गोरखा :- मनकामना मन्दिरबाट दर्शन गरेर फर्कँदै गरेको माइक्रो बस दुर्घटना हुँदा सात भारतीय पर्यटकको मृत्यु भएको छ।

गोरखा जिल्लाको शहीद लखन गाउँपालिका–३ कन्टारमा शनिबार साँझ करिब ७:५५ बजे ईभी माइक्रो बस अनियन्त्रित भई सडकबाट करिब २०० मिटर तल खसेर दुर्घटना भएको हो।
प्रहरीका अनुसार चालकसहित १४ जना सवार रहेको उक्त गाडी दुर्घटनामा पाँच पुरुष र दुई महिलासहित सात जनाको घटनास्थलमै मृत्यु भएको छ भने अन्य सात जना घाइते भएका छन्।
घाइतेहरूलाई उपचारका लागि आबुखैरेनीतर्फ पठाइएको प्रहरीले जनाएको छ।

दुर्घटनापछि उद्धारका लागि सशस्त्र प्रहरी बल नेपाल नं. २९ गुल्म गोरखाबाट सुरक्षा टोली खटिएको सशस्त्र प्रहरीका सहप्रवक्ता डीएसपी शैलेन्द्र थापाले जानकारी दिए। घटनास्थलमा नेपाल प्रहरी र नेपाली सेनाको टोली पनि उद्धार तथा अनुसन्धानमा खटिएको छ।
Facebook Comments Box
Total Views:
0

