बुटवल :- लुम्बिनी प्रदेश अन्तर्गत सञ्चालनमा रहेका ग्रामीण सडक विकास परियोजनामध्ये करिब ५ वटा योजनाको अवस्था सम्बन्धमा सूचना अधिकारी टेक गाहा सँग गरिएको कुराकानीमा जानकारी प्राप्त भएको छ।

उनका अनुसार ती योजनाहरूमा हाल स्थलगत अनुगमन कार्य भइरहेको छ। विभिन्न स्थानमा सडक निर्माणको प्रगति सन्तोषजनक देखिए पनि केही ठाउँमा ढिलाइ तथा गुणस्तर सम्बन्धी समस्या देखिएको छ। “करिब ५ वटा योजनामा हाम्रो टोलीले अनुगमन गरेको छ। जहाँ कमी–कमजोरी भेटिएको छ, त्यहाँ सुधारका लागि निर्देशन दिएका छौं,” टेक गाहा ले बताएका छन्।

उनले बजेट अभाव, प्राविधिक जनशक्तिको कमी तथा भौगोलिक कठिनाइका कारण केही योजना प्रभावित भएको जानकारी दिए। साथै, आगामी दिनमा अझ प्रभावकारी अनुगमन गर्दै कामलाई तीव्रता दिने र गुणस्तरमा कुनै सम्झौता नगर्ने प्रतिबद्धता समेत व्यक्त गरे।
ग्रामीण सडक परियोजनाहरूले स्थानीयस्तरमा विकासको आधार तयार पार्दै लगे पनि तिनको दिगोपनका लागि नियमित अनुगमन र प्रभावकारी कार्यान्वयन आवश्यक देखिएको छ।
![]()

