By using this site, you agree to the Privacy Policy and Terms of Use.
Accept
गुल्मी बुलेटिन
  • होम पेज
  • समाचार
  • लियाे
  • अर्थतन्त्र
    • बैंकिङ
    • बिज्ञान प्रबिधि
  • जीवनशैली
  • मनोरन्जन
    • चलचित्र
    • धर्म संस्कृति
    • भिडियो
  • राशिफल
  • पुस्तक संसार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • रोचक
  • अन्य
    • बिज्ञान प्रबिधि
    • कृषि
    • फोटो ग्यालरी
    • राशिफल
    • फिचर
  • होम पेज
  • समाचार
  • लियाे
  • अर्थतन्त्र
    • बैंकिङ
    • बिज्ञान प्रबिधि
  • जीवनशैली
  • मनोरन्जन
    • चलचित्र
    • धर्म संस्कृति
    • भिडियो
  • राशिफल
  • पुस्तक संसार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • रोचक
  • अन्य
    • बिज्ञान प्रबिधि
    • कृषि
    • फोटो ग्यालरी
    • राशिफल
    • फिचर
गुल्मी बुलेटिनगुल्मी बुलेटिन
  • समाचार
  • लियाे
  • शिक्षा
  • अर्थतन्त्र
  • मनोरन्जन
  • खेलकुद
  • विचार
  • राजनीति
  • अन्तर्राष्ट्रिय
  • होम पेज
  • समाचार
  • लियाे
  • विजनेस
  • शिक्षा
  • रोजगार
  • राशिफल
Have an existing account? Sign In
Home » मध्यपूर्वको विशेष परिस्थितिः कतारमा रहेका नेपालीलाई उच्च सतर्कता अपनाउन दूतावासको आग्रह

मध्यपूर्वको विशेष परिस्थितिः कतारमा रहेका नेपालीलाई उच्च सतर्कता अपनाउन दूतावासको आग्रह

News Desk
News Desk
२०८२ फाल्गुन १८, सोमबार २१:१९

काठमाडौँ :- नेपाली राजदूतावास, दोहा ले मध्यपूर्वमा विकसित विशेष परिस्थितिलाई दृष्टिगत गर्दै कतारमा रहेका नेपाली नागरिकलाई उच्च सतर्कता अपनाउन विशेष अनुरोध गरेको छ ।

दूतावासले कतारको सिभिल एभियासन अथोरिटी लगायत कतारका आधिकारिक निकायबाट जारी हुने सूचना, निर्देशन तथा अद्यावधिक समाचारमा ध्यान दिन आग्रह गरेको छ । कतारी हवाई क्षेत्र खुलेपश्चात् मात्र नियमित उडान सञ्चालन हुने जनाउँदै सम्बन्धित जानकारी आधिकारिक वेबसाइटमार्फत हेर्न अनुरोध गरिएको छ ।


दूतावासले अफवाहपूर्ण सूचना तथा घटनास्थलका तस्बिर–भिडियो सामाजिक सञ्जालमा साझा नगर्न आग्रह गरेको छ । अत्यावश्यक कामबाहेक भीडभाड हुने स्थानमा नजान, अपरिचित शव वा शंकास्पद वस्तुको नजिक नपुग्न र सुरक्षित रूपमा घरभित्रै बस्न अनुरोध गरिएको छ ।

साथै सिसा, झ्याल वा बार्दली नजिक नबस्न, मोबाइल फोन पूर्ण चार्ज अवस्थामा राख्न, केही नगद र महत्वपूर्ण परिचयपत्र साथमा राख्न पनि सुझाव दिइएको छ । नेपालमा रहेका परिवारजन तथा कतारस्थित नेपाली समुदायसँग नियमित सम्पर्कमा रहन दूतावासले आग्रह गरेको छ ।

दोहा ट्रान्जिट हुँदै अन्य मुलुकतर्फ यात्रा गर्ने क्रममा कतारमा रोकिएका नेपाली नागरिकलाई मेडिकल आपत्कालीन अवस्था परेमा तत्काल दूतावाससँग सम्पर्क गर्न अनुरोध गरिएको छ ।

यस परिस्थितिको फाइदा उठाउँदै केही ठगहरूले फोनमार्फत दुःख दिएको गुनासो आएको उल्लेख गर्दै दूतावासले कतारी आइडी, राहदानी, बैंक खाता, एटीएम कार्डलगायतका व्यक्तिगत विवरण कसैलाई नदिन सचेत गराएको छ ।

