By using this site, you agree to the Privacy Policy and Terms of Use.
Accept
CLICK BULLETIN
  • होम पेज
  • समाचार
  • लियाे / लायन्स
  • अर्थतन्त्र
    • बैंकिङ
    • बिज्ञान प्रबिधि
  • जीवनशैली
  • मनोरन्जन
    • चलचित्र
    • धर्म संस्कृति
    • भिडियो
  • राशिफल
  • पुस्तक संसार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • रोचक
  • अन्य
    • बिज्ञान प्रबिधि
    • कृषि
    • फोटो ग्यालरी
    • राशिफल
    • फिचर
  • होम पेज
  • समाचार
  • लियाे / लायन्स
  • अर्थतन्त्र
    • बैंकिङ
    • बिज्ञान प्रबिधि
  • जीवनशैली
  • मनोरन्जन
    • चलचित्र
    • धर्म संस्कृति
    • भिडियो
  • राशिफल
  • पुस्तक संसार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • रोचक
  • अन्य
    • बिज्ञान प्रबिधि
    • कृषि
    • फोटो ग्यालरी
    • राशिफल
    • फिचर
CLICK BULLETINCLICK BULLETIN
  • समाचार
  • लियाे / लायन्स
  • शिक्षा
  • अर्थतन्त्र
  • मनोरन्जन
  • खेलकुद
  • विचार
  • राजनीति
  • अन्तर्राष्ट्रिय
  • होम पेज
  • समाचार
  • लियाे / लायन्स
  • विजनेस
  • शिक्षा
  • रोजगार
  • राशिफल
Have an existing account? Sign In
Home » बुटवलमा प्रारम्भिक कक्षाका शिक्षक–शिक्षिकालाई लक्षित अटिजमसम्बन्धी अभिमुखीकरण कार्यक्रम सम्पन्न

बुटवलमा प्रारम्भिक कक्षाका शिक्षक–शिक्षिकालाई लक्षित अटिजमसम्बन्धी अभिमुखीकरण कार्यक्रम सम्पन्न

News Desk
News Desk
२०८२ माघ १८, आईतवार २०:२८

बुटवल :- बालबालिकामा देखिने अटिजमसम्बन्धी समस्याबारे प्रारम्भिक कक्षाका शिक्षक–शिक्षिका तथा अभिभावकलाई जानकारी गराउने उद्देश्यले बुटवलमा अभिमुखीकरण कार्यक्रम सम्पन्न भएको छ।

पहिलो पाइला नेपाल, बुटवल शाखाको आयोजनामा शनिबार (२०८२ माघ १७ गते) श्रवण हेयरिङ एण्ड चाइल्ड केयर सेन्टरको प्राङ्गणमा उक्त कार्यक्रम आयोजना गरिएको हो। कार्यक्रममा बुटवल तथा आसपास क्षेत्रका करिब ४० भन्दा बढी विद्यालयका प्रारम्भिक कक्षामा अध्यापन गराउने शिक्षक–शिक्षिकाको उल्लेखनीय सहभागिता रहेको थियो।

कार्यक्रमका प्रमुख अतिथि टीकाराम न्यौपाने रहनुभएको थियो भने संस्थाका सह–सचिव प्रकाश पोख्रेलले स्वागत मन्तव्य व्यक्त गर्नुभएको थियो। कार्यक्रमको अध्यक्षता संस्थाका कार्यबाहक अध्यक्ष गौरव खनालले गर्नुभएको थियो। कार्यक्रम संयोजक तथा सञ्चालनको जिम्मेवारी संस्थाका सचिव रुद्र खनालले सम्हाल्नुभएको थियो।

कार्यक्रममा वरिष्ठ अडियोलोजिस्ट तथा स्पिच ल्याङ्ग्वेज प्याथोलोजिस्ट बिद्वान भुसाल, वरिष्ठ अप्टोमेट्रिस्ट सन्तोष क्षेत्री तथा फिजियोथेरापिस्ट रक्षा रेग्मीले सहजीकरण गर्नुभएको थियो।

