By using this site, you agree to the Privacy Policy and Terms of Use.
Accept
गुल्मी बुलेटिन
  • होम पेज
  • समाचार
  • लियाे / लायन्स
  • अर्थतन्त्र
    • बैंकिङ
    • बिज्ञान प्रबिधि
  • जीवनशैली
  • मनोरन्जन
    • चलचित्र
    • धर्म संस्कृति
    • भिडियो
  • राशिफल
  • पुस्तक संसार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • रोचक
  • अन्य
    • बिज्ञान प्रबिधि
    • कृषि
    • फोटो ग्यालरी
    • राशिफल
    • फिचर
  • होम पेज
  • समाचार
  • लियाे / लायन्स
  • अर्थतन्त्र
    • बैंकिङ
    • बिज्ञान प्रबिधि
  • जीवनशैली
  • मनोरन्जन
    • चलचित्र
    • धर्म संस्कृति
    • भिडियो
  • राशिफल
  • पुस्तक संसार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • रोचक
  • अन्य
    • बिज्ञान प्रबिधि
    • कृषि
    • फोटो ग्यालरी
    • राशिफल
    • फिचर
गुल्मी बुलेटिनगुल्मी बुलेटिन
  • समाचार
  • लियाे / लायन्स
  • शिक्षा
  • अर्थतन्त्र
  • मनोरन्जन
  • खेलकुद
  • विचार
  • राजनीति
  • अन्तर्राष्ट्रिय
  • होम पेज
  • समाचार
  • लियाे / लायन्स
  • विजनेस
  • शिक्षा
  • रोजगार
  • राशिफल
Have an existing account? Sign In
Home » विश्वकप क्रिकेट : भारतसँग पहिलो जितको खोजीमा पाकिस्तान

विश्वकप क्रिकेट : भारतसँग पहिलो जितको खोजीमा पाकिस्तान

News Desk
News Desk
२०८० आश्विन २७, शनिबार ०८:५६

गुल्मी :-विश्व क्रिकेट इतिहासमा भारत र पाकिस्तानबिचको खेल सर्वाधिक चासोका बिच हेरिने खेल हो । विश्वकप क्रिकेटमा यिनै दुइ देश आज (शनिबार) आमने सामने हुँदैछन् ।

अहमदावाद स्थित नरेन्द्र मोदी स्टेडियममा क्रिकेटका हस्ती देशहरु भिड्दैछन् । बहुप्रतिक्षित भारत–पाकिस्तान खेल नेपाली समय अनुसार सवा २ बजे सुरु हुँदैछ । विश्वकप क्रिकेटको विगतलाइ हेर्दा अहिलेसम्म भारत र पाकिस्तान कुल ७ पटक आमने सामने भएका छन् जसमा सबै खेल भारतले आफ्नो पक्षमा पारेको छ ।

विश्वकपमा भारत र पाकिस्तान पहिलो पटक १९९२ मा अष्ट्रेलियामा भिडेका थिए । जसमा भारतले ४३ रनको जित हात पारेको थियो । १९९६ मा ३९ रन, १९९९ मा ४७ रन, २००३ मा ६ विकेट, २०११ मा २९, २०१५ मा ७६ र २०१९ मा ८९ रनले भारतले पाकिस्तानलाई पराजित गरेको छ । जारी विश्वकपमा भारत र पाकिस्तान दुबै देशले २—२ खेल खेलिसकेका छन र दुबैले शत प्रतिशत जित निकालेका छन् ।

हालसम्मको अँक तालिका अनुसार दुवै देशको ४—४ अंक रहेको छ भने नेट रन रेट भारतको १.५ र पाकिस्तानको ०.९२७ रहेको छ । भारत अंक तालिकाको तेश्रो र पाकिस्तान चौथो स्थानमा रहेका छन् । एकदिवसीय क्रिकेटको शीर्षस्थानमा भारत र दोश्रो स्थानमा पाकिस्तान रहेका छन् । यस्तै ब्याटिङ शीर्षस्थानमा पाकिस्तानका बाबर आजम रहेका छन् भने दोश्रोमा भारतका शुभमन गिल रहेका छन् ।

बलिङतर्फ भारतका मोहम्मद सिराज दोश्रो स्थानमा रहिरहँदा कुनै पनि पाकिस्तानी खेलाडी शीर्ष दशमा अटाउन सकेका छैनन् । समग्रमा भारत र पाकिस्तानविच अहिलेसम्म १ सय ३४ एकदिवसीय खेल सम्पन्न भएका छन । समग्र एक दिवसीय खेलमा भारतमाथि पाकिस्तान हावी भएको छ । पाकिस्तानले ७३ जित निकालेको छ भने भारतले ५६ खेल आफ्नो पक्षमा पारेको छ । ५ खेल अनिर्णित रहेका छन् ।

घरेलु मैदानमा भएका खेलमा भारतले धेरै खेलमा जित हात पारेको छ । भारतले १४ खेल आफ्नो पक्षमा पारिरहँदा पाकिस्तानले भने ११ खेल मात्रै जित्न सकेको छ । शनिबारको खेल भारतको आफ्नो गृह मैदानमा हुँदैछ । न्युट्रल भेन्यु अर्थात अन्य देशका मैदानमा भएका कुल ७४ खेल मध्ये पाकिस्तानले ४० र भारतले ३४ खेलमा जित निकालेका छन् ।

