोट बरामद

लायन्स क्लब अफ बुटवल सेन्ट्रलमा नेतृत्व हस्तान्तरण, नयाँ अध्यक्षमा कृष्ण बन्धु अर्याल

२०८३ असार १५, सोमबार २२:५४

यातायात क्षेत्रको एकता र सहकार्यको सन्देश

हाम्रो बारेमा

  • कम्पनि दर्ता नं. : ३२९४७९/०८०/०८१
  • सूचना बिभाग दर्ता नं. :४४५१-२०८०/२०८१
  • प्रेस काउन्सिल सूचीकरण नं. :४४४२-२०८०/०८१
  • बिज्ञापनको लागि : ९८६७२३३०७१

हाम्रो टिम

  • अध्यक्ष / संचालक :सुदीप ज्ञवाली
  • सम्पादक : सुब्रत ज्ञवाली
  • ब्यबस्थापक : इन्द्रमणि ज्ञवाली
  • न्यूज डेस्क : सुदीप ज्ञवाली
  • संवाददाता : सुदीप ज्ञवाली,सुशील खनाल , निरज रानाभाट
  • बजार प्रतिनिधि : सुशील खनाल

सम्पर्क ठेगाना

  • बुटवल–१३, रुपन्देही, नेपाल
  • फोन : ९८६७२३३०७१
  • इमेल :info@gulmibulletin.com
© 2023All Rights Reserved , Site By : Sudeep Gyawali
Welcome Back!

Sign in to your account

Username or Email Address
Password

Lost your password?