By using this site, you agree to the Privacy Policy and Terms of Use.
Accept
गुल्मी बुलेटिन
  • होम पेज
  • समाचार
  • लियाे / लायन्स
  • अर्थतन्त्र
    • बैंकिङ
    • बिज्ञान प्रबिधि
  • जीवनशैली
  • मनोरन्जन
    • चलचित्र
    • धर्म संस्कृति
    • भिडियो
  • राशिफल
  • पुस्तक संसार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • रोचक
  • अन्य
    • बिज्ञान प्रबिधि
    • कृषि
    • फोटो ग्यालरी
    • राशिफल
    • फिचर
  • होम पेज
  • समाचार
  • लियाे / लायन्स
  • अर्थतन्त्र
    • बैंकिङ
    • बिज्ञान प्रबिधि
  • जीवनशैली
  • मनोरन्जन
    • चलचित्र
    • धर्म संस्कृति
    • भिडियो
  • राशिफल
  • पुस्तक संसार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • रोचक
  • अन्य
    • बिज्ञान प्रबिधि
    • कृषि
    • फोटो ग्यालरी
    • राशिफल
    • फिचर
गुल्मी बुलेटिनगुल्मी बुलेटिन
  • समाचार
  • लियाे / लायन्स
  • शिक्षा
  • अर्थतन्त्र
  • मनोरन्जन
  • खेलकुद
  • विचार
  • राजनीति
  • अन्तर्राष्ट्रिय
  • होम पेज
  • समाचार
  • लियाे / लायन्स
  • विजनेस
  • शिक्षा
  • रोजगार
  • राशिफल
Have an existing account? Sign In
Home » बुटवलमा नेपालमै पहिलोपटक सिनेमाटोग्राफी र भिडियो एडिटिङ विशेष तालिम हुँदै

बुटवलमा नेपालमै पहिलोपटक सिनेमाटोग्राफी र भिडियो एडिटिङ विशेष तालिम हुँदै

News Desk
News Desk
२०८२ पुष ११, शुक्रबार २१:०८

बुटवल :- लुम्बिनी फोटोग्राफर सङ्घको आयोजनामा रुपन्देहीको बुटवलमा नेपालमै पहिलो पटक सिनेमाटोग्राफी तथा भिडियो एडिटिङसम्बन्धी विशेष तालिम आयोजना हुने भएको छ।

यही पुस २५, २६ र २७ गते बुटवलको सिद्धार्थ कटेजमा तीन दिने तालिम सञ्चालन हुने लुम्बिनी फोटोग्राफर सङ्घका अध्यक्ष दिनेश अर्यालले जानकारी दिनुभयो। संघले यसअघि एआई (कृत्रिम बुद्धिमत्ता) सम्बन्धी तालिम सञ्चालन गरिसकेको र फोटोग्राफी तथा भिडियोग्राफीको गुणस्तर थप उकास्ने उद्देश्यले यो नयाँ कार्यक्रम ल्याइएको बताइएको छ।

लुम्बिनी फोटोग्राफर सङ्घका कार्यसमिति सदस्य तथा कार्यक्रम संयोजक दीपक भट्टराईका अनुसार, फोटोग्राफी पेशामा संलग्न व्यक्तिहरूको हित र सीप अभिवृद्धिका लागि नेपालमै पहिलो पटक अन्तर्राष्ट्रिय स्तरको सिनेमाटोग्राफी तथा भिडियो एडिटिङ तालिम आयोजना गर्न लागिएको हो।

तीन दिने तालिममा भारतको चर्चित संस्था ग्रे इन्डियाका प्रमुख साजन मदानले प्रशिक्षण दिनेछन्। नेपालमा यस किसिमको तालिम अहिलेसम्म नहुनुका साथै यो पहिलो अन्तर्राष्ट्रियस्तरको कार्यक्रम भएकाले सहभागी भएर भरपुर फाइदा लिन लुम्बिनी फोटोग्राफर सङ्घका महासचिव त्रिभुवन पाण्डेले आग्रह गर्नुभएको छ।

