By using this site, you agree to the Privacy Policy and Terms of Use.
Accept
गुल्मी बुलेटिन
  • होम पेज
  • समाचार
  • लियाे
  • अर्थतन्त्र
    • बैंकिङ
    • बिज्ञान प्रबिधि
  • जीवनशैली
  • मनोरन्जन
    • चलचित्र
    • धर्म संस्कृति
    • भिडियो
  • राशिफल
  • पुस्तक संसार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • रोचक
  • अन्य
    • बिज्ञान प्रबिधि
    • कृषि
    • फोटो ग्यालरी
    • राशिफल
    • फिचर
  • होम पेज
  • समाचार
  • लियाे
  • अर्थतन्त्र
    • बैंकिङ
    • बिज्ञान प्रबिधि
  • जीवनशैली
  • मनोरन्जन
    • चलचित्र
    • धर्म संस्कृति
    • भिडियो
  • राशिफल
  • पुस्तक संसार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • रोचक
  • अन्य
    • बिज्ञान प्रबिधि
    • कृषि
    • फोटो ग्यालरी
    • राशिफल
    • फिचर
गुल्मी बुलेटिनगुल्मी बुलेटिन
  • समाचार
  • लियाे
  • शिक्षा
  • अर्थतन्त्र
  • मनोरन्जन
  • खेलकुद
  • विचार
  • राजनीति
  • अन्तर्राष्ट्रिय
  • होम पेज
  • समाचार
  • लियाे
  • विजनेस
  • शिक्षा
  • रोजगार
  • राशिफल
Have an existing account? Sign In
Home » चिसोका बाबजुद औद्योगिक प्रदर्शनीमा बढ्दो अवलोकनकर्ता भीड

चिसोका बाबजुद औद्योगिक प्रदर्शनीमा बढ्दो अवलोकनकर्ता भीड

News Desk
News Desk
२०८२ पुष ४, शुक्रबार २१:०६

बुटवल :- रुपन्देही उद्योग संघको आयोजनामा ‘समृद्ध नेपाल निर्माणको आधार, स्वदेशी उद्यमशीलताको विस्तार’ भन्ने मूल नारासहित बुटवलमा सुरु भएको १६औँ राष्ट्रिय औद्योगिक प्रदर्शनी, कृषि, प्रविधि तथा पर्यटन महोत्सव–२०८२ मा चिसो मौसमका बाबजुद अवलोकनकर्ताको भीड बढ्दै गएको छ।

बिहीबारदेखि सुरु भएको प्रदर्शनीको दोस्रो दिन शुक्रबार अवलोकनकर्ताको उल्लेख्य उपस्थिति देखिएको गेट टिकट उपसमितिका संयोजक राजु घिमिरेले जानकारी दिनुभयो। बुटवल मण्डपमा निर्माणाधीन अन्तरराष्ट्रिय प्रदर्शनी केन्द्रमा सञ्चालन भइरहेको प्रदर्शनीमा स्वदेशी उत्पादनका करिब ५ सय वटा स्टल राखिएका छन्। स्टलहरूलाई विभिन्न विधाअनुसार १० वटा पेभिलियनमा विभाजन गरिएको छ।

प्रदर्शनीमा देशका ३९ जिल्लाबाट सहभागिता रहेको छ। शनिबार पहिलो साप्ताहिक बिदा परेकाले अवलोकनकर्ताको संख्या अझै बढ्ने अनुमान गर्दै आयोजकले सोही अनुसारको तयारी गरेको जनाएको छ। सहभागी अवलोकनकर्ताहरूले स्वदेशी उत्पादनमा विशेष चासो देखाउँदै उद्योगहरूको अध्ययन गरिरहेको सदस्य सचिव सुमन बस्यालले जानकारी दिनुभयो।

स्वदेशी उत्पादनको प्रदर्शन र बजारीकरण मुख्य उद्देश्य राखिएको प्रदर्शनीमा करिब ८ लाख दर्शकले अवलोकन गर्ने र ३० करोड रुपैयाँ बराबरको आर्थिक कारोबार हुने लक्ष्य राखिएको प्रदर्शनी प्रबन्धक यादव भण्डारीले जानकारी दिनुभयो।

प्रदर्शनीलाई थप आकर्षक र मनोरञ्जनात्मक बनाउन लोकदोहोरी प्रतियोगिता, ख्यातिप्राप्त आधुनिक गायक–गायिकाका प्रस्तुति, हास्य कलाकार, ब्याण्डहरूको सांगीतिक कार्यक्रम, विद्यालयस्तरीय लोकनृत्य तथा वक्तृत्वकला प्रतियोगिता, प्रदर्शनी आइडल, भजन प्रतियोगितालगायतका कार्यक्रम समावेश गरिएको सांस्कृतिक उपसमिति संयोजक लालप्रसाद बस्यालले जानकारी दिनुभयो।

