By using this site, you agree to the Privacy Policy and Terms of Use.
Accept
गुल्मी बुलेटिन
  • होम पेज
  • समाचार
  • लियाे / लायन्स
  • अर्थतन्त्र
    • बैंकिङ
    • बिज्ञान प्रबिधि
  • जीवनशैली
  • मनोरन्जन
    • चलचित्र
    • धर्म संस्कृति
    • भिडियो
  • राशिफल
  • पुस्तक संसार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • रोचक
  • अन्य
    • बिज्ञान प्रबिधि
    • कृषि
    • फोटो ग्यालरी
    • राशिफल
    • फिचर
  • होम पेज
  • समाचार
  • लियाे / लायन्स
  • अर्थतन्त्र
    • बैंकिङ
    • बिज्ञान प्रबिधि
  • जीवनशैली
  • मनोरन्जन
    • चलचित्र
    • धर्म संस्कृति
    • भिडियो
  • राशिफल
  • पुस्तक संसार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • रोचक
  • अन्य
    • बिज्ञान प्रबिधि
    • कृषि
    • फोटो ग्यालरी
    • राशिफल
    • फिचर
गुल्मी बुलेटिनगुल्मी बुलेटिन
  • समाचार
  • लियाे / लायन्स
  • शिक्षा
  • अर्थतन्त्र
  • मनोरन्जन
  • खेलकुद
  • विचार
  • राजनीति
  • अन्तर्राष्ट्रिय
  • होम पेज
  • समाचार
  • लियाे / लायन्स
  • विजनेस
  • शिक्षा
  • रोजगार
  • राशिफल
Have an existing account? Sign In
Home » रोट्याक्ट यूथ आइकन–२०८३’ को अडिसन सम्पन्न, २० जना फाइनल चरणका लागि छनोट

रोट्याक्ट यूथ आइकन–२०८३’ को अडिसन सम्पन्न, २० जना फाइनल चरणका लागि छनोट

News Desk
News Desk
२०८३ जेष्ठ २३, शनिबार २०:१७

बुटवल:- रोट्याक्ट क्लब अफ बुटवल डाउनटाउनको आयोजनामा सञ्चालित ‘रोट्याक्ट यूथ आइकन–२०८३’ अन्तर्गतको अडिसन चरण शनिबार बुटवलमा भव्य रूपमा सम्पन्न भएको छ। युवाहरूको नेतृत्व क्षमता विकास, व्यक्तित्व निखार तथा वक्तृत्वकलाको प्रवर्द्धन गर्ने उद्देश्यसहित प्रतियोगिता आयोजना गरिएको हो।

प्रतियोगिताको पहिलो दिन शुक्रबार अनलाइन जुम माध्यमबाट प्रारम्भिक सत्र सञ्चालन गरिएको थियो। उक्त सत्रमा सहभागीहरूलाई प्रतियोगिताको प्रक्रिया, मूल्याङ्कन प्रणाली तथा प्रस्तुतीकरणसम्बन्धी आवश्यक जानकारी प्रदान गरिएको थियो।

शनिबार सम्पन्न प्रत्यक्ष अडिसन चरणमा बुटवल तथा आसपासका विभिन्न क्याम्पसका ४८ जना विद्यार्थीहरूको उत्साहजनक सहभागिता रहेको थियो। सहभागीहरूले ‘डिजिटल युगमा जिम्मेवार युवा’ विषयमा तीन मिनेटको समयसीमाभित्र आफ्ना धारणा प्रस्तुत गरेका थिए। प्रस्तुतीकरणमा डिजिटल प्रविधिको प्रभाव, सामाजिक सञ्जालको जिम्मेवार प्रयोग तथा भविष्यमा युवाको भूमिकाजस्ता विषय समेटिएका थिए।

प्रतियोगितामा सहभागीमध्ये उत्कृष्ट प्रस्तुति, स्पष्ट विचार र प्रभावकारी अभिव्यक्तिका आधारमा २० जनालाई अन्तिम चरणका लागि छनोट गरिएको क्लबका अध्यक्ष आविष्कार खनालले जानकारी दिए।

अडिसनको मूल्याङ्कन अमर क्षेत्री, कृष्ण पाण्डे र बालकृष्ण पाण्डे सम्मिलित निर्णायक मण्डलले गरेको थियो। प्रमुख निर्णायक अमर क्षेत्रीका अनुसार विषयवस्तु तथा सन्देश, प्रस्तुतीकरण, भाषा तथा उच्चारण, मौलिकता तथा सिर्जनशीलता र समय व्यवस्थापनलाई आधार मानेर १०० पूर्णाङ्कमा मूल्याङ्कन गरिएको थियो।

कार्यक्रममा रोट्याक्ट डिस्ट्रिक्ट ३२९२ नेपाल–भुटानका निवर्तमान जिल्ला प्रतिनिधि विक्रम क्षेत्री प्रमुख अतिथिका रूपमा सहभागी भएका थिए। उनले युवाहरूमा नेतृत्व विकास, सामाजिक उत्तरदायित्व तथा सकारात्मक सोच अभिवृद्धिका लागि यस्ता कार्यक्रम महत्वपूर्ण हुने बताए।

