By using this site, you agree to the Privacy Policy and Terms of Use.
Accept
गुल्मी बुलेटिन
  • होम पेज
  • समाचार
  • लियाे / लायन्स
  • अर्थतन्त्र
    • बैंकिङ
    • बिज्ञान प्रबिधि
  • जीवनशैली
  • मनोरन्जन
    • चलचित्र
    • धर्म संस्कृति
    • भिडियो
  • राशिफल
  • पुस्तक संसार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • रोचक
  • अन्य
    • बिज्ञान प्रबिधि
    • कृषि
    • फोटो ग्यालरी
    • राशिफल
    • फिचर
  • होम पेज
  • समाचार
  • लियाे / लायन्स
  • अर्थतन्त्र
    • बैंकिङ
    • बिज्ञान प्रबिधि
  • जीवनशैली
  • मनोरन्जन
    • चलचित्र
    • धर्म संस्कृति
    • भिडियो
  • राशिफल
  • पुस्तक संसार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • रोचक
  • अन्य
    • बिज्ञान प्रबिधि
    • कृषि
    • फोटो ग्यालरी
    • राशिफल
    • फिचर
गुल्मी बुलेटिनगुल्मी बुलेटिन
  • समाचार
  • लियाे / लायन्स
  • शिक्षा
  • अर्थतन्त्र
  • मनोरन्जन
  • खेलकुद
  • विचार
  • राजनीति
  • अन्तर्राष्ट्रिय
  • होम पेज
  • समाचार
  • लियाे / लायन्स
  • विजनेस
  • शिक्षा
  • रोजगार
  • राशिफल
Have an existing account? Sign In
Home » महाशिवरात्रीका लागि सिद्धबाबा मन्दिरमा सम्पूर्ण तयारी पूरा, ६० हजार भक्तजन आउने अनुमान

महाशिवरात्रीका लागि सिद्धबाबा मन्दिरमा सम्पूर्ण तयारी पूरा, ६० हजार भक्तजन आउने अनुमान

News Desk
News Desk
२०८२ फाल्गुन २, शनिबार १८:२४

बुटवल :- महाशिवरात्री पर्वको अवसरमा पाल्पाको तिनाउ गाउँपालिका–३ दोभानस्थित सिद्धबाबा मन्दिरमा लाग्ने महाशिवरात्री मेलाको सम्पूर्ण तयारी पूरा भएको छ। मन्दिर परिसरलाई आकर्षक रूपमा सजाइएको छ भने भक्तजनलाई सहज र सुरक्षित रूपमा दर्शन गराउने विशेष व्यवस्था मिलाइएको आयोजकले जनाएको छ।

सिद्धबाबा मन्दिर विकास समितिले शनिबार पत्रकार सम्मेलन गरी यस वर्षको व्यवस्थापन अघिल्ला वर्षभन्दा थप व्यवस्थित र प्रभावकारी बनाइएको जानकारी दिएको हो। समितिका अध्यक्ष सन्तोषकुमार शेरचनका अनुसार भक्तजनको सहजताका लागि गत वर्षझैँ यस वर्ष पनि टोकन प्रणाली लागू गरिएको छ। भीड व्यवस्थापनलाई प्रभावकारी बनाउन निःशुल्क बस सेवासमेत सञ्चालन गरिनेछ।

विशेषगरी वृद्धवृद्धा, गर्भवती महिला, अशक्त तथा असहाय व्यक्तिलाई प्राथमिकताका साथ मूल मन्दिरमै पुगेर पूजाअर्चना तथा दर्शन गर्ने व्यवस्था मिलाइएको समितिले जनाएको छ। नियमित पूजापाठपछि बिहान ४ बजेदेखि सर्वसाधारणका लागि दर्शन खुला गरिनेछ।
भक्तजनको सुरक्षा र भीड नियन्त्रणका लागि करिब ५० जना सुरक्षाकर्मी परिचालन गरिनेछन्। त्यस्तै २०० स्वयंसेवक खटाइनेछन् भने १८ वटा सिसी क्यामेरामार्फत मन्दिर क्षेत्रको निगरानी गरिने व्यवस्था गरिएको छ।

यसका अतिरिक्त सरसफाइ, अस्थायी शौचालय, स्वच्छ खानेपानी, सवारी पार्किङ, भण्डारा तथा जुत्ताचप्पल राख्ने स्थानको उचित प्रबन्ध मिलाइएको समितिले जनाएको छ। आपतकालीन अवस्थामा उद्धार तथा स्वास्थ्य सहायता उपलब्ध गराउन सम्बन्धित निकायसँग समन्वय गरिएको छ।

समितिका अनुसार गत वर्ष करिब ४० हजार भक्तजनले दर्शन गरेका थिए भने यस वर्ष ६० हजारभन्दा बढी भक्तजन आउने अनुमान गरिएको छ। “दर्शनार्थीको संख्या उल्लेखनीय रूपमा बढ्ने अपेक्षा गरेका छौँ, त्यसअनुसार तयारी पूरा गरेका छौँ,” अध्यक्ष शेरचनले बताए।

