By using this site, you agree to the Privacy Policy and Terms of Use.
Accept
गुल्मी बुलेटिन
  • होम पेज
  • समाचार
  • लियाे / लायन्स
  • अर्थतन्त्र
    • बैंकिङ
    • बिज्ञान प्रबिधि
  • जीवनशैली
  • मनोरन्जन
    • चलचित्र
    • धर्म संस्कृति
    • भिडियो
  • राशिफल
  • पुस्तक संसार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • रोचक
  • अन्य
    • बिज्ञान प्रबिधि
    • कृषि
    • फोटो ग्यालरी
    • राशिफल
    • फिचर
  • होम पेज
  • समाचार
  • लियाे / लायन्स
  • अर्थतन्त्र
    • बैंकिङ
    • बिज्ञान प्रबिधि
  • जीवनशैली
  • मनोरन्जन
    • चलचित्र
    • धर्म संस्कृति
    • भिडियो
  • राशिफल
  • पुस्तक संसार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • रोचक
  • अन्य
    • बिज्ञान प्रबिधि
    • कृषि
    • फोटो ग्यालरी
    • राशिफल
    • फिचर
गुल्मी बुलेटिनगुल्मी बुलेटिन
  • समाचार
  • लियाे / लायन्स
  • शिक्षा
  • अर्थतन्त्र
  • मनोरन्जन
  • खेलकुद
  • विचार
  • राजनीति
  • अन्तर्राष्ट्रिय
  • होम पेज
  • समाचार
  • लियाे / लायन्स
  • विजनेस
  • शिक्षा
  • रोजगार
  • राशिफल
Have an existing account? Sign In
Home » मुसिकोट नगरपालिकाले भूमिहीन र अव्यवस्थित बसोबासीलाई निस्सा वितरण थाल्यो

मुसिकोट नगरपालिकाले भूमिहीन र अव्यवस्थित बसोबासीलाई निस्सा वितरण थाल्यो

News Desk
News Desk
२०७९ माघ १९, बिहीबार २१:२२

गुल्मी । गुल्मीको मुसिकोट नगरपालिकाले नगर भित्र रहेका भूमिहीन दलित, भुमिहीन सुकुम्बासी र अव्यवस्थित बसोबासीहरुलाई निस्सा वितरणको काम सुरु गरेको छ । नगरपालिकाका ४ वटा वडाबाट निस्सा वितरणको काम सुरु भएको हो ।

पहिलो चरणमा वडा नं १,२, ३ र ४ का १ सय २६ जना भूमिहीन दलित, भूमिहीन सुकुम्वासी तथा अव्यवस्थित बसोबासीले निस्सा पाएका मुसिकोट नगरपालिकाले जनाएको छ ।

राष्ट्रिय भूमि आयोग गुल्मीका अध्यक्ष राम मल्ल ठकुरी, मुसिकोट नगरपालिकाका नगरप्रमुख जीवन खरेल, उपप्रमुख गगां श्रेष्ठ र प्रमुख प्रशाशकीय अधिकृत बिनाद कुँवरले उनीहरुलाई निस्सा वितरण गर्दै छिट्टै जग्गाको टुंगो लाग्ने बताउनुभयो ।

भुमि आयोग गुल्मीका अनुसार मुसिकोट नगरपालिकामा ४५ भूमिहिन दलित, १९ जना भुमिहिन सुकुम्बासी र १७३ अव्यवस्थित बसोबासी रहेका छन् । ४ वटा वडाको काम जिल्ला मालपोत कार्यालय गुल्मी मार्फत हुने र बाँकी ४ देखि ९ नं वडासम्मको काम मालपोत कार्यालय मजुवा मार्फत हुने भएकाले बाँकी रहेका वडाको निस्सा वितरण पनि केही दिनमा हुने भूमि आयोग गुल्मीका विज्ञ सदस्य तिलाचन पाण्डेले जानकारी दिनुभयो ।

भूमि आयोग गुल्मीका अध्यक्ष ठकुरीले गुल्मी जिल्लाका १२ स्थानीय तह मध्ये मुसिकोट नगरपालिका निस्सा वितरण गर्ने दोश्रो पालिका बनेको बताउनुभयो । ‘यो जग्गा प्राप्ती होइन । जग्गा नाप्ने बेलामा यही निस्सा देखाउनुपर्छ,’ ठकुरीले भन्नुभयो, ‘निस्सा पाएपछि तपाईंहरुको एउटा चरण पूरा भयो । अब थप अनुगमन गरेर जग्गा वितरणका लागि प्रक्रिया अघि बढ्छ ।’ साथै विभिन्न कागजपत्र र तीनपुस्ते विवरण भर्न छुट भई निस्सा नपाएका लाभग्राहीहरुलाई पनि प्रक्रिया पुरा गरेर निस्सा वितरण गरिने उहाँको भनाई छ ।