त्यस्तै, क्लबका पूर्वअध्यक्ष बालकृष्ण पाण्डे, उपाध्यक्ष रमेश पन्थीलगायत वक्ताहरूले युवाहरूलाई आत्मविश्वासी, अनुशासित र नेतृत्वक्षम बनाउन यस्ता प्रतियोगिताले महत्वपूर्ण भूमिका खेल्ने धारणा व्यक्त गरेका थिए।

कार्यक्रमका मुख्य प्रशिक्षक रमेश अर्यालले सहभागीहरूलाई ‘जीवनमा कसरी सफल बन्न सकिन्छ’ विषयमा प्रेरणामूलक प्रशिक्षण प्रदान गरेका थिए।

बुटवल उपमहानगरपालिकासँगको सहकार्य तथा विभिन्न संघसंस्थाको सहयोगमा कार्यक्रम सम्पन्न भएको अध्यक्ष आविष्कार खनालले जानकारी दिए। कार्यक्रमको सञ्चालन क्लबका सचिव केशव पौडेलले गरेका थिए।

यसैबीच, रोट्याक्ट क्लब अफ बुटवल डाउनटाउनले आइतबार बिहान आयोजना गर्न लागेको ‘मेयरसँग बिहानको पदयात्रा’ कार्यक्रमअन्तर्गत बुटवलको नयाँ बसपार्कदेखि हिलपार्कसम्म सामूहिक पदयात्रा गरिने जनाएको छ। कार्यक्रममा नगर प्रमुखसहित विभिन्न सामाजिक व्यक्तित्वहरूको सहभागिता रहने अपेक्षा गरिएको छ।

Facebook Comments Box
स्वास्थ्य संस्थामा श्रम ऐन उल्लंघनबारे गुनासो, मन्त्रालयको ध्यानाकर्षण
मनाङ एयरको हेलिकप्टर दुर्घटना
बिहे गर्न नमानेपछि कपिलवस्तुमा प्रेमिका र प्रेमिकाका काकाको हत्या
अस्पताल भर्ना हुने अधिकांश कोरोना संक्रमित दीर्घरोगी
बालेन शाह शपथअघि नै सक्रिय : पहिलो मन्त्रिपरिषद्का निर्णयको तयारी तीव्र
समाचार पढेर तपाईंलाइ कस्तो लाग्यो ?
माया0
दुखि0
खुशी0
निद्रा0
रिस0
ओख्खो0

थप समाचार

रोट्याक्ट यूथ आइकन–२०८३’ को अडिसन सम्पन्न, २० जना फाइनल चरणका लागि छनोट

प्रिन्ट हब किङ्स प्लेअफमा पुग्ने पहिलो टोली, एसजीए माभेरिक्समाथि ८ विकेटको शानदार जित

दुर्घटनाबाट जोगिए सांसद सागर ढकाल, सबैको अवस्था सामान्य

कोटिहवामा ‘हङ्गर रिलिफ एन्ड इन्ट्रोडक्सन प्रोग्राम’ सम्पन्न

सम्पत्ति छानबिन आयोगलाई नमान्ने ओलीको घोषणा, ‘सम्पत्ति विवरण भर्दिनँ’

नेपालले पनि भारतको जग्गा मिचेको रहेछ’ भन्ने प्रधानमन्त्रीको सनसनीपूर्ण दाबीलाई तपाईं के भन्नुहुन्छ ?

२०८३ जेष्ठ १७, आईतवार २२:२९

प्रतिनिधिसभा नियमावलीलाई लिएर संसद्मा विवाद, विपक्षी दलको अवरोधबीच प्रक्रिया अघि बढ्यो

२०८३ जेष्ठ १७, आईतवार २२:०४

प्रधानमन्त्रीको अभिव्यक्ति फिर्ता लिन र क्षमा माग्न प्रदीप ज्ञवालीको माग

हाम्रो बारेमा

  • कम्पनि दर्ता नं. : ३२९४७९/०८०/०८१
  • सूचना बिभाग दर्ता नं. :४४५१-२०८०/२०८१
  • प्रेस काउन्सिल सूचीकरण नं. :४४४२-२०८०/०८१
  • बिज्ञापनको लागि : ९८६७२३३०७१

हाम्रो टिम

  • अध्यक्ष / संचालक :सुदीप ज्ञवाली
  • सम्पादक : सुब्रत ज्ञवाली
  • ब्यबस्थापक : इन्द्रमणि ज्ञवाली
  • न्यूज डेस्क : सुदीप ज्ञवाली
  • संवाददाता : सुदीप ज्ञवाली,सुशील खनाल , निरज रानाभाट
  • बजार प्रतिनिधि : सुशील खनाल

सम्पर्क ठेगाना

  • बुटवल–१३, रुपन्देही, नेपाल
  • फोन : ९८६७२३३०७१
  • इमेल :info@gulmibulletin.com
© 2023All Rights Reserved , Site By : Sudeep Gyawali
Welcome Back!

Sign in to your account

Username or Email Address
Password

Lost your password?