By using this site, you agree to the Privacy Policy and Terms of Use.
Accept
गुल्मी बुलेटिन
  • होम पेज
  • समाचार
  • लियाे / लायन्स
  • अर्थतन्त्र
    • बैंकिङ
    • बिज्ञान प्रबिधि
  • जीवनशैली
  • मनोरन्जन
    • चलचित्र
    • धर्म संस्कृति
    • भिडियो
  • राशिफल
  • पुस्तक संसार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • रोचक
  • अन्य
    • बिज्ञान प्रबिधि
    • कृषि
    • फोटो ग्यालरी
    • राशिफल
    • फिचर
  • होम पेज
  • समाचार
  • लियाे / लायन्स
  • अर्थतन्त्र
    • बैंकिङ
    • बिज्ञान प्रबिधि
  • जीवनशैली
  • मनोरन्जन
    • चलचित्र
    • धर्म संस्कृति
    • भिडियो
  • राशिफल
  • पुस्तक संसार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • रोचक
  • अन्य
    • बिज्ञान प्रबिधि
    • कृषि
    • फोटो ग्यालरी
    • राशिफल
    • फिचर
गुल्मी बुलेटिनगुल्मी बुलेटिन
  • समाचार
  • लियाे / लायन्स
  • शिक्षा
  • अर्थतन्त्र
  • मनोरन्जन
  • खेलकुद
  • विचार
  • राजनीति
  • अन्तर्राष्ट्रिय
  • होम पेज
  • समाचार
  • लियाे / लायन्स
  • विजनेस
  • शिक्षा
  • रोजगार
  • राशिफल
Have an existing account? Sign In
Home » भोलिदेखि कांग्रेसको १५औँ महाधिवेशन, साढे ७ हजारभन्दा बढी प्रतिनिधि काठमाडौंमा

भोलिदेखि कांग्रेसको १५औँ महाधिवेशन, साढे ७ हजारभन्दा बढी प्रतिनिधि काठमाडौंमा

News Desk
News Desk
२०८३ आश्विन १७, शनिबार २१:१०

काठमाडौं :- नेपाली कांग्रेसको १५औँ महाधिवेशन आइतबारदेखि काठमाडौंमा सुरु हुँदैछ। ‘परम्पराको सम्मान र परिवर्तनको संकल्प : समुन्नत नेपालका लागि सबल कांग्रेसको विकल्प’ भन्ने नारासहित सुरु हुन लागेको महाधिवेशनमा देश तथा विदेशबाट गरी सात हजार पाँच सयभन्दा बढी महाधिवेशन प्रतिनिधि सहभागी हुने कांग्रेसले जनाएको छ।

महाधिवेशनको उद्घाटन समारोह आइतबार दिउँसो २ बजे काठमाडौंको खुलामञ्चमा हुनेछ। यसअघि असोज १६ देखि महाधिवेशन गर्ने कार्यतालिका रहे पनि भारी वर्षाका कारण केही निर्वाचन क्षेत्रमा क्षेत्रीय अधिवेशन तथा महाधिवेशन प्रतिनिधि चयन प्रक्रिया प्रभावित भएपछि उद्घाटन दुई दिन सारेर असोज १८ गते पुर्‍याइएको हो।

कांग्रेस केन्द्रीय निर्वाचन समितिको संशोधित कार्यतालिकाअनुसार असोज १९ र २० गते बन्दसत्र तथा अन्य कार्यक्रम सञ्चालन हुनेछन् भने नयाँ नेतृत्व चयनका लागि असोज २१ र २२ गते निर्वाचन कार्यक्रम राखिएको छ।

शुक्रबार र शनिबार महाधिवेशन प्रतिनिधिको नाम दर्ता गरिएको छ। प्रतिनिधि दर्ता शुल्क तीन हजार पाँच सय रुपैयाँ तोकिएको कांग्रेस प्रवक्ता देवराज चालिसेले जानकारी दिएका छन्। दर्ता भएका प्रतिनिधिलाई पार्टी विधान, डायरी, डटपेन, खाना तथा खाजाका कुपन र प्रतिनिधि कार्डसहितको झोला उपलब्ध गराइएको छ।

कांग्रेसका अनुसार यसपटक सात हजार पाँच सयभन्दा बढी प्रतिनिधि महाधिवेशनमा सहभागी हुने अनुमान छ। प्रवक्ता चालिसेले प्रतिनिधि सहभागिताका हिसाबले यो कांग्रेसको इतिहासकै ठूलो महाधिवेशन हुने बताएका छन्।

