By using this site, you agree to the Privacy Policy and Terms of Use.
Accept
गुल्मी बुलेटिन
  • होम पेज
  • समाचार
  • लियाे / लायन्स
  • अर्थतन्त्र
    • बैंकिङ
    • बिज्ञान प्रबिधि
  • जीवनशैली
  • मनोरन्जन
    • चलचित्र
    • धर्म संस्कृति
    • भिडियो
  • राशिफल
  • पुस्तक संसार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • रोचक
  • अन्य
    • बिज्ञान प्रबिधि
    • कृषि
    • फोटो ग्यालरी
    • राशिफल
    • फिचर
  • होम पेज
  • समाचार
  • लियाे / लायन्स
  • अर्थतन्त्र
    • बैंकिङ
    • बिज्ञान प्रबिधि
  • जीवनशैली
  • मनोरन्जन
    • चलचित्र
    • धर्म संस्कृति
    • भिडियो
  • राशिफल
  • पुस्तक संसार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • रोचक
  • अन्य
    • बिज्ञान प्रबिधि
    • कृषि
    • फोटो ग्यालरी
    • राशिफल
    • फिचर
गुल्मी बुलेटिनगुल्मी बुलेटिन
  • समाचार
  • लियाे / लायन्स
  • शिक्षा
  • अर्थतन्त्र
  • मनोरन्जन
  • खेलकुद
  • विचार
  • राजनीति
  • अन्तर्राष्ट्रिय
  • होम पेज
  • समाचार
  • लियाे / लायन्स
  • विजनेस
  • शिक्षा
  • रोजगार
  • राशिफल
Have an existing account? Sign In
Home » टिकटक प्रतिबन्धबारे एक खालको राजनीतिक सहमति थियो : रेखा शर्मा

टिकटक प्रतिबन्धबारे एक खालको राजनीतिक सहमति थियो : रेखा शर्मा

News Desk
News Desk
२०८० कार्तिक २७, सोमबार २३:३३

काठमाडौं । तिहार बिदा सुरु भइसकेको बेला सोमबार बसेको मन्त्रिपरिषद् बैठकले सामाजिक सञ्जाल टिकटकमा प्रतिबन्ध लगाउने निर्णय गरेको छ ।

सामाजिक सद्भाव बिथोलिएको कारण देखाई सरकारले गरेको निर्णय तत्काल कार्यान्वयन गर्ने प्रक्रियामा अघि बढिसकेको छ । सञ्चार तथा सूचना प्रविधि मन्त्री रेखा शर्माले टिकटकलाई प्रतिबन्ध गर्न एक खालको राजनीतिक सहमति नै रहेको बताएकी छन् ।

सरकार किन टिकटक बन्द गराउने निर्णयमा पुग्यो ?

यो आकस्मिक रुपमा भएको निर्णय होइन । राजनीतिक दलहरुका बीचमा र मन्त्रिपरिषदमा लामो समयदेखि छलफल भएपछि यो निर्णय भएको हो ।

एक खालको राजनीतिक सहमति पनि थियो । टिकटकबाट पीडित भएकाहरुको धेरै नै गुनासो आएको थियो । सञ्चारमाध्यमहरुमा काम गर्ने सञ्चारकर्मीदेखि आम सर्वसाधारणसम्मले लिखित र मौखिक गुनासो गरेका थिए ।

पछिल्लो समय सामाजिक सम्बन्ध, पारिवारिक सम्बन्ध लगायतमा पनि समस्या भयो । सामाजिक सञ्जाल त अरु पनि छन् । तर अरुमा भन्दा टिकटकमा बढी नै समस्या देखिएको भएर यसलाई बन्द गर्ने र अरुलाई नियमन गर्ने कुरा भएको छ ।

यो निर्णयले नागरिकको अभिव्यक्ति स्वतन्त्रता संकुचित हुँदैन र ?

टिकटक प्रतिबन्धको निर्णयपछि सरकारले अभिव्यक्ति स्वतन्त्रतामाथि नियन्त्रण गर्न खोज्यो भन्ने, आत्तिने प्रतिक्रियाहरु आएका छन् । तर मैले अधिकांश खुसी भएको देखेको छु । यो निर्णयका कारण मात्रै नआत्तिन म सबैसँग अनुरोध गर्दछु ।

टिकटकमा समस्या देखिएकाले बन्द गरिएको हो । अरुमा त्यस्तो केही निर्णय भएको छैन, नियमनको कुरामात्रै भएको हो । सबै सामाजिक सञ्जाल बन्द गरेको भए पो अभिव्यक्ति स्वतन्त्रतामाथि प्रहार गर्‍यो भन्न मिल्थ्यो ।

कुन संवैधानिक र कानुनी धरातलका आधारमा यो निर्णय गरिएको हो ?

अरु निकायहरुले यसलाई बन्द गर्ने कानुनी आधार नदेखेको साँचो हो, त्यसैले त मन्त्रिपरिषदबाट निर्णय भएको हो । अभिव्यक्ति स्वतन्त्रतामा बन्देज लगाउने कुनै उद्देश्य नै होइन, यसमा हामी नै ज्यादा सचेत छौं ।

टिकटक बन्दको निर्णय गर्दा सरकारले कुनै कानुनी आधार दिएको छैन, त्यसैले यो निर्णय अदालतबाट खारेज हुन्छ भन्ने विश्लेषण पनि छ, यसबारे के भन्नुहुन्छ ?