विशेषज्ञहरूले अटिजम भएका बालबालिकामा देखिने प्रारम्भिक लक्षण, कक्षाकोठामा देखिने व्यवहार, पहिचानका उपाय तथा आवश्यक उपचार र सहयोगका विषयमा व्यवहारिक प्रस्तुतीकरण गर्नुभएको थियो।

श्रवण हेयरिङ एण्ड चाइल्ड केयर सेन्टर प्रा.लि.को सहकार्यमा सम्पन्न उक्त कार्यक्रममा सहभागी शिक्षक–शिक्षिकाहरूले यस्ता अभिमुखीकरण कार्यक्रमले प्रारम्भिक तहमा नै बालबालिकाको समस्या पहिचान गर्न सहज हुने प्रतिक्रिया दिएका थिए।

आयोजक संस्था पहिलो पाइला नेपाल, बुटवल शाखाले आगामी दिनमा पनि शिक्षा तथा बालबालिका केन्द्रित सचेतनामूलक कार्यक्रमलाई निरन्तरता दिने जनाएको छ।

Facebook Comments Box
Total Views: 0
स्थानीय विकास र सेवा प्रवाह — जिम्मेवारीको नयाँ धार
बडिगाड सई हत्या प्रकरण थप एक जना पक्राउ
रुपन्देही–२ मा रास्वपाका शुलभ खरेलको फराकिलो अग्रता
सामाजिक सुरक्षा कोषमा झन्डै १ खर्ब ३० अर्ब रुपैयाँ सङ्कलन
बुटवलमा माओवादी मसाल जुलुस नियन्त्रणमा, तीन पक्राउ
समाचार पढेर तपाईंलाइ कस्तो लाग्यो ?
माया0
दुखि0
खुशी0
निद्रा0
रिस0
ओख्खो0

थप समाचार

मानव अधिकार तथा शान्ति समाज रुपन्देहीको सभापतिमा पत्रकार कपिल ज्ञवाली निर्वाचित

२०८३ कार्तिक २९, आईतवार २३:५६

शिवपुर माविका पूर्व प्रधानाध्यापक एवं शिक्षक केशव भण्डारीको निधन

२०८३ कार्तिक २९, आईतवार १७:०३

रोयल्टीमा कस्तुप पन्तको दबदबा, पाए सर्वाधिक ४ लाख रुपैयाँ

प्रयोगकर्ताको अनुमतिबिना फोटो ग्यालरीमा पहुँच गरेको भन्दै फेसबुकलाई इटालीले १ खर्ब ३३ अर्ब रुपैयाँ जरिबाना

भृकुटीमण्डपमा मंसिर ४ देखि अन्तर्राष्ट्रिय कृषि यान्त्रिकीकरण प्रदर्शनी, प्रवेश निःशुल्क

१३ वर्षीय विश्वको बाँसुरीको धुनले जित्दैछ सबैको मन

सामाजिक सुरक्षा कोषमा झन्डै १ खर्ब ३० अर्ब रुपैयाँ सङ्कलन

संस्कृति संरक्षणसँगै सामाजिक सेवामा रुद्रगणको देउसी अभियान

हाम्रो बारेमा

  • कम्पनि दर्ता नं. : ३२९४७९/०८०/०८१
  • सूचना बिभाग दर्ता नं. :४४५१-२०८०/२०८१
  • प्रेस काउन्सिल सूचीकरण नं. :४४४२-२०८०/०८१
  • बिज्ञापनको लागि : ९८६७२३३०७१

हाम्रो टिम

  • अध्यक्ष / संचालक :सुदीप ज्ञवाली
  • सम्पादक : सुब्रत ज्ञवाली
  • ब्यबस्थापक : इन्द्रमणि ज्ञवाली
  • न्यूज डेस्क : सुदीप ज्ञवाली
  • संवाददाता : सुदीप ज्ञवाली,सुशील खनाल , निरज रानाभाट
  • बजार प्रतिनिधि : सुशील खनाल

सम्पर्क ठेगाना

  • बुटवल–१३, रुपन्देही, नेपाल
  • फोन : ९८६७२३३०७१
  • इमेल :info@gulmibulletin.com
© 2023All Rights Reserved , Site By : Sudeep Gyawali
Welcome Back!

Sign in to your account

Username or Email Address
Password

Lost your password?