By using this site, you agree to the Privacy Policy and Terms of Use.
Accept
गुल्मी बुलेटिन
  • होम पेज
  • समाचार
  • लियाे
  • अर्थतन्त्र
    • बैंकिङ
    • बिज्ञान प्रबिधि
  • जीवनशैली
  • मनोरन्जन
    • चलचित्र
    • धर्म संस्कृति
    • भिडियो
  • राशिफल
  • पुस्तक संसार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • रोचक
  • अन्य
    • बिज्ञान प्रबिधि
    • कृषि
    • फोटो ग्यालरी
    • राशिफल
    • फिचर
  • होम पेज
  • समाचार
  • लियाे
  • अर्थतन्त्र
    • बैंकिङ
    • बिज्ञान प्रबिधि
  • जीवनशैली
  • मनोरन्जन
    • चलचित्र
    • धर्म संस्कृति
    • भिडियो
  • राशिफल
  • पुस्तक संसार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • रोचक
  • अन्य
    • बिज्ञान प्रबिधि
    • कृषि
    • फोटो ग्यालरी
    • राशिफल
    • फिचर
गुल्मी बुलेटिनगुल्मी बुलेटिन
  • समाचार
  • लियाे
  • शिक्षा
  • अर्थतन्त्र
  • मनोरन्जन
  • खेलकुद
  • विचार
  • राजनीति
  • अन्तर्राष्ट्रिय
  • होम पेज
  • समाचार
  • लियाे
  • विजनेस
  • शिक्षा
  • रोजगार
  • राशिफल
Have an existing account? Sign In
Home » स्कलर्स होम सेकेण्डरी स्कुलले ३४औँ स्थापना दिवस विविध कार्यक्रमसहित मनाउने

स्कलर्स होम सेकेण्डरी स्कुलले ३४औँ स्थापना दिवस विविध कार्यक्रमसहित मनाउने

News Desk
News Desk
२०८२ पुष ८, मंगलवार २०:२९

बुटवल :- स्कलर्स होम सेकेण्डरी स्कुलले आफ्नो ३४औँ स्थापना दिवसको अवसरमा विविध शैक्षिक तथा रचनात्मक कार्यक्रम आयोजना गर्ने भएको छ। विद्यालयले पुस १० र ११ गते जिल्लास्तरीय अन्तरविद्यालय रनिङ शिल्ड हाजिरीजवाफ (क्विज) प्रतियोगितासहित पुरस्कार वितरण तथा अन्य कार्यक्रम गर्ने जनाएको हो।

मंगलबार विद्यालयको सी ब्लकमा आयोजित पत्रकार सम्मेलनमा जानकारी दिँदै प्राचार्य बाबुराम बन्जाडेले विगत १३ वर्षदेखि निरन्तर सञ्चालन हुँदै आएको हाजिरीजवाफ प्रतियोगिताको यो १२औँ संस्करण रहेको बताए। उनका अनुसार पुस १० गते हाजिरीजवाफ प्रतियोगिता र पुस ११ गते स्थापना दिवस समारोह तथा पुरस्कार वितरण कार्यक्रम हुनेछ।

हाजिरीजवाफ प्रतियोगितामा प्रथम हुने विद्यालयलाई नगद १० हजार रुपैयाँसहित शिल्ड, मेडल र प्रमाणपत्र प्रदान गरिनेछ। दोस्रो हुनेले ७ हजार ५ सय र तेस्रो हुनेले ४ हजार ५ सय रुपैयाँ नगद पुरस्कार प्राप्त गर्नेछन्। हालसम्म ४० वटा विद्यालय प्रतियोगितामा दर्ता भइसकेको विद्यालयले जनाएको छ। प्रतियोगितामा कक्षा १० सम्मका विद्यार्थी सहभागी हुन पाउने र कम्तीमा एक जना छात्रा अनिवार्य सहभागी हुनुपर्ने व्यवस्था गरिएको छ।

गत वर्षको प्रतियोगितामा एभरेष्ट इङ्लिस बोर्डिङ स्कुल विजेता बनेको थियो भने न्यु होराइजनले यसअघि दुई पटक लगातार तीन–तीन वर्ष रनिङ शिल्ड जितेको थियो।

