काठमाडौं : नेपाली लोकसंगीतमा नयाँ प्रयोग गर्ने प्रयाससहित गायक सन्तोष खत्रीको नयाँ गीत ‘पोखरा जाम्ला मायालु’ सार्वजनिक भएको छ। लोकसंगीतलाई आधुनिक पप शैलीसँग जोड्ने प्रयास गरिएको गीतमा खत्री स्वयंको स्वर, शब्द र संगीत रहेको छ।

प्रेम र पोखराको यात्रालाई शीर्षकमा समेटिएको गीतको म्युजिक भिडियो सन्तोष खत्रीको आधिकारिक युट्युब च्यानलमार्फत सार्वजनिक गरिएको हो। गीतमार्फत खत्रीले आफ्नो सांगीतिक यात्रामा लोक र पपको मिश्रणलाई अघि बढाउने प्रयास गरेका छन्।
सार्वजनिक म्युजिक भिडियोमा गायक खत्रीसँगै सुमन विश्वकर्मा, आशिष सुनार, आरवोन, विजय विश्वकर्मा, दिप्सन बीसी र टीबी रानाको अभिनय देख्न सकिन्छ। भिडियोको निर्देशन अनुप अधिकारीले गरेका हुन्।

भिडियोको छायांकन गोविन्द विष्ट, मिलन शंकर र दिपेश केसीले गरेका छन् भने सम्पादन तथा कलर ग्रेडिङ नवीन घर्ती मगरले गरेका हुन्। गीतको संगीत संयोजन (एरेन्ज) तथा मिक्सिङ र मास्टरिङ विनोद रसाइलीले गरेका छन्। भिडियोको मिडिया पार्टनरका रूपमा जन अपडेट डटकम रहेको छ।
यस गीतसँगै खत्रीले आफ्नो सांगीतिक प्रस्तुतिमा नयाँ शैली अपनाउने संकेत गरेका छन्। लोकसंगीतको मौलिकतालाई कायम राख्दै पप संगीतको स्वाद थप्ने उद्देश्यसहित उनले गीत तयार पारेका हुन्।
खत्रीले निकट भविष्यमै ‘पार्पो ब्याण्ड’ नामक सांगीतिक समूह गठन गर्ने तयारीसमेत गरिरहेका छन्। ब्याण्डमार्फत लोक र आधुनिक संगीतलाई संयोजन गर्दै आफ्नो सांगीतिक यात्रालाई थप विस्तार गर्ने उनको योजना रहेको बताइएको छ।
नयाँ गीत सार्वजनिक भएसँगै खत्रीले लोक र पप संगीतलाई एउटै प्रस्तुतिमा जोड्ने आफ्नो प्रयास श्रोतामाझ ल्याएका छन्। अब उनको प्रस्तावित ब्याण्डले कस्तो सांगीतिक शैली प्रस्तुत गर्छ भन्ने विषय आगामी सिर्जनाबाट स्पष्ट हुनेछ।
भिडियो हेर्नुहोस् :

