By using this site, you agree to the Privacy Policy and Terms of Use.
Accept
गुल्मी बुलेटिन
  • होम पेज
  • समाचार
  • लियाे / लायन्स
  • अर्थतन्त्र
    • बैंकिङ
    • बिज्ञान प्रबिधि
  • जीवनशैली
  • मनोरन्जन
    • चलचित्र
    • धर्म संस्कृति
    • भिडियो
  • राशिफल
  • पुस्तक संसार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • रोचक
  • अन्य
    • बिज्ञान प्रबिधि
    • कृषि
    • फोटो ग्यालरी
    • राशिफल
    • फिचर
  • होम पेज
  • समाचार
  • लियाे / लायन्स
  • अर्थतन्त्र
    • बैंकिङ
    • बिज्ञान प्रबिधि
  • जीवनशैली
  • मनोरन्जन
    • चलचित्र
    • धर्म संस्कृति
    • भिडियो
  • राशिफल
  • पुस्तक संसार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • रोचक
  • अन्य
    • बिज्ञान प्रबिधि
    • कृषि
    • फोटो ग्यालरी
    • राशिफल
    • फिचर
गुल्मी बुलेटिनगुल्मी बुलेटिन
  • समाचार
  • लियाे / लायन्स
  • शिक्षा
  • अर्थतन्त्र
  • मनोरन्जन
  • खेलकुद
  • विचार
  • राजनीति
  • अन्तर्राष्ट्रिय
  • होम पेज
  • समाचार
  • लियाे / लायन्स
  • विजनेस
  • शिक्षा
  • रोजगार
  • राशिफल
Have an existing account? Sign In
Home » रवि लामिछानेको कार्यक्रमबारे नवलपरासी प्रशासनको सचेतना, आचारसंहिता विपरीत गतिविधि नगर्न आग्रह

रवि लामिछानेको कार्यक्रमबारे नवलपरासी प्रशासनको सचेतना, आचारसंहिता विपरीत गतिविधि नगर्न आग्रह

News Desk
News Desk
२०८२ माघ २७, मंगलवार ०८:३५

बुटवल :- नवलपरासी पश्चिम जिल्ला प्रशासन कार्यालयले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने सहभागी हुने भनिएको कार्यक्रमप्रति सचेत गराएको छ। निर्वाचन आचारसंहिता विपरीत गतिविधि हुन सक्ने भन्दै प्रशासनले सावधानी अपनाउन आग्रह गरेको हो।

जिल्ला दौडाहमा रहेका लामिछाने मंगलबार नवलपरासी पश्चिमका विभिन्न स्थानमा आयोजना गरिएका कार्यक्रममा सहभागी हुने समय तय भएको जानकारी प्रशासनले पाएको जनाएको छ। प्रशासनका अनुसार मंगलबार बिहान ८ बजेदेखि दिउँसो १ बजेसम्म नवलपरासी पश्चिमको निर्वाचन क्षेत्र नम्बर १ र २ मा कार्यक्रम आयोजना हुने सूचना प्राप्त भएको थियो।


तर ती कार्यक्रम निर्वाचन आचारसंहिता, २०८२ विपरीत पर्न सक्ने भन्दै जिल्ला प्रशासन कार्यालयले आचारसंहिताविपरीत हुने कुनै पनि गतिविधि नगर्न र नगराउन सम्बन्धित सबैलाई सचेत गराएको छ।

प्रशासनद्वारा जारी सूचनामा भनिएको छ,“प्रतिनिधि सभा सदस्यको आसन्न निर्वाचनलाई स्वतन्त्र, निष्पक्ष, स्वच्छ, पारदर्शी, मितव्ययी तथा भयमुक्त वातावरणमा सम्पन्न गर्न निर्वाचन आयोगद्वारा निर्वाचन आचारसंहिता, २०८२ लागू भई परिपालना सम्बन्धमा मिति २०८२ साल माघ १४ गते सूचना जारी भइसकेको छ।”