प्रचारप्रसार संयोजक अरबिन्द पाण्डेका अनुसार यस वर्ष भक्तजनलाई सिद्धबाबा सुरुङमार्गभित्रै लाइन व्यवस्थापन गरिनेछ, जसबाट राजमार्गमा सवारी आवागमन प्रभावित नहुने विश्वास गरिएको छ। विगतमा साढे तीन घण्टासम्म लाइन बस्नुपर्ने अवस्था रहे पनि यस वर्ष साढे दुई घण्टाभित्रै दर्शन गराउने लक्ष्य राखिएको समितिले जनाएको छ।

मेला संयोजक तोया लम्सालका अनुसार दर्शनार्थीको सुविधाका लागि दुई वटा निःशुल्क तथा नौ वटा सशुल्क बस सेवा सञ्चालन गरिनेछ। यी बसहरू बुटवलका योगीकुटी, कालिकानगर, राजमार्ग चौराहा, अस्पताल लाइन, देवीनगर, शान्ति चोक, मिलनचोक, ट्राफिक चोक, गोलपार्क तथा दोभान–झुम्साबाट सञ्चालन हुनेछन्।

महाशिवरात्रीका अवसरमा शिवपूजन, रुद्राभिषेक, अखण्ड हरिकीर्तन लगायतका धार्मिक कार्यक्रम आयोजना गरिनेछन्। समितिले भक्तजनलाई अनुशासित र मर्यादित ढंगले मेला अवलोकन गर्न आग्रह गरेको छ।

ChatGPTClaudeX (Twitter)LinkedIn
Facebook Comments Box
गुल्मीदरबार गाउँपालिका पूर्ण खोप सुनिश्चितता घाेषणा
पीडामा परेका परिवारसम्म राहत बोकेर पुग्दै लियो डिस्ट्रिक्ट काउन्सिल ३२५ ‘पी’ नेपाल
फेरि पेट्रोलियम पदार्थको मूल्यवृद्धि, ग्याँसमा प्रति सिलिन्डर २१५ ले बढ्यो
बुटवलमा १ सय १ किलो अखाद्य मासु र ४ प्याकेट अखाद्य ससेज जफत
चुन्नप्रसाद पौडेलको प्रतिबद्धता : भूमिहीन समस्या समाधान पहिलो प्राथमिकता
समाचार पढेर तपाईंलाइ कस्तो लाग्यो ?
माया0
दुखि0
खुशी0
निद्रा0
रिस0
ओख्खो0

थप समाचार

दलको मुखपत्र अब डिजिटलतिर : रास्वपाको ‘सूचना बुलेटिन’ले किन जन्मायो बहस ?

सुलभ फार्मेसीबारे ‘भ्रमपूर्ण प्रचार’ भएको भन्दै तिलोत्तमा नगरपालिकाको आपत्ति

७३औँ साधारणसभा र २६औँ अधिवेशनको तयारीमा बुटवल उद्योग वाणिज्य संघ, १० समिति गठन

रसुवा बाढीपीडितका लागि भैरहवामा आपतकालीन रक्तदान, ७० युनिट रगत संकलन

बाढीपीडितको सहयोगमा पाकिस्तानको साथ, नेपाललाई पठायो १०० टन मानवीय सहायता

कांग्रेसभित्र दूरी घटाउने प्रयास : शेखर–गगन भेटमा पार्टी एकता र बाढी प्रभावित क्षेत्रबारे छलफल

जन्मदिनको खुसीलाई सेवामा जोड्दै लियो गोल्डेन जुबली, हिरासतमा रहेका थुनुवालाई आवश्यक सामग्री सहयोग

विपद् समाचारमा संवेदनशील बनौँ : बीभत्स दृश्य र अपुष्ट सूचना नदिन प्रेस काउन्सिलको आग्रह

हाम्रो बारेमा

  • कम्पनि दर्ता नं. : ३२९४७९/०८०/०८१
  • सूचना बिभाग दर्ता नं. :४४५१-२०८०/२०८१
  • प्रेस काउन्सिल सूचीकरण नं. :४४४२-२०८०/०८१
  • बिज्ञापनको लागि : ९८६७२३३०७१

हाम्रो टिम

  • अध्यक्ष / संचालक :सुदीप ज्ञवाली
  • सम्पादक : सुब्रत ज्ञवाली
  • ब्यबस्थापक : इन्द्रमणि ज्ञवाली
  • न्यूज डेस्क : सुदीप ज्ञवाली
  • संवाददाता : सुदीप ज्ञवाली,सुशील खनाल , निरज रानाभाट
  • बजार प्रतिनिधि : सुशील खनाल

सम्पर्क ठेगाना

  • बुटवल–१३, रुपन्देही, नेपाल
  • फोन : ९८६७२३३०७१
  • इमेल :info@gulmibulletin.com
© 2023All Rights Reserved , Site By : Sudeep Gyawali
Welcome Back!

Sign in to your account

Username or Email Address
Password

Lost your password?