By using this site, you agree to the Privacy Policy and Terms of Use.
Accept
CLICK BULLETIN
  • होम पेज
  • समाचार
  • लियाे / लायन्स
  • अर्थतन्त्र
    • बैंकिङ
    • बिज्ञान प्रबिधि
  • जीवनशैली
  • मनोरन्जन
    • चलचित्र
    • धर्म संस्कृति
    • भिडियो
  • राशिफल
  • पुस्तक संसार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • रोचक
  • अन्य
    • बिज्ञान प्रबिधि
    • कृषि
    • फोटो ग्यालरी
    • राशिफल
    • फिचर
  • होम पेज
  • समाचार
  • लियाे / लायन्स
  • अर्थतन्त्र
    • बैंकिङ
    • बिज्ञान प्रबिधि
  • जीवनशैली
  • मनोरन्जन
    • चलचित्र
    • धर्म संस्कृति
    • भिडियो
  • राशिफल
  • पुस्तक संसार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • रोचक
  • अन्य
    • बिज्ञान प्रबिधि
    • कृषि
    • फोटो ग्यालरी
    • राशिफल
    • फिचर
CLICK BULLETINCLICK BULLETIN
  • समाचार
  • लियाे / लायन्स
  • शिक्षा
  • अर्थतन्त्र
  • मनोरन्जन
  • खेलकुद
  • विचार
  • राजनीति
  • अन्तर्राष्ट्रिय
  • होम पेज
  • समाचार
  • लियाे / लायन्स
  • विजनेस
  • शिक्षा
  • रोजगार
  • राशिफल
Have an existing account? Sign In
Home » मुसिकोट नगरपालिकाले भूमिहीन र अव्यवस्थित बसोबासीलाई निस्सा वितरण थाल्यो

मुसिकोट नगरपालिकाले भूमिहीन र अव्यवस्थित बसोबासीलाई निस्सा वितरण थाल्यो

News Desk
News Desk
२०७९ माघ १९, बिहीबार २१:२२

गुल्मी । गुल्मीको मुसिकोट नगरपालिकाले नगर भित्र रहेका भूमिहीन दलित, भुमिहीन सुकुम्बासी र अव्यवस्थित बसोबासीहरुलाई निस्सा वितरणको काम सुरु गरेको छ । नगरपालिकाका ४ वटा वडाबाट निस्सा वितरणको काम सुरु भएको हो ।

पहिलो चरणमा वडा नं १,२, ३ र ४ का १ सय २६ जना भूमिहीन दलित, भूमिहीन सुकुम्वासी तथा अव्यवस्थित बसोबासीले निस्सा पाएका मुसिकोट नगरपालिकाले जनाएको छ ।

राष्ट्रिय भूमि आयोग गुल्मीका अध्यक्ष राम मल्ल ठकुरी, मुसिकोट नगरपालिकाका नगरप्रमुख जीवन खरेल, उपप्रमुख गगां श्रेष्ठ र प्रमुख प्रशाशकीय अधिकृत बिनाद कुँवरले उनीहरुलाई निस्सा वितरण गर्दै छिट्टै जग्गाको टुंगो लाग्ने बताउनुभयो ।

भुमि आयोग गुल्मीका अनुसार मुसिकोट नगरपालिकामा ४५ भूमिहिन दलित, १९ जना भुमिहिन सुकुम्बासी र १७३ अव्यवस्थित बसोबासी रहेका छन् । ४ वटा वडाको काम जिल्ला मालपोत कार्यालय गुल्मी मार्फत हुने र बाँकी ४ देखि ९ नं वडासम्मको काम मालपोत कार्यालय मजुवा मार्फत हुने भएकाले बाँकी रहेका वडाको निस्सा वितरण पनि केही दिनमा हुने भूमि आयोग गुल्मीका विज्ञ सदस्य तिलाचन पाण्डेले जानकारी दिनुभयो ।

भूमि आयोग गुल्मीका अध्यक्ष ठकुरीले गुल्मी जिल्लाका १२ स्थानीय तह मध्ये मुसिकोट नगरपालिका निस्सा वितरण गर्ने दोश्रो पालिका बनेको बताउनुभयो । ‘यो जग्गा प्राप्ती होइन । जग्गा नाप्ने बेलामा यही निस्सा देखाउनुपर्छ,’ ठकुरीले भन्नुभयो, ‘निस्सा पाएपछि तपाईंहरुको एउटा चरण पूरा भयो । अब थप अनुगमन गरेर जग्गा वितरणका लागि प्रक्रिया अघि बढ्छ ।’ साथै विभिन्न कागजपत्र र तीनपुस्ते विवरण भर्न छुट भई निस्सा नपाएका लाभग्राहीहरुलाई पनि प्रक्रिया पुरा गरेर निस्सा वितरण गरिने उहाँको भनाई छ ।