महाधिवेशनलाई नयाँ नेतृत्व चयनमा मात्रै सीमित नराखी नीति निर्माणको थलो बनाउने तयारी कांग्रेसले गरेको छ। चालिसेले शनिबार खुलामञ्चमा आयोजित पत्रकार सम्मेलनमा महाधिवेशनलाई ‘नेता चयनभन्दा नीति चयनको अधिवेशन’का रूपमा अघि बढाउने प्रयास हुने बताएका छन्।

 

महाधिवेशनको बन्दसत्रमा पार्टीको आगामी नीति, कार्यक्रम तथा समसामयिक विषयसम्बन्धी प्रतिवेदन प्रस्तुत गरिने कांग्रेसले जनाएको छ। सभापति गगनकुमार थापाले आगामी पाँच वर्षका लागि राजनीतिक, आर्थिक, उत्पादन, रोजगारी तथा विदेश नीतिसम्बन्धी दृष्टिकोण समेटिएको कार्यपत्र प्रस्तुत गर्ने कार्यक्रम रहेको प्रवक्ता चालिसेले जानकारी दिएका छन्।

महाधिवेशन उद्घाटन समारोहमा सत्तारुढ राष्ट्रिय स्वतन्त्र पार्टीसहित नेकपा एमाले, नेपाल कम्युनिस्ट पार्टीलगायत विभिन्न राजनीतिक दललाई निमन्त्रणा गरिएको कांग्रेसले जनाएको छ। भारत, चीन र अमेरिकासहित विभिन्न मुलुकबाट समेत पाहुना आमन्त्रण गरिएको छ। महाधिवेशनको मिति परिवर्तन भएका कारण विदेशी पाहुनाको उपस्थिति भने अपेक्षाकृत कम हुन सक्ने कांग्रेसको भनाइ छ।

महाधिवेशनमा सहभागी हुन काठमाडौं आएका प्रतिनिधिको बसोबासका लागि गौशाला, कोटेश्वर, लाजिम्पाट, ठमेल, नयाँ बसपार्क, सुन्धारा, बालाजु र कलङ्की क्षेत्रका होटलमा व्यवस्थापन गरिएको छ।

प्रदेशअनुसार प्रतिनिधिलाई फरक–फरक क्षेत्रमा बस्ने व्यवस्था मिलाइएको छ। कोशी र मधेशका प्रतिनिधिका लागि गौशाला र कोटेश्वर, बागमतीका लागि लाजिम्पाट र ठमेल, गण्डकी तथा लुम्बिनीका लागि बालाजु र नयाँ बसपार्क तथा कर्णाली र सुदूरपश्चिमका प्रतिनिधिका लागि सुन्धारा र कलङ्की क्षेत्रका होटलमा व्यवस्थापन गरिएको छ। विदेशस्थित जनसम्पर्क समितिबाट आउने प्रतिनिधिलाई लाजिम्पाट र ठमेल क्षेत्रमा राख्ने तयारी छ।

प्रतिनिधिले होटल तथा बसोबासको खर्च भने आफैं बेहोर्नुपर्ने कांग्रेसले जनाएको छ। महाधिवेशन अवधिभर प्रतिनिधिका लागि बिहान र दिउँसोको खाना पार्टीले भृकुटीमण्डपमा उपलब्ध गराउने व्यवस्था गरेको छ।

महाधिवेशनमा सहभागी प्रतिनिधिको स्वास्थ्यलाई ध्यानमा राख्दै खुलामञ्चमा ३० जना स्वास्थ्यकर्मी परिचालन हुने गरी हेल्थ डेस्कसमेत तयार गरिएको छ। पाँचवटा स्टलबाट सामान्य स्वास्थ्य परीक्षणदेखि आकस्मिक स्वास्थ्य सेवा उपलब्ध गराउने तयारी छ।

स्वास्थ्य डेस्कमा चिकित्सक, नर्स तथा पारामेडिक्स रहनेछन् भने रक्तचाप र सुगर परीक्षणसँगै सामान्य औषधि निःशुल्क उपलब्ध गराइनेछ। आकस्मिक उपचार आवश्यक परे वीर अस्पताल, राष्ट्रिय ट्रमा सेन्टर तथा बीपी स्मृति अस्पतालसँग समन्वय गरिएको छ। महाधिवेशनस्थलमा दुईवटा एम्बुलेन्ससमेत तयारी अवस्थामा राखिने कांग्रेसले जनाएको छ।

