By using this site, you agree to the Privacy Policy and Terms of Use.
Accept
गुल्मी बुलेटिन
  • होम पेज
  • समाचार
  • लियाे / लायन्स
  • अर्थतन्त्र
    • बैंकिङ
    • बिज्ञान प्रबिधि
  • जीवनशैली
  • मनोरन्जन
    • चलचित्र
    • धर्म संस्कृति
    • भिडियो
  • राशिफल
  • पुस्तक संसार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • रोचक
  • अन्य
    • बिज्ञान प्रबिधि
    • कृषि
    • फोटो ग्यालरी
    • राशिफल
    • फिचर
  • होम पेज
  • समाचार
  • लियाे / लायन्स
  • अर्थतन्त्र
    • बैंकिङ
    • बिज्ञान प्रबिधि
  • जीवनशैली
  • मनोरन्जन
    • चलचित्र
    • धर्म संस्कृति
    • भिडियो
  • राशिफल
  • पुस्तक संसार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • रोचक
  • अन्य
    • बिज्ञान प्रबिधि
    • कृषि
    • फोटो ग्यालरी
    • राशिफल
    • फिचर
गुल्मी बुलेटिनगुल्मी बुलेटिन
  • समाचार
  • लियाे / लायन्स
  • शिक्षा
  • अर्थतन्त्र
  • मनोरन्जन
  • खेलकुद
  • विचार
  • राजनीति
  • अन्तर्राष्ट्रिय
  • होम पेज
  • समाचार
  • लियाे / लायन्स
  • विजनेस
  • शिक्षा
  • रोजगार
  • राशिफल
Have an existing account? Sign In
Home » नेपालको डिजिटल रूपान्तरणका लागि विश्व बैंकले ५ करोड डलर ऋण दिने

नेपालको डिजिटल रूपान्तरणका लागि विश्व बैंकले ५ करोड डलर ऋण दिने

News Desk
News Desk
२०८२ माघ २७, मंगलवार २१:४२

काठमाडौँ :- नेपालको डिजिटल रूपान्तरणका लागि विश्व बैंकले ५ करोड अमेरिकी डलर (करिब ७ अर्ब २३ करोड रुपैयाँ) ऋण उपलब्ध गराउने भएको छ। अमेरिकाको वाशिङ्टनमा बसेको विश्व बैंकको कार्यकारी निर्देशक बोर्डले ‘नेपाल डिजिटल ट्रान्सफर्मेशन प्रोजेक्ट’ अन्तर्गत नेपाललाई सहयोग गर्ने निर्णय गरेको हो।

यो निर्णयसँगै नेपालमा डिजिटल सार्वजनिक पूर्वाधार सुदृढीकरण र सार्वजनिक सेवाहरू डिजिटल माध्यमबाट उपलब्ध गराउने कार्यमा सहयोग परिचालन गरिनेछ। परियोजनाले नागरिकलाई प्रदान गरिने सेवाको ढाँचामा मौलिक परिवर्तन ल्याउने लक्ष्य लिएको छ।

परियोजनाअन्तर्गत एकीकृत अनलाइन नागरिक सेवा पोर्टल, सुरक्षित डेटा आदान–प्रदान प्रणाली, प्रमाणीकरण योग्य प्रमाणपत्र तथा डिजिटल वालेट व्यवस्थापन गर्न सकिने डिजिटल लकर जस्ता प्लेटफर्ममा लगानी गरिनेछ।


डिजिटल अर्थतन्त्रप्रति नागरिकको विश्वास अभिवृद्धि गर्न इलेक्ट्रोनिक हस्ताक्षर (ई–सिग्नेचर), साइबर सुरक्षा र डेटा गभर्नेन्स क्षेत्रमा समेत लगानी गरिने विश्व बैंकले जनाएको छ।

विश्व बैंकका माल्दिभ्स, नेपाल र श्रीलङ्काका लागि क्षेत्रीय निर्देशक डेभिड सिस्लेनले डिजिटल पूर्वाधारमा गरिएको लगानीले सेवा प्रवाहमा पारदर्शिता, समावेशिता र प्रभावकारिता बढ्ने बताउनुभयो।

उहाँका अनुसार मुख्य डिजिटल प्लेटफर्ममा लगानी र सेवाहरू डिजिटलाइज भएपछि नागरिक र व्यवसायलाई अझ सहज र प्रभावकारी सेवा उपलब्ध हुनेछ, जसले सार्वजनिक क्षेत्रको कार्यक्षमता र सुशासन प्रवर्द्धनमा मद्दत गर्नेछ।