तालिममा सिनेमाटोग्राफी के हो ?, भिडियो एडिटिङ के हो ?, गिम्बल सेटिङ तथा सञ्चालन, ब्रेकडाउन, प्रि–वेडिङ तथा वेडिङ सिनेमाटिक सुटिङका तरिका, भिडियो एडिटिङ अभ्यास तथा प्रश्नोत्तर सत्र समावेश गरिनेछ।

कार्यक्रममा सहभागी संख्या सीमित रहने भएकाले इच्छुक व्यक्तिहरूलाई समयमै आवेदन दिन आयोजकले अनुरोध गरेको छ। फोटोग्राफी तथा भिडियो निर्माण क्षेत्रमा क्रियाशील युवाहरूका लागि यो तालिम ज्ञान, सीप र अनुभव आदान–प्रदान गर्ने महत्वपूर्ण अवसर हुने अपेक्षा आयोजकको छ।

ChatGPTClaudeX (Twitter)LinkedIn
Facebook Comments Box
नागरिकमैत्री सेवा हाम्रो प्राथमिकता : कृष्ण साही ठकुरी
जेनजी आन्दोलनबारे जाँच आयोगको प्रतिवेदन प्रधानमन्त्री कार्कीलाई बुझाइयो
नारायणघाट–बुटवल सडकमा राति ठूला सवारीमा रोक, तीन दिनसम्म लागू
म फूलहरूको बीचमा’ गीत सार्वजनिक, ९ वर्षीया गायिका दर्पण उपाध्यायको स्वर
बुटवलबाट बेपत्ता अर्घाखाँचीका ९२ वर्षीय वृद्ध कालीगण्डकीमा मृत फेला
समाचार पढेर तपाईंलाइ कस्तो लाग्यो ?
माया0
दुखि0
खुशी0
निद्रा0
रिस0
ओख्खो0

थप समाचार

दाजु–बहिनीको माया र छोरीको बिदाइ समेटिएको मार्मिक तीज गीत सार्वजनिक

२०८३ श्रावण १०, आईतवार ०८:११

बुटवल लायन्स तथा लियो क्लबबाट सुनवलमा वृक्षारोपण तथा वातावरण संरक्षण कार्यक्रम सम्पन्न

२०८३ श्रावण ९, शनिबार २०:३६

बुटवलमा पहिलो पटक अत्याधुनिक DTF प्रिन्ट सञ्चालनमा

लायन्स क्लब अफ बुटवल सेन्ट्रलको प्रथम बोर्ड तथा जनरल बैठक सम्पन्न

संस्थापक अध्यक्षको जन्मदिनमा लियो क्लब अफ बुटवल गोल्डेन जुब्लीद्वारा रक्तदान

बुटवलमा नक्कली नेपाली नोट छाप्ने गिरोह पक्राउ, ६ लाख २२ हजार रुपैयाँ बराबरका नक्कली नोट बरामद

लायन्स क्लब अफ बुटवल सेन्ट्रलमा नेतृत्व हस्तान्तरण, नयाँ अध्यक्षमा कृष्ण बन्धु अर्याल

२०८३ असार १५, सोमबार २२:५४

यातायात क्षेत्रको एकता र सहकार्यको सन्देश

हाम्रो बारेमा

  • कम्पनि दर्ता नं. : ३२९४७९/०८०/०८१
  • सूचना बिभाग दर्ता नं. :४४५१-२०८०/२०८१
  • प्रेस काउन्सिल सूचीकरण नं. :४४४२-२०८०/०८१
  • बिज्ञापनको लागि : ९८६७२३३०७१

हाम्रो टिम

  • अध्यक्ष / संचालक :सुदीप ज्ञवाली
  • सम्पादक : सुब्रत ज्ञवाली
  • ब्यबस्थापक : इन्द्रमणि ज्ञवाली
  • न्यूज डेस्क : सुदीप ज्ञवाली
  • संवाददाता : सुदीप ज्ञवाली,सुशील खनाल , निरज रानाभाट
  • बजार प्रतिनिधि : सुशील खनाल

सम्पर्क ठेगाना

  • बुटवल–१३, रुपन्देही, नेपाल
  • फोन : ९८६७२३३०७१
  • इमेल :info@gulmibulletin.com
© 2023All Rights Reserved , Site By : Sudeep Gyawali
Welcome Back!

Sign in to your account

Username or Email Address
Password

Lost your password?