गुल्मी । गुल्मीका १४ र १५ वर्षीया दुई बालिका सम्पर्कबिहिन भएका छन् । जिल्लाकाे मालिका गाउँपालिका वडा नं. ५ छापहिले बस्ने तारा घिमिरेको छोरी बर्ष १५ की जुना घिमिरे र सोही स्थानमा बस्ने शोभाना घिमिरेको छोरी बर्ष १४ की पुष्पा घिमिरे हिजाे देखी सम्पर्क बिहिन भएका हुन् ।

आज हराएको र खोजतलास तथा हुलिया परिपत्र गरी पाउँ भनि बालिकाहरुको ठुलोबुबा चित्र बहादुर महतराले फोटो सहितको निवेदन जिल्ला प्रहरी कार्यालय गुल्मीमा पेश गरेको जिल्ला प्रहरी कार्यालय गुल्मीले जनाएको छ ।
निज बालिकाहरुलाइ कहीँ कतै कसैले देखेमा निजहरुको ठुलोबुबाको सम्पर्क नं. ९८४७२३३९५३, नजिकको प्रहरी कार्यालयमा सम्पर्क गरि जानकारी दिन प्रहरीले आग्रह गरेको छ।

पछिल्लो क्रम गुल्मीमा मानीस हराएको निवेदन धेरै पर्न थालेको प्रहरीको तथ्यांकमा उल्लेख गरिएको छ ।
Facebook Comments Box
Total Views:
0