मुसिकोट नगरपालिकाका नगरप्रमुख जीवन खरेलले विभिन्न कारणले सुकुम्वासी बनेका नागरिकहरूलाई जमिनको मालिक बनाउने कामका लागि आफुहरु खटिएको बताउनुभयो । नगरप्रमुख खरेलले निस्सा वितरणकै आधारमा अब जग्गाको नापजाँच प्रक्रिया अगाडि बढ्ने र सोही बमोजिम लालपुर्जा पाउने बताउनुभयो । उहाँले अहिले निस्सा नपाएका नागरिकहरुलाई पनि नआत्तिन आग्रह गर्दै सबैको प्रक्रियागत हिसाबले काम हुने जानकारी दिनुभयो ।

जग्गाको निस्सा पाएपछि मुसिकोट नगरपालिका वडा नं १ का लाभग्राही हरिलाल सार्कीले बर्षौँदेखि अलपत्र अवस्थामा रहेका आफुहरुलाई नगरपालिकाले जग्गाको प्रमाण स्वरुप निस्सा वितरण गर्दा खुसी लागेको बताए । “१० वर्षदेखि बस्दै आएको जग्गालाई आफ्नो भन्न सकेको थिईन, उनले भने अब लालपुर्जा पनि पाउने कुराले खुसी छु, नगरसरकारलाई धन्यवाद सार्कीले भने ।

गुल्मी जिल्लामा यस अगाडी रुरु क्षेत्र गाउँपालिकाले निस्सा वितरणको काम सम्पन्न गरेको छ । जिल्लाका १२ स्थानीय तहमा २८५ जना भूमिहीन दलित, २३६ जना भूमिहीन सुकुम्बासी र १ हजार ६२६ जना गरी कूल २ हजार १४७ जनाको तथ्यांक रहेको राष्ट्रिय भूमी आयोग गुल्मीले जनाएको छ ।

ChatGPTClaudeX (Twitter)LinkedIn
Facebook Comments Box
पेट्रोलियम पदार्थको वितरण सहज बनाउन सरकारलाई मानव अधिकार आयोगको निर्देशन
टिकटक आजैदेखि बन्द हुन्छ :गृहमन्त्री
गुल्मी धुर्कोटका बासु घिमिरे भारतको नयाँ दिल्लीबाट बेपत्ता ,खोजी गरिदिन परिवारजनको अपील
प्रिन्ट हब किङ्स प्लेअफमा पुग्ने पहिलो टोली, एसजीए माभेरिक्समाथि ८ विकेटको शानदार जित
काठमाडौं–झापा उड्न हेलिकोप्टर अनुमति लिएका बालेन बीचबाटै फर्किए
समाचार पढेर तपाईंलाइ कस्तो लाग्यो ?
माया0
दुखि0
खुशी0
निद्रा0
रिस0
ओख्खो0

थप समाचार

दाजु–बहिनीको माया र छोरीको बिदाइ समेटिएको मार्मिक तीज गीत सार्वजनिक

२०८३ श्रावण १०, आईतवार ०८:११

बुटवल लायन्स तथा लियो क्लबबाट सुनवलमा वृक्षारोपण तथा वातावरण संरक्षण कार्यक्रम सम्पन्न

२०८३ श्रावण ९, शनिबार २०:३६

बुटवलमा पहिलो पटक अत्याधुनिक DTF प्रिन्ट सञ्चालनमा

लायन्स क्लब अफ बुटवल सेन्ट्रलको प्रथम बोर्ड तथा जनरल बैठक सम्पन्न

संस्थापक अध्यक्षको जन्मदिनमा लियो क्लब अफ बुटवल गोल्डेन जुब्लीद्वारा रक्तदान

बुटवलमा नक्कली नेपाली नोट छाप्ने गिरोह पक्राउ, ६ लाख २२ हजार रुपैयाँ बराबरका नक्कली नोट बरामद

लायन्स क्लब अफ बुटवल सेन्ट्रलमा नेतृत्व हस्तान्तरण, नयाँ अध्यक्षमा कृष्ण बन्धु अर्याल

२०८३ असार १५, सोमबार २२:५४

यातायात क्षेत्रको एकता र सहकार्यको सन्देश

हाम्रो बारेमा

  • कम्पनि दर्ता नं. : ३२९४७९/०८०/०८१
  • सूचना बिभाग दर्ता नं. :४४५१-२०८०/२०८१
  • प्रेस काउन्सिल सूचीकरण नं. :४४४२-२०८०/०८१
  • बिज्ञापनको लागि : ९८६७२३३०७१

हाम्रो टिम

  • अध्यक्ष / संचालक :सुदीप ज्ञवाली
  • सम्पादक : सुब्रत ज्ञवाली
  • ब्यबस्थापक : इन्द्रमणि ज्ञवाली
  • न्यूज डेस्क : सुदीप ज्ञवाली
  • संवाददाता : सुदीप ज्ञवाली,सुशील खनाल , निरज रानाभाट
  • बजार प्रतिनिधि : सुशील खनाल

सम्पर्क ठेगाना

  • बुटवल–१३, रुपन्देही, नेपाल
  • फोन : ९८६७२३३०७१
  • इमेल :info@gulmibulletin.com
© 2023All Rights Reserved , Site By : Sudeep Gyawali
Welcome Back!

Sign in to your account

Username or Email Address
Password

Lost your password?