By using this site, you agree to the Privacy Policy and Terms of Use.
Accept
गुल्मी बुलेटिन
  • होम पेज
  • समाचार
  • लियाे
  • अर्थतन्त्र
    • बैंकिङ
    • बिज्ञान प्रबिधि
  • जीवनशैली
  • मनोरन्जन
    • चलचित्र
    • धर्म संस्कृति
    • भिडियो
  • राशिफल
  • पुस्तक संसार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • रोचक
  • अन्य
    • बिज्ञान प्रबिधि
    • कृषि
    • फोटो ग्यालरी
    • राशिफल
    • फिचर
  • होम पेज
  • समाचार
  • लियाे
  • अर्थतन्त्र
    • बैंकिङ
    • बिज्ञान प्रबिधि
  • जीवनशैली
  • मनोरन्जन
    • चलचित्र
    • धर्म संस्कृति
    • भिडियो
  • राशिफल
  • पुस्तक संसार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • रोचक
  • अन्य
    • बिज्ञान प्रबिधि
    • कृषि
    • फोटो ग्यालरी
    • राशिफल
    • फिचर
गुल्मी बुलेटिनगुल्मी बुलेटिन
  • समाचार
  • लियाे
  • शिक्षा
  • अर्थतन्त्र
  • मनोरन्जन
  • खेलकुद
  • विचार
  • राजनीति
  • अन्तर्राष्ट्रिय
  • होम पेज
  • समाचार
  • लियाे
  • विजनेस
  • शिक्षा
  • रोजगार
  • राशिफल
Have an existing account? Sign In
Home » प्रतिनिधिसभा चुनावका लागि उम्मेदवारले १० हजार धरौटी राख्नुपर्ने

प्रतिनिधिसभा चुनावका लागि उम्मेदवारले १० हजार धरौटी राख्नुपर्ने

News Desk
News Desk
२०८२ माघ ४, आईतवार २२:५०

काठमाडौं :- प्रतिनिधिसभा सदस्यको प्रत्यक्षतर्फ उम्मेदवारी दर्ता गर्दा उम्मेदवारले १० हजार रुपैयाँ धरौटी रकम राख्नुपर्ने भएको छ। तर महिला, दलित, अल्पसंख्यक तथा आर्थिक रूपमा विपन्न उम्मेदवारले धरौटी रकममा ५० प्रतिशत छुट पाउने निर्वाचन आयोगले जनाएको छ।

निर्वाचन आयोगका सहसचिव तथा प्रवक्ता नारायणप्रसाद भट्टराईले जारी गरेको विज्ञप्तिअनुसार उम्मेदवारी दर्ताका क्रममा आवश्यक कागजात तथा प्रक्रिया सार्वजनिक गरिएको हो। विज्ञप्तिमा प्रतिनिधिसभा सदस्य निर्वाचनका उम्मेदवारले सम्बन्धित निर्वाचन अधिकृतको कार्यालयमा धरौटी रकम जम्मा गरी त्यसको रसिद वा भौचर मनोनयन पत्रसँगै पेस गर्नुपर्ने उल्लेख गरिएको छ।

आयोगका अनुसार २ माघदेखि देशभरका सबै निर्वाचन क्षेत्रमा मुख्य निर्वाचन अधिकृत तथा निर्वाचन अधिकृतका कार्यालय स्थापना भइसकेका छन्। उम्मेदवारले ती कार्यालयमा उपस्थित भई मनोनयन पत्र दर्ता गर्न सक्नेछन्।

महिला, दलित, अल्पसंख्यक समुदाय तथा आर्थिक रूपमा विपन्न उम्मेदवारको हकमा धरौटी रकम ५० प्रतिशत मात्र बुझाए पुग्ने व्यवस्था गरिएको छ। आर्थिक रूपमा विपन्न उम्मेदवारले भने सम्बन्धित स्थानीय तहबाट ‘आर्थिक रूपमा विपन्न’ भएको सिफारिस पत्र अनिवार्य रूपमा पेस गर्नुपर्नेछ।

आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनका लागि प्रत्यक्षतर्फको उम्मेदवारी दर्ता पर्सिदेखि सुरु हुने आयोगले जनाएको छ। उम्मेदवारी दर्ता प्रक्रिया सहज बनाउन आयोगले दुई दिनअघि नै सूचना प्रकाशित गरी आवश्यक विवरण सार्वजनिक गरेको हो।निर्वाचन नजिकिँदै जाँदा उम्मेदवारी दर्तासम्बन्धी तयारी र राजनीतिक गतिविधि देशभर तीव्र बन्दै गएको छ।

Loading

Facebook Comments Box
काठमाडौंमा दुर्गा प्रसाईं पक्राउ, निर्वाचन आचारसंहिता उल्लङ्घनको आरोप
नेपाल मेडिकल काउन्सिलद्वारा १७ चिकित्सकको लाइसेन्स खारेज
एमालेको जनसभा : प्रदर्शनीमार्गमा सवारी डाइभर्सन, काठमाडौंमा कडा सुरक्ष
नागरिक उन्मुक्ति पार्टीले गर्‍यो आन्दोलनको घोषणा
नक्कली भुटानी शरणार्थी प्रकरणको छानबिन गर्न संसदीय विशेष समिति गठन गर्न रास्वपाको माग
समाचार पढेर तपाईंलाइ कस्तो लाग्यो ?
माया0
दुखि0
खुशी0
निद्रा0
रिस0
ओख्खो0

थप समाचार

रुपन्देहीको तिलोत्तमामा सुत्केरी महिलाको रहस्यमय मृत्यु, अनुसन्धान सुरु

नुवाकोटको ककनीमा रास्वपाको वडा अधिवेशन सम्पन्न

बुटवलमा सरकारी जग्गा खाली गराउन सुरु, उच्च अदालत अगाडि रहेका टहरा हटाइँदै

गीता पाण्डे मृत्यु प्रकरण : डा. रुपाखेती निलम्बन, अवैध क्लिनिक बन्द गर्ने तयारी

२०८३ बैशाख १२, शनिबार १९:५३

नेपाल मेडिकल काउन्सिलद्वारा १७ चिकित्सकको लाइसेन्स खारेज

इजरायलमा ज्यान गुमाएका विपिन जोशीका परिवारलाई १० लाख सहयोग दिने सरकारको निर्णय

सेयर बजारमा सुधारको संकेत, नेप्सेमा सामान्य वृद्धि

बुटवलमा गर्भपतन क्रममा महिलाको मृत्यु, खत्री नर्सिङ होम क्षेत्रमा तनाव

२०८३ बैशाख ८, मंगलवार १९:२२

हाम्रो बारेमा

  • कम्पनि दर्ता नं. : ३२९४७९/०८०/०८१
  • सूचना बिभाग दर्ता नं. :४४५१-२०८०/२०८१
  • प्रेस काउन्सिल सूचीकरण नं. :४४४२-२०८०/०८१
  • बिज्ञापनको लागि : ९८६७२३३०७१

हाम्रो टिम

  • अध्यक्ष / संचालक :सुदीप ज्ञवाली
  • सम्पादक : सुब्रत ज्ञवाली
  • ब्यबस्थापक : इन्द्रमणि ज्ञवाली
  • न्यूज डेस्क : सुदीप ज्ञवाली
  • संवाददाता : सुदीप ज्ञवाली,सुशील खनाल , निरज रानाभाट
  • बजार प्रतिनिधि : सुशील खनाल

सम्पर्क ठेगाना

  • बुटवल–१३, रुपन्देही, नेपाल
  • फोन : ९८६७२३३०७१
  • इमेल :info@gulmibulletin.com
© 2023All Rights Reserved , Site By : Sudeep Gyawali
Welcome Back!

Sign in to your account

Username or Email Address
Password

Lost your password?