कार्यक्रममा विद्यालय व्यवस्थापन समितिका अध्यक्ष मनहरि बश्यालले सामाजिक सेवाको उद्देश्यसहित विद्यालय स्थापना गरिएको बताउँदै स्कलर्स होमले आईएसओ मान्यता प्राप्त गरिसकेको जानकारी दिए।
विद्यालयका संस्थापक शिव गुरुङले भारतमा अध्ययन गरेको अनुभवलाई आधार बनाएर गुणस्तरीय शिक्षा प्रदान गर्ने लक्ष्यसहित स्कलर्स होम स्थापना गरिएको बताए। उनले परीक्षाको प्रश्नपत्र अभिभावकलाई देखाउने अभ्यास, विद्यार्थीलाई मार्शल आर्ट सिकाउने र औपचारिक कार्यक्रम विद्यार्थीलाई नै जिम्मा दिने अभ्यास विद्यालयका विशेष पहिचान भएको उल्लेख गरे।

कार्यक्रममा संस्थापिका लक्ष्मी गुरुङ र भ्वाइस प्रेसिडेन्ट टिकाराम गौतमले वडा नम्बर ९ मा स्कलर्स होम एकमात्र विद्यालय रहेको बताए।
हाल विद्यालयमा नर्सरीदेखि कक्षा १२ सम्म करिब १ हजार ५ सय विद्यार्थी अध्ययनरत छन् भने बीबीएस तहमा करिब १५० विद्यार्थी अध्ययनरत छन्। विद्यालयमा १२० जना शिक्षक तथा कर्मचारी कार्यरत रहेका छन्।

Loading

Facebook Comments Box
गुल्मी चारपाला रुपन्देही सम्पर्क समाजको बनभोज कार्यक्रम सम्पन्न
बुटवलमा लायन्स क्लबद्वारा बिद्यालयमा शैक्षिक सामग्री वितरण तथा वृक्षारोपण
गुल्मीमा डोजरले हानेर मान्छे मारेको घटना गुपचाप गर्ने प्रयास
नारायणी अस्पतालमा स्थापित ओसीएमसीले ३९५ जनालाई दियो सेवा
पाहुना गएको बेला नुहाउने क्रममा नदीमा डुबेर युवकको मृत्यु
समाचार पढेर तपाईंलाइ कस्तो लाग्यो ?
माया0
दुखि0
खुशी0
निद्रा0
रिस0
ओख्खो0

थप समाचार

मोतिराज–शान्तिश्रीको स्वरमा ‘बिर्सु कसरी’ सार्वजनिक, नवराजको जीवन पीडाको मार्मिक अभिव्यक्ति

२०८३ बैशाख ५, शनिबार १२:५३

स्वास्थ्य संस्थामा श्रम ऐन उल्लंघनबारे गुनासो, मन्त्रालयको ध्यानाकर्षण

सर्वोच्च अदालतको फैसला: गगन थापा समूहलाई आधिकारिकता, देउवा समूहको रिट खारेज

सर्वोच्चको फैसलापछि पौडेलको अपिल: ‘हार–जितको रूपमा नहेरौँ, एकता जोगाऔँ’

गुल्मीमा ६२ वर्षीया महिलामाथि जबर्जस्ती करणी आरोप, युवक पक्राउ

बुटवलमा ई–रिक्सा चालक आन्दोलनमा, ‘दर्ता नभएकालाई रोक लगाऊ’ माग

बुटवलमा सडक अतिक्रमण हटाउने अभियान: सुरुमा आक्रामक, तेस्रो दिनदेखि नरम

भैरहवामा विद्युत आपूर्ति स्थिर, सेवा सुधारमा प्राधिकरणको ध्यान

हाम्रो बारेमा

  • कम्पनि दर्ता नं. : ३२९४७९/०८०/०८१
  • सूचना बिभाग दर्ता नं. :४४५१-२०८०/२०८१
  • प्रेस काउन्सिल सूचीकरण नं. :४४४२-२०८०/०८१
  • बिज्ञापनको लागि : ९८६७२३३०७१

हाम्रो टिम

  • अध्यक्ष / संचालक :सुदीप ज्ञवाली
  • सम्पादक : सुब्रत ज्ञवाली
  • ब्यबस्थापक : इन्द्रमणि ज्ञवाली
  • न्यूज डेस्क : सुदीप ज्ञवाली
  • संवाददाता : सुदीप ज्ञवाली,सुशील खनाल , निरज रानाभाट
  • बजार प्रतिनिधि : सुशील खनाल

सम्पर्क ठेगाना

  • बुटवल–१३, रुपन्देही, नेपाल
  • फोन : ९८६७२३३०७१
  • इमेल :info@gulmibulletin.com
© 2023All Rights Reserved , Site By : Sudeep Gyawali
Welcome Back!

Sign in to your account

Username or Email Address
Password

Lost your password?