बुटवल :- रुपन्देही प्रहरीले बुटवलस्थित यातायात व्यवस्था कार्यालय परिसरबाट बिचौलियाको आरोपमा ७ जनालाई पक्राउ गरेको छ।

बुटवल उपमहानगरपालिका–१३ स्थित यातायात व्यवस्था कार्यालय परिसरमा बिचौलियाको काम गरिरहेको आरोपमा उनीहरूलाई पक्राउ गरिएको हो।

पक्राउ पर्नेमा गुल्मीको मालिका गाउँपालिका–५ का २३ वर्षीय मनोज अर्याल, रुपन्देहीको तिलोत्तमा नगरपालिका–५ का ४२ वर्षीय हेमप्रसाद भट्टराई, बुटवल उपमहानगरपालिका–१३ की ४३ वर्षीया लक्ष्मी खनाल र ६२ वर्षीय खोमलाल भुपाल छन्।

त्यस्तै, बुटवल उपमहानगरपालिका–८ का ५४ वर्षीय ऋषिराम खनाल, शुद्धोधन गाउँपालिका–१ का ३१ वर्षीय विजय क्षेत्री र पाल्पाको बगनासकाली गाउँपालिका–१ का ५३ वर्षीय प्रेमध्वज श्रेष्ठ पनि पक्राउ परेका छन्।
पक्राउ परेकाहरूमाथि बिचौलियाको काम गरेको सम्बन्धमा थप अनुसन्धान भइरहेको रुपन्देही प्रहरीका प्रवक्ता प्रहरी नायब उपरीक्षक कृष्णबहादुर चन्दले जानकारी दिए।


