By using this site, you agree to the Privacy Policy and Terms of Use.
Accept
गुल्मी बुलेटिन
  • होम पेज
  • समाचार
  • लियाे / लायन्स
  • अर्थतन्त्र
    • बैंकिङ
    • बिज्ञान प्रबिधि
  • जीवनशैली
  • मनोरन्जन
    • चलचित्र
    • धर्म संस्कृति
    • भिडियो
  • राशिफल
  • पुस्तक संसार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • रोचक
  • अन्य
    • बिज्ञान प्रबिधि
    • कृषि
    • फोटो ग्यालरी
    • राशिफल
    • फिचर
  • होम पेज
  • समाचार
  • लियाे / लायन्स
  • अर्थतन्त्र
    • बैंकिङ
    • बिज्ञान प्रबिधि
  • जीवनशैली
  • मनोरन्जन
    • चलचित्र
    • धर्म संस्कृति
    • भिडियो
  • राशिफल
  • पुस्तक संसार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • रोचक
  • अन्य
    • बिज्ञान प्रबिधि
    • कृषि
    • फोटो ग्यालरी
    • राशिफल
    • फिचर
गुल्मी बुलेटिनगुल्मी बुलेटिन
  • समाचार
  • लियाे / लायन्स
  • शिक्षा
  • अर्थतन्त्र
  • मनोरन्जन
  • खेलकुद
  • विचार
  • राजनीति
  • अन्तर्राष्ट्रिय
  • होम पेज
  • समाचार
  • लियाे / लायन्स
  • विजनेस
  • शिक्षा
  • रोजगार
  • राशिफल
Have an existing account? Sign In
Home » बदलिएर आएको काँग्रेस बहुमतसहित पहिलो दल बन्छ : विश्वप्रकाश शर्मा

बदलिएर आएको काँग्रेस बहुमतसहित पहिलो दल बन्छ : विश्वप्रकाश शर्मा

News Desk
News Desk
२०८२ माघ २९, बिहीबार २१:०५

बुटवल :- नेपाली काँग्रेसका उपसभापति विश्वप्रकाश शर्माले बदलिएर आएको काँग्रेस आगामी प्रतिनिधि सभा सदस्य निर्वाचनबाट बहुमतसहित देशकै पहिलो र ठूलो दल बन्ने दाबी गर्नुभएको छ।

काँग्रेस रुपन्देहीले बिहीबार भैरहवामा आयोजना गरेको प्रतिनिधि सभा सदस्य निर्वाचन–२०८२ अन्तर्गत पार्टी सदस्य भेटघाट कार्यक्रममा बोल्दै उपसभापति शर्माले फागुन २१ गते हुने निर्वाचनबाट काँग्रेस पहिलो दलको रूपमा स्थापित हुने बताउनुभयो।देशका विभिन्न स्थानबाट प्राप्त सूचनाका आधारमा काँग्रेस बहुमतको दिशातर्फ अग्रसर रहेको उहाँको भनाइ थियो।

 

‘काँग्रेसले धेरै निर्वाचन जितेको छ, जित्नु हाम्रो लागि नौलो कुरा होइन। हामी कयौँ निर्वाचन हारेका पनि छौँ, हार्नु पनि नौलो होइन। तर यो निर्वाचन विशेष, गहन र गम्भीर छ,’ शर्माले भन्नुभयो।उहाँले विगतका राजनीतिक घटनाक्रमबारे समीक्षा गर्दै मतदातालाई जिम्मेवार निर्णय गर्न आग्रह गर्नुभयो। देशमा निराशा, विश्वासको संकट र युवापुस्ताको असन्तुष्टि बढेको उल्लेख गर्दै उहाँले नयाँ सोच, दृष्टिकोण र नेतृत्वको बदलाव आवश्यक रहेको बताउनुभयो।

‘नयाँ भनेको जन्ममितिले हुँदैन, सोच र दृष्टिकोणले हुन्छ। साँच्चै बदलिएको र नयाँ भएर आएको काँग्रेस नै हो,’ उहाँले दाबी गर्नुभयो।
जेन–जी पुस्ताले परिवर्तन खोजेको उल्लेख गर्दै उहाँले परिवर्तन आफ्नै व्यवहार र नेतृत्वबाट सुरु गर्नुपर्ने धारणा राख्नुभयो।

कार्यक्रममा बोल्दै पूर्व गृहमन्त्री तथा काँग्रेसका पूर्व केन्द्रीय सदस्य बालकृष्ण खाणले मुलुकमा स्थिरता र समृद्धिका लागि काँग्रेसको बहुमत आवश्यक रहेको बताउनुभयो। उहाँले सबै नेता–कार्यकर्तालाई एकताबद्ध भएर उम्मेदवारलाई जिताउन आग्रह गर्नुभयो।गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल काँग्रेस नेतृत्वमा निर्माण भएको उल्लेख गर्दै यसको प्रभावकारी सञ्चालन पनि काँग्रेस नेतृत्वमै सम्भव हुने उहाँको भनाइ थियो।