सूचनामा थप उल्लेख गरिएको छ कि मिति २०८२ साल माघ २७ गते यस जिल्लामा ‘राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेको जनसम्पर्क तथा घण्टी अभिवादन कार्यक्रम’ रहेको जानकारी प्राप्त भएकाले सो कार्यक्रम सञ्चालन गर्दा निर्वाचन आचारसंहिता आकर्षित हुने गरी कुनै पनि गतिविधि नगर्न नगराउन सम्बन्धित सबैलाई जानकारी गराइएको हो।

प्रशासनको चेतावनीपछि लामिछानेको कार्यक्रम कसरी अघि बढ्छ भन्नेबारे राजनीतिक वृत्तमा चासो बढेको छ।

ChatGPTClaudeX (Twitter)LinkedIn
Facebook Comments Box
कपिलवस्तु–२ मा विकासलाई पहिलो प्राथमिकता : उम्मेदवार सुरेन्द्र राज आचार्य
सामाजिक छवि र उद्योग अनुभव बोकेका चुन्नप्रसाद पौडेल कांग्रेसका उम्मेदवार
विश्व स्वास्थ्य दिवसमा सिद्धार्थ कटेजको सामाजिक पहल : रक्तदान कार्यक्रम सम्पन्न
पाहुना गएको बेला नुहाउने क्रममा नदीमा डुबेर युवकको मृत्यु
बजारमा प्याज भित्रिन छाडेसँगै समितिले दैनिक मूल्य सूचीबाट प्याज हटायो
समाचार पढेर तपाईंलाइ कस्तो लाग्यो ?
माया0
दुखि0
खुशी0
निद्रा0
रिस0
ओख्खो0

थप समाचार

दलको मुखपत्र अब डिजिटलतिर : रास्वपाको ‘सूचना बुलेटिन’ले किन जन्मायो बहस ?

सुलभ फार्मेसीबारे ‘भ्रमपूर्ण प्रचार’ भएको भन्दै तिलोत्तमा नगरपालिकाको आपत्ति

७३औँ साधारणसभा र २६औँ अधिवेशनको तयारीमा बुटवल उद्योग वाणिज्य संघ, १० समिति गठन

रसुवा बाढीपीडितका लागि भैरहवामा आपतकालीन रक्तदान, ७० युनिट रगत संकलन

बाढीपीडितको सहयोगमा पाकिस्तानको साथ, नेपाललाई पठायो १०० टन मानवीय सहायता

कांग्रेसभित्र दूरी घटाउने प्रयास : शेखर–गगन भेटमा पार्टी एकता र बाढी प्रभावित क्षेत्रबारे छलफल

जन्मदिनको खुसीलाई सेवामा जोड्दै लियो गोल्डेन जुबली, हिरासतमा रहेका थुनुवालाई आवश्यक सामग्री सहयोग

विपद् समाचारमा संवेदनशील बनौँ : बीभत्स दृश्य र अपुष्ट सूचना नदिन प्रेस काउन्सिलको आग्रह

हाम्रो बारेमा

  • कम्पनि दर्ता नं. : ३२९४७९/०८०/०८१
  • सूचना बिभाग दर्ता नं. :४४५१-२०८०/२०८१
  • प्रेस काउन्सिल सूचीकरण नं. :४४४२-२०८०/०८१
  • बिज्ञापनको लागि : ९८६७२३३०७१

हाम्रो टिम

  • अध्यक्ष / संचालक :सुदीप ज्ञवाली
  • सम्पादक : सुब्रत ज्ञवाली
  • ब्यबस्थापक : इन्द्रमणि ज्ञवाली
  • न्यूज डेस्क : सुदीप ज्ञवाली
  • संवाददाता : सुदीप ज्ञवाली,सुशील खनाल , निरज रानाभाट
  • बजार प्रतिनिधि : सुशील खनाल

सम्पर्क ठेगाना

  • बुटवल–१३, रुपन्देही, नेपाल
  • फोन : ९८६७२३३०७१
  • इमेल :info@gulmibulletin.com
© 2023All Rights Reserved , Site By : Sudeep Gyawali
Welcome Back!

Sign in to your account

Username or Email Address
Password

Lost your password?