अदालत जान खोज्नेहरुलाई हामीले रोक्ने कुरा भएन । पब्जी बन्द हुँदा पनि अदालत गएका हुन् । तर अदालतले पनि हाम्रो निर्णयको मर्मलाई बुझ्छ होला । अरु कैयौं मुलुकमा पनि टिकटकमाथि रोक लगाइएको छ ।

हामीभन्दा बढी लोकतान्त्रिक अभ्यास गरेका मुलुकहरुमा समेत टिकटक बन्द छ । हाम्रो देशमा मात्रै सबै चाहिने भन्ने तर्क कत्तिको उचित हो ? अरु देशमा यस्तै निर्णय गर्दा केही नहुने, हाम्रो देशमा मात्रै लोकतन्त्र हनन् हुने भन्न मिल्छ र ?

टिकटक मार्फत सरकारको आलोचना हुन थालेपछि सरकार डराएको हो ?

यसमा सरकारलाई अनावश्यक रुपमा लाञ्छना नलगाउन अपिल गर्छु । हामी सबै लडेर लोकतान्त्रिक व्यवस्था ल्याएका हौं । यो व्यवस्थालाई बलियो बनाउने नै हाम्रो उद्देश्य हो । तर सामाजिक समस्याका कारण टिकटक रोक्ने निर्णय भएको हो ।

Facebook Comments Box
Total Views: 0
ग्रामीण शिक्षाको उज्यालो केन्द्र : नमुना होस्टेलसहित अगाडि बढ्दै श्री धुर माध्यमिक विद्यालय
गोरखामा जबरजस्ती करणीको आरोपमा दुई जना पक्राउ
रजा ए मुस्ताफा जामे मस्जिदकाे रक्तदान कार्यक्रममा ५५ युनिट रगत संकलन
आज घटस्थापना, बडादशैं सुरु , शुभ साहित ११:२९मा
नारायणीमा बन्ने सिग्नेचर ब्रिजको सर्भे गर्न पुल महाशाखाको टोली भरतपुरमा
समाचार पढेर तपाईंलाइ कस्तो लाग्यो ?
माया0
दुखि0
खुशी0
निद्रा0
रिस0
ओख्खो0

थप समाचार

नेपालले पनि भारतको जग्गा मिचेको रहेछ’ भन्ने प्रधानमन्त्रीको सनसनीपूर्ण दाबीलाई तपाईं के भन्नुहुन्छ ?

२०८३ जेष्ठ १७, आईतवार २२:२९

प्रतिनिधिसभा नियमावलीलाई लिएर संसद्मा विवाद, विपक्षी दलको अवरोधबीच प्रक्रिया अघि बढ्यो

२०८३ जेष्ठ १७, आईतवार २२:०४

प्रधानमन्त्रीको अभिव्यक्ति फिर्ता लिन र क्षमा माग्न प्रदीप ज्ञवालीको माग

आयकरको न्यूनतम सीमा दोब्बर, अब १० लाखसम्म आम्दानीमा १ प्रतिशत मात्रै कर

दल परिवर्तनपछि गुल्मीमा कांग्रेसबाट निर्वाचित दुई वडा अध्यक्ष पदमुक्त

२०८३ जेष्ठ १४, बिहीबार १७:१६

अनुराग साहित्य समाजद्वारा ध्यान तथा रचना वाचन कार्यक्रम सम्पन्न

मोतिराज खनाल र यशोदा कार्कीको स्वरमा ‘बिर्सु कसरी’ सार्वजनिक

उजिरसिंह माविको एसईई नतिजा उत्साहजनक, गुणस्तरीय शिक्षातर्फ सफल यात्रा

हाम्रो बारेमा

  • कम्पनि दर्ता नं. : ३२९४७९/०८०/०८१
  • सूचना बिभाग दर्ता नं. :४४५१-२०८०/२०८१
  • प्रेस काउन्सिल सूचीकरण नं. :४४४२-२०८०/०८१
  • बिज्ञापनको लागि : ९८६७२३३०७१

हाम्रो टिम

  • अध्यक्ष / संचालक :सुदीप ज्ञवाली
  • सम्पादक : सुब्रत ज्ञवाली
  • ब्यबस्थापक : इन्द्रमणि ज्ञवाली
  • न्यूज डेस्क : सुदीप ज्ञवाली
  • संवाददाता : सुदीप ज्ञवाली,सुशील खनाल , निरज रानाभाट
  • बजार प्रतिनिधि : सुशील खनाल

सम्पर्क ठेगाना

  • बुटवल–१३, रुपन्देही, नेपाल
  • फोन : ९८६७२३३०७१
  • इमेल :info@gulmibulletin.com
© 2023All Rights Reserved , Site By : Sudeep Gyawali
Welcome Back!

Sign in to your account

Username or Email Address
Password

Lost your password?