दूतावासले सार्वजनिक गरेका महत्वपूर्ण सम्पर्क नम्बरहरू यसप्रकार छन्:
नेपाली राजदूतावास, दोहा: +९७४ ४४६७५६८९, +९७४ ६६२१ ४४१९
प्रहरी / आगजनी / एम्बुलेन्स: ९९९
हमाद जेनरल हस्पिटल: +९७४ ४४३९ ४४४४
नेपाल एयरलाइन्स: +९७४ ६६५६ ०८३३
हिमालय एयरलाइन्स: +९७४ ५०७२१७४९
कतार एयरवेज इमर्जेन्सी रेस्पोन्स टिम: +९७४ ४९४४५५५५
दूतावासले शान्त, संयमित र सचेत रहन सबै नेपाली नागरिकलाई पुनः आग्रह गरेको छ ।

Loading

Facebook Comments Box
बुटवलमा लायन्स क्लबद्वारा बिद्यालयमा शैक्षिक सामग्री वितरण तथा वृक्षारोपण
स्वर्गीय बसन्त सामतकाे परिवारलाई नेपाली टिकटक हर्ट ग्रुपदृरा सहयाेग हस्तान्तरण
बुटवल यातायात कार्यालयबाट दुई बिचौलिया पक्राउ, कमिसन असुलीमा संलग्न
महाशिवरात्री लक्षित नयाँ भक्ति गीत ‘शिव भन्दा भन्दै’ सार्वजनिक, सकारात्मक प्रतिक्रिया
वडास्तरको विकास र जिम्मेवारी : बुढानिलकण्ठ–१३ को सन्देश सम्पादकीय सौलिमा
समाचार पढेर तपाईंलाइ कस्तो लाग्यो ?
माया0
दुखि0
खुशी0
निद्रा0
रिस0
ओख्खो0

थप समाचार

मोतिराज–शान्तिश्रीको स्वरमा ‘बिर्सु कसरी’ सार्वजनिक, नवराजको जीवन पीडाको मार्मिक अभिव्यक्ति

२०८३ बैशाख ५, शनिबार १२:५३

स्वास्थ्य संस्थामा श्रम ऐन उल्लंघनबारे गुनासो, मन्त्रालयको ध्यानाकर्षण

सर्वोच्च अदालतको फैसला: गगन थापा समूहलाई आधिकारिकता, देउवा समूहको रिट खारेज

सर्वोच्चको फैसलापछि पौडेलको अपिल: ‘हार–जितको रूपमा नहेरौँ, एकता जोगाऔँ’

गुल्मीमा ६२ वर्षीया महिलामाथि जबर्जस्ती करणी आरोप, युवक पक्राउ

बुटवलमा ई–रिक्सा चालक आन्दोलनमा, ‘दर्ता नभएकालाई रोक लगाऊ’ माग

बुटवलमा सडक अतिक्रमण हटाउने अभियान: सुरुमा आक्रामक, तेस्रो दिनदेखि नरम

भैरहवामा विद्युत आपूर्ति स्थिर, सेवा सुधारमा प्राधिकरणको ध्यान

हाम्रो बारेमा

  • कम्पनि दर्ता नं. : ३२९४७९/०८०/०८१
  • सूचना बिभाग दर्ता नं. :४४५१-२०८०/२०८१
  • प्रेस काउन्सिल सूचीकरण नं. :४४४२-२०८०/०८१
  • बिज्ञापनको लागि : ९८६७२३३०७१

हाम्रो टिम

  • अध्यक्ष / संचालक :सुदीप ज्ञवाली
  • सम्पादक : सुब्रत ज्ञवाली
  • ब्यबस्थापक : इन्द्रमणि ज्ञवाली
  • न्यूज डेस्क : सुदीप ज्ञवाली
  • संवाददाता : सुदीप ज्ञवाली,सुशील खनाल , निरज रानाभाट
  • बजार प्रतिनिधि : सुशील खनाल

सम्पर्क ठेगाना

  • बुटवल–१३, रुपन्देही, नेपाल
  • फोन : ९८६७२३३०७१
  • इमेल :info@gulmibulletin.com
© 2023All Rights Reserved , Site By : Sudeep Gyawali
Welcome Back!

Sign in to your account

Username or Email Address
Password

Lost your password?