समग्र खेलमा भारत भन्दा पाकिस्तानले धेरै खेलमा सफलता हात पारे पनि विश्वकपको यात्रा भने पाकिस्तानको लागि निकै दुखद रहेको छ, उसले हालसम्म एक खेल पनि भारत विरुद्ध जित निकाल्न सकेको छैन । जारी विश्वकपमा लयमा रहेका भारतीय खेलाडीहरुमा रोहित शर्मा, के एल राहुल, विराट कोहली रहेका छन् । पाकिस्तानका रिजवान सर्वाधिक रन बनाउने खेलाडीको तेश्रो स्थानमा रहेका छन्, शीर्ष दशमा अहिलेसम्म भारतीय खेलाडी अटाउन सकेका छैनन् ।

यस्तै सर्वाधिक विकेट लिने खेलाडीहरुमा भारतका जसप्रित बुमराह र पाकिस्तानका हसन अलिले समान ६—६ विकेट लिँदै तेश्रो र चौथो स्थानमा रहेका छन् भने पाकिस्तानका ह्यारिस रउफ ५ विकेट लिँदै सातौँ स्थानमा रहेका छन् । भारतीय ओपनर शुभमन गिलको अनुपस्थितिले भारतीय टोली केही दवावमा रहेको छ । विश्व वरियतामा लामो समय शीर्षस्थानमा रहेका बाबर आजमको फितलो प्रदर्शनले पाकिस्तानी टोलीको पनि चिन्ता बढेको छ ।

ChatGPTClaudeX (Twitter)LinkedIn
Facebook Comments Box
तिलोत्तमामा सातौँ रनिङ सिल प्रतियोगिता : खेल भावना, उत्साह र प्रतिस्पर्धाले रंगिएको मैदान
टिकटकद्धारा नेपाल दुर सञ्चार प्राधिकरणलाई ७ बुँदे पत्र
विच्चलित परिवारलाई गुल्मी चारपाला रुपन्देही संस्थाकाे माध्यमबाट स्नेहा खत्रीले गरिन सहयाेग हस्तान्तरण
अबको प्रधानमन्त्री गगन थापा हुन् : कांग्रेस उम्मेदवारहरूको दाबी
नेपाल कृषि मेशिनरी व्यवसायी संघले ‘ कृषि मेशिनरी, प्रविधि उद्योग व्यवसाय विस्तार कार्यक्रम २०८० ’ कार्यक्रम सातै प्रदेशमा गर्दै
समाचार पढेर तपाईंलाइ कस्तो लाग्यो ?
माया0
दुखि0
खुशी0
निद्रा0
रिस0
ओख्खो0

थप समाचार

दाजु–बहिनीको माया र छोरीको बिदाइ समेटिएको मार्मिक तीज गीत सार्वजनिक

२०८३ श्रावण १०, आईतवार ०८:११

बुटवल लायन्स तथा लियो क्लबबाट सुनवलमा वृक्षारोपण तथा वातावरण संरक्षण कार्यक्रम सम्पन्न

२०८३ श्रावण ९, शनिबार २०:३६

बुटवलमा पहिलो पटक अत्याधुनिक DTF प्रिन्ट सञ्चालनमा

लायन्स क्लब अफ बुटवल सेन्ट्रलको प्रथम बोर्ड तथा जनरल बैठक सम्पन्न

संस्थापक अध्यक्षको जन्मदिनमा लियो क्लब अफ बुटवल गोल्डेन जुब्लीद्वारा रक्तदान

बुटवलमा नक्कली नेपाली नोट छाप्ने गिरोह पक्राउ, ६ लाख २२ हजार रुपैयाँ बराबरका नक्कली नोट बरामद

लायन्स क्लब अफ बुटवल सेन्ट्रलमा नेतृत्व हस्तान्तरण, नयाँ अध्यक्षमा कृष्ण बन्धु अर्याल

२०८३ असार १५, सोमबार २२:५४

यातायात क्षेत्रको एकता र सहकार्यको सन्देश

हाम्रो बारेमा

  • कम्पनि दर्ता नं. : ३२९४७९/०८०/०८१
  • सूचना बिभाग दर्ता नं. :४४५१-२०८०/२०८१
  • प्रेस काउन्सिल सूचीकरण नं. :४४४२-२०८०/०८१
  • बिज्ञापनको लागि : ९८६७२३३०७१

हाम्रो टिम

  • अध्यक्ष / संचालक :सुदीप ज्ञवाली
  • सम्पादक : सुब्रत ज्ञवाली
  • ब्यबस्थापक : इन्द्रमणि ज्ञवाली
  • न्यूज डेस्क : सुदीप ज्ञवाली
  • संवाददाता : सुदीप ज्ञवाली,सुशील खनाल , निरज रानाभाट
  • बजार प्रतिनिधि : सुशील खनाल

सम्पर्क ठेगाना

  • बुटवल–१३, रुपन्देही, नेपाल
  • फोन : ९८६७२३३०७१
  • इमेल :info@gulmibulletin.com
© 2023All Rights Reserved , Site By : Sudeep Gyawali
Welcome Back!

Sign in to your account

Username or Email Address
Password

Lost your password?