देशभरबाट हजारौं प्रतिनिधि काठमाडौं आइपुगेसँगै कांग्रेसको १५औँ महाधिवेशनको सरगर्मी बढेको छ। अबको पाँच वर्षका लागि पार्टीको नीति, कार्यक्रम र नेतृत्व तय गर्ने महाधिवेशन आइतबार खुलामञ्चबाट औपचारिक रूपमा सुरु हुनेछ।

ChatGPTClaudeX (Twitter)LinkedIn
Facebook Comments Box
बुटवल–१२ मा तीन दर्जन बढी युवा काँग्रेस प्रवेश
विश्वविद्यालयलाई राजनीतिबाट मुक्त बनाउनुपर्छ : महावीर पुन
बुढानिलकण्ठमा महिलाको अधिकार सुनिश्चिततामा स्थानीय नेतृत्व सक्रिय, सेवा सहज बन्दै
रुपन्देही–१ मा राप्रपाको माहोल बलियो, देवदहबाट ६५ जना प्रवेश
गोबिन्द भुषालको अध्यक्षतामा राष्ट्रिय लोक सञ्चारकर्मी लुम्बिनी प्रदेश समिति चयन
समाचार पढेर तपाईंलाइ कस्तो लाग्यो ?
माया0
दुखि0
खुशी0
निद्रा0
रिस0
ओख्खो0

थप समाचार

हरेक शनिबार बिहान, सफा रहोस् हाम्रो बुटवल’ : गोल्डेन जुबिलीको सरसफाइ अभियान छैटौं हप्तामा

भोलिदेखि कांग्रेसको १५औँ महाधिवेशन, साढे ७ हजारभन्दा बढी प्रतिनिधि काठमाडौंमा

‘प्रश्न मात्रै होइन, समाधानको राजनीति’ भन्दै ओमहरि आचार्य महाधिवेशन प्रतिनिधिको मैदानमा

श्रमिकका मुद्दा बोकेर कांग्रेस महाधिवेशनको मैदानमा रामप्रसाद भण्डारी, ललितपुर–२ बाट उम्मेदवारी

दरमखोलाको उर्लँदो बाढीले गलकोट–९ को वडा कार्यालय नै बगायो

२०८३ आश्विन ११, आईतवार २३:५३

समाजसँग जोडिएको कांग्रेस र नवीन विचारको यात्रामा श्रीधर बस्याल, पाल्पा–२ बाट युवा महाधिवेशन प्रतिनिधिमा दाबी

२५ वर्षमै कांग्रेस प्रदेश समितिमा दाबी : विदेशबाट फर्किएका विमल कुँवर भन्छन्– ‘सिकेको अनुभव अब स्वदेशका लागि’

नेविसंघको विद्यार्थी राजनीतिबाट उदाएका महेश शर्मा, रुपन्देही–२ बाट महाधिवेशन प्रतिनिधिमा उम्मेदवारी

हाम्रो बारेमा

  • कम्पनि दर्ता नं. : ३२९४७९/०८०/०८१
  • सूचना बिभाग दर्ता नं. :४४५१-२०८०/२०८१
  • प्रेस काउन्सिल सूचीकरण नं. :४४४२-२०८०/०८१
  • बिज्ञापनको लागि : ९८६७२३३०७१

हाम्रो टिम

  • अध्यक्ष / संचालक :सुदीप ज्ञवाली
  • सम्पादक : सुब्रत ज्ञवाली
  • ब्यबस्थापक : इन्द्रमणि ज्ञवाली
  • न्यूज डेस्क : सुदीप ज्ञवाली
  • संवाददाता : सुदीप ज्ञवाली,सुशील खनाल , निरज रानाभाट
  • बजार प्रतिनिधि : सुशील खनाल

सम्पर्क ठेगाना

  • बुटवल–१३, रुपन्देही, नेपाल
  • फोन : ९८६७२३३०७१
  • इमेल :info@gulmibulletin.com
© 2023All Rights Reserved , Site By : Sudeep Gyawali
Welcome Back!

Sign in to your account

Username or Email Address
Password

Lost your password?