प्रदर्शनीमार्फत प्रविधिबारे जानकारी दिने, उद्योगी र उपभोक्ताबीच प्रत्यक्ष सम्पर्क स्थापित गर्ने, उत्पादित वस्तुहरूको बजार प्रवर्द्धन तथा गुणस्तरीय प्रतिस्पर्धा विकास गर्ने उद्देश्य राखिएको सचिव तथा परिचयपत्र उपसमिति संयोजक अशोक कुँवरले बताउनुभयो। साथै उद्योगीहरूबीच समस्या, अवसर र चुनौतीबारे अन्तरक्रिया, सूचना तथा प्रविधिको आदानप्रदान, पर्यटन प्रवर्द्धन, गोष्ठी, अन्तरक्रिया तथा कार्यशालाको आयोजना गरिनेछ।

प्रचारप्रसार संयोजक किरण खरेलका अनुसार प्रदर्शनीमा औद्योगिक प्रविधि, रेष्टुरेन्ट, कृषि, हस्तकला, फ्लोरिकल्चर, गार्मेन्ट, बेकरी तथा कन्फेक्सनरी, छालाजुत्ता, खाद्यान्न, आइटीलगायतका क्षेत्रका गरी करिब ५ सय स्टल समावेश छन्।

Loading

Facebook Comments Box
नाबालिग बलात्कार आरोपमा परियार पक्राउ
तीजमा नाच्ने बेला भएको विवादपछि कुटपिट हुँदा एक जनाको मृत्यु
गुल्मी चेम्बर अफ कमर्सको अध्यक्षमा पाण्डे निर्वाचित !
सहिद पार्क गुल्मी : पश्चिमी भेगको उदीयमान पर्यटकीय गन्तव्य
जिसस स्याङ्जाको गाडी दुर्घटना : चालकको मृत्यु, समन्वय अधिकारीसहित ३ जना घाइते
समाचार पढेर तपाईंलाइ कस्तो लाग्यो ?
माया0
दुखि0
खुशी0
निद्रा0
रिस0
ओख्खो0

थप समाचार

मोतिराज–शान्तिश्रीको स्वरमा ‘बिर्सु कसरी’ सार्वजनिक, नवराजको जीवन पीडाको मार्मिक अभिव्यक्ति

२०८३ बैशाख ५, शनिबार १२:५३

स्वास्थ्य संस्थामा श्रम ऐन उल्लंघनबारे गुनासो, मन्त्रालयको ध्यानाकर्षण

सर्वोच्च अदालतको फैसला: गगन थापा समूहलाई आधिकारिकता, देउवा समूहको रिट खारेज

सर्वोच्चको फैसलापछि पौडेलको अपिल: ‘हार–जितको रूपमा नहेरौँ, एकता जोगाऔँ’

गुल्मीमा ६२ वर्षीया महिलामाथि जबर्जस्ती करणी आरोप, युवक पक्राउ

बुटवलमा ई–रिक्सा चालक आन्दोलनमा, ‘दर्ता नभएकालाई रोक लगाऊ’ माग

बुटवलमा सडक अतिक्रमण हटाउने अभियान: सुरुमा आक्रामक, तेस्रो दिनदेखि नरम

भैरहवामा विद्युत आपूर्ति स्थिर, सेवा सुधारमा प्राधिकरणको ध्यान

हाम्रो बारेमा

  • कम्पनि दर्ता नं. : ३२९४७९/०८०/०८१
  • सूचना बिभाग दर्ता नं. :४४५१-२०८०/२०८१
  • प्रेस काउन्सिल सूचीकरण नं. :४४४२-२०८०/०८१
  • बिज्ञापनको लागि : ९८६७२३३०७१

हाम्रो टिम

  • अध्यक्ष / संचालक :सुदीप ज्ञवाली
  • सम्पादक : सुब्रत ज्ञवाली
  • ब्यबस्थापक : इन्द्रमणि ज्ञवाली
  • न्यूज डेस्क : सुदीप ज्ञवाली
  • संवाददाता : सुदीप ज्ञवाली,सुशील खनाल , निरज रानाभाट
  • बजार प्रतिनिधि : सुशील खनाल

सम्पर्क ठेगाना

  • बुटवल–१३, रुपन्देही, नेपाल
  • फोन : ९८६७२३३०७१
  • इमेल :info@gulmibulletin.com
© 2023All Rights Reserved , Site By : Sudeep Gyawali
Welcome Back!

Sign in to your account

Username or Email Address
Password

Lost your password?