केन्द्रीय सदस्य तथा लुम्बिनी प्रदेश सभा सदस्य अब्दुल रज्जाकले मुलुकको समस्याको समाधान काँग्रेसबाट मात्रै सम्भव रहेको बताउनुभयो।केन्द्रीय सदस्य तथा रुपन्देही क्षेत्र नं. ५ का उम्मेदवार भरतकुमार शाहले काँग्रेस बदलिएको र अब देशलाई पनि बदल्नुपर्ने आवश्यकता रहेको बताउँदै भ्रष्टाचारमुक्त शासनमा जोड दिनुभयो।

कार्यक्रममा रुपन्देहीका पाँचै निर्वाचन क्षेत्रका उम्मेदवार—क्षेत्र नं. १ का हिराबहादुर खत्री,क्षेत्र नं. २ का चुन्नप्रसाद पौडेल,क्षेत्र नं. ३ का सुशिल गुरुङ,क्षेत्र नं. ४ का आशुतोष मिश्रा,र क्षेत्र नं. ५ का भरतकुमार शाहले पनि सम्बोधन गर्नुभएको थियो।

काँग्रेस लुम्बिनी प्रदेश निर्वाचन परिचालन समिति संयोजक राजु खनालले फागुन २१ को निर्वाचनपछि काँग्रेस नेतृत्वको सरकार बने मात्र युवापुस्ताले उठाएका माग सम्बोधन गर्न सकिने बताउनुभयो।कार्यक्रममा काँग्रेस रुपन्देही जिल्ला सभापति रामकृष्ण खाण, पूर्व केन्द्रीय सदस्य गंगा शाही, सचिव हरि काफ्ले लगायतका नेताहरूको उपस्थिति रहेको थियो।

ChatGPTClaudeX (Twitter)LinkedIn
Facebook Comments Box
नारायणीमा बन्ने सिग्नेचर ब्रिजको सर्भे गर्न पुल महाशाखाको टोली भरतपुरमा
हेटौडामा खुल्यो ‘ हेटौंडा केक जोन ’
चुनावी तापक्रमसँगै एमाले महाधिवेशन: पार्टीभित्र के बदलिँदैछ?
गुणस्तरीय शिक्षाको भरोसा बन्दै नवीन औद्योगिक कदरबहादुर रिता मावि
निर्वाचन बहिष्कार गर्ने नेकपा मशालका कार्यकर्ता बागलुङको जैमिनीबाट पक्राउ
समाचार पढेर तपाईंलाइ कस्तो लाग्यो ?
माया0
दुखि0
खुशी0
निद्रा0
रिस0
ओख्खो0

थप समाचार

दाजु–बहिनीको माया र छोरीको बिदाइ समेटिएको मार्मिक तीज गीत सार्वजनिक

२०८३ श्रावण १०, आईतवार ०८:११

बुटवल लायन्स तथा लियो क्लबबाट सुनवलमा वृक्षारोपण तथा वातावरण संरक्षण कार्यक्रम सम्पन्न

२०८३ श्रावण ९, शनिबार २०:३६

बुटवलमा पहिलो पटक अत्याधुनिक DTF प्रिन्ट सञ्चालनमा

लायन्स क्लब अफ बुटवल सेन्ट्रलको प्रथम बोर्ड तथा जनरल बैठक सम्पन्न

संस्थापक अध्यक्षको जन्मदिनमा लियो क्लब अफ बुटवल गोल्डेन जुब्लीद्वारा रक्तदान

बुटवलमा नक्कली नेपाली नोट छाप्ने गिरोह पक्राउ, ६ लाख २२ हजार रुपैयाँ बराबरका नक्कली नोट बरामद

लायन्स क्लब अफ बुटवल सेन्ट्रलमा नेतृत्व हस्तान्तरण, नयाँ अध्यक्षमा कृष्ण बन्धु अर्याल

२०८३ असार १५, सोमबार २२:५४

यातायात क्षेत्रको एकता र सहकार्यको सन्देश

हाम्रो बारेमा

  • कम्पनि दर्ता नं. : ३२९४७९/०८०/०८१
  • सूचना बिभाग दर्ता नं. :४४५१-२०८०/२०८१
  • प्रेस काउन्सिल सूचीकरण नं. :४४४२-२०८०/०८१
  • बिज्ञापनको लागि : ९८६७२३३०७१

हाम्रो टिम

  • अध्यक्ष / संचालक :सुदीप ज्ञवाली
  • सम्पादक : सुब्रत ज्ञवाली
  • ब्यबस्थापक : इन्द्रमणि ज्ञवाली
  • न्यूज डेस्क : सुदीप ज्ञवाली
  • संवाददाता : सुदीप ज्ञवाली,सुशील खनाल , निरज रानाभाट
  • बजार प्रतिनिधि : सुशील खनाल

सम्पर्क ठेगाना

  • बुटवल–१३, रुपन्देही, नेपाल
  • फोन : ९८६७२३३०७१
  • इमेल :info@gulmibulletin.com
© 2023All Rights Reserved , Site By : Sudeep Gyawali
Welcome Back!

Sign in to your account

Username or Email Address
Password

Lost your password?