यो परियोजना विश्व बैंक र एशियाली विकास बैंक (एडीबी) बीचको संयुक्त सह–वित्तीय व्यवस्थाअन्तर्गत कार्यान्वयन हुनेछ। फुल म्युचुअल रिलायन्स फ्रेमवर्क अन्तर्गत विश्व बैंक प्रमुख ऋणदाता रहनेछ भने एडीबी सह–ऋणदाताका रूपमा रहनेछ।

एडीबीले यस परियोजनामा ४० मिलियन अमेरिकी डलर योगदान गर्नेछ। एडीबी व्यवस्थापनले आउँदो मार्च महिनामा परियोजनालाई आफ्नो बोर्डमा प्रस्तुत गर्ने अपेक्षा गरिएको छ।

ChatGPTClaudeX (Twitter)LinkedIn
Facebook Comments Box
जन्मदिनको खुसीलाई सेवामा जोड्दै लियो गोल्डेन जुबली, हिरासतमा रहेका थुनुवालाई आवश्यक सामग्री सहयोग
सबैलाई मिलाएर अघि बढ्ने तागत कांग्रेसमा मात्र छ : थापा
सार्वजनिक यातायातको भाडा वृद्धि : आजैबाट नयाँ दर लागू
व्यवसायमा व्यस्त, समाजसेवामा उत्तिकै सक्रिय : बुटवलका युवा गोकुल भण्डारी
लायन्स क्लब अफ बुटवल लायन्स क्लब अफ भृकुटी प्याराडाईजको स्थापना
समाचार पढेर तपाईंलाइ कस्तो लाग्यो ?
माया0
दुखि0
खुशी0
निद्रा0
रिस0
ओख्खो0

थप समाचार

दलको मुखपत्र अब डिजिटलतिर : रास्वपाको ‘सूचना बुलेटिन’ले किन जन्मायो बहस ?

सुलभ फार्मेसीबारे ‘भ्रमपूर्ण प्रचार’ भएको भन्दै तिलोत्तमा नगरपालिकाको आपत्ति

७३औँ साधारणसभा र २६औँ अधिवेशनको तयारीमा बुटवल उद्योग वाणिज्य संघ, १० समिति गठन

रसुवा बाढीपीडितका लागि भैरहवामा आपतकालीन रक्तदान, ७० युनिट रगत संकलन

बाढीपीडितको सहयोगमा पाकिस्तानको साथ, नेपाललाई पठायो १०० टन मानवीय सहायता

कांग्रेसभित्र दूरी घटाउने प्रयास : शेखर–गगन भेटमा पार्टी एकता र बाढी प्रभावित क्षेत्रबारे छलफल

जन्मदिनको खुसीलाई सेवामा जोड्दै लियो गोल्डेन जुबली, हिरासतमा रहेका थुनुवालाई आवश्यक सामग्री सहयोग

विपद् समाचारमा संवेदनशील बनौँ : बीभत्स दृश्य र अपुष्ट सूचना नदिन प्रेस काउन्सिलको आग्रह

हाम्रो बारेमा

  • कम्पनि दर्ता नं. : ३२९४७९/०८०/०८१
  • सूचना बिभाग दर्ता नं. :४४५१-२०८०/२०८१
  • प्रेस काउन्सिल सूचीकरण नं. :४४४२-२०८०/०८१
  • बिज्ञापनको लागि : ९८६७२३३०७१

हाम्रो टिम

  • अध्यक्ष / संचालक :सुदीप ज्ञवाली
  • सम्पादक : सुब्रत ज्ञवाली
  • ब्यबस्थापक : इन्द्रमणि ज्ञवाली
  • न्यूज डेस्क : सुदीप ज्ञवाली
  • संवाददाता : सुदीप ज्ञवाली,सुशील खनाल , निरज रानाभाट
  • बजार प्रतिनिधि : सुशील खनाल

सम्पर्क ठेगाना

  • बुटवल–१३, रुपन्देही, नेपाल
  • फोन : ९८६७२३३०७१
  • इमेल :info@gulmibulletin.com
© 2023All Rights Reserved , Site By : Sudeep Gyawali
Welcome Back!

Sign in to your account

Username or Email Address
Password

Lost your password?