मुसिकोट नगरपालिकाका नगरप्रमुख जीवन खरेलले विभिन्न कारणले सुकुम्वासी बनेका नागरिकहरूलाई जमिनको मालिक बनाउने कामका लागि आफुहरु खटिएको बताउनुभयो । नगरप्रमुख खरेलले निस्सा वितरणकै आधारमा अब जग्गाको नापजाँच प्रक्रिया अगाडि बढ्ने र सोही बमोजिम लालपुर्जा पाउने बताउनुभयो । उहाँले अहिले निस्सा नपाएका नागरिकहरुलाई पनि नआत्तिन आग्रह गर्दै सबैको प्रक्रियागत हिसाबले काम हुने जानकारी दिनुभयो ।

जग्गाको निस्सा पाएपछि मुसिकोट नगरपालिका वडा नं १ का लाभग्राही हरिलाल सार्कीले बर्षौँदेखि अलपत्र अवस्थामा रहेका आफुहरुलाई नगरपालिकाले जग्गाको प्रमाण स्वरुप निस्सा वितरण गर्दा खुसी लागेको बताए । “१० वर्षदेखि बस्दै आएको जग्गालाई आफ्नो भन्न सकेको थिईन, उनले भने अब लालपुर्जा पनि पाउने कुराले खुसी छु, नगरसरकारलाई धन्यवाद सार्कीले भने ।

गुल्मी जिल्लामा यस अगाडी रुरु क्षेत्र गाउँपालिकाले निस्सा वितरणको काम सम्पन्न गरेको छ । जिल्लाका १२ स्थानीय तहमा २८५ जना भूमिहीन दलित, २३६ जना भूमिहीन सुकुम्बासी र १ हजार ६२६ जना गरी कूल २ हजार १४७ जनाको तथ्यांक रहेको राष्ट्रिय भूमी आयोग गुल्मीले जनाएको छ ।

Facebook Comments Box
Total Views: 0
लुम्बिनी प्रदेशको राजधानी सारिएपछि रुपन्देहीको अर्थतन्त्र मन्द : उद्योगी–व्यवसायी चिन्तित
नागरिकप्रति उत्तरदायी बन्न र विधिको शासन लागू गर्न सरकारलाई आग्रह:- ज्ञानबहादुर शाही
प्रभातफेरी आयोजना गर्दै फोनिजले मनायो स्थापना दिवस
आधा सिलिन्डर नीतिले बढायो ग्यास संकट, उपभोक्ता लाइनमा
चीनमा विशाल ताल फुट्यो, नेपालतर्फ त्रिशूली किनारमा सतर्कता
समाचार पढेर तपाईंलाइ कस्तो लाग्यो ?
माया0
दुखि0
खुशी0
निद्रा0
रिस0
ओख्खो0

थप समाचार

मानव अधिकार तथा शान्ति समाज रुपन्देहीको सभापतिमा पत्रकार कपिल ज्ञवाली निर्वाचित

२०८३ कार्तिक २९, आईतवार २३:५६

शिवपुर माविका पूर्व प्रधानाध्यापक एवं शिक्षक केशव भण्डारीको निधन

२०८३ कार्तिक २९, आईतवार १७:०३

रोयल्टीमा कस्तुप पन्तको दबदबा, पाए सर्वाधिक ४ लाख रुपैयाँ

प्रयोगकर्ताको अनुमतिबिना फोटो ग्यालरीमा पहुँच गरेको भन्दै फेसबुकलाई इटालीले १ खर्ब ३३ अर्ब रुपैयाँ जरिबाना

भृकुटीमण्डपमा मंसिर ४ देखि अन्तर्राष्ट्रिय कृषि यान्त्रिकीकरण प्रदर्शनी, प्रवेश निःशुल्क

१३ वर्षीय विश्वको बाँसुरीको धुनले जित्दैछ सबैको मन

सामाजिक सुरक्षा कोषमा झन्डै १ खर्ब ३० अर्ब रुपैयाँ सङ्कलन

संस्कृति संरक्षणसँगै सामाजिक सेवामा रुद्रगणको देउसी अभियान

हाम्रो बारेमा

  • कम्पनि दर्ता नं. : ३२९४७९/०८०/०८१
  • सूचना बिभाग दर्ता नं. :४४५१-२०८०/२०८१
  • प्रेस काउन्सिल सूचीकरण नं. :४४४२-२०८०/०८१
  • बिज्ञापनको लागि : ९८६७२३३०७१

हाम्रो टिम

  • अध्यक्ष / संचालक :सुदीप ज्ञवाली
  • सम्पादक : सुब्रत ज्ञवाली
  • ब्यबस्थापक : इन्द्रमणि ज्ञवाली
  • न्यूज डेस्क : सुदीप ज्ञवाली
  • संवाददाता : सुदीप ज्ञवाली,सुशील खनाल , निरज रानाभाट
  • बजार प्रतिनिधि : सुशील खनाल

सम्पर्क ठेगाना

  • बुटवल–१३, रुपन्देही, नेपाल
  • फोन : ९८६७२३३०७१
  • इमेल :info@gulmibulletin.com
© 2023All Rights Reserved , Site By : Sudeep Gyawali
Welcome Back!

Sign in to your account

Username or Email Address
Password

Lost your password?