हेटौंडा :- मकवानपुरकाे भीमफेदी गाउँपालिका भएकाे कार दुर्घटनामा एक जनाकाे ज्यान गएकाे छ । दुर्घटनामा हेटौंडा उपमहानगरपालिका वडा नम्वर ३, बसामाडी बस्ने अन्दाजी ३० वर्षीय बिबेक लामाको ज्यान गएकाे हाे ।

लामा चढेको बीएसी ०५३७ नम्वरको कार काठमाडौंबाट हेटौंडा जाँदै गर्दा भीमफेदी गाउँपालिका दुर्घटनामा परेको हाे । दुर्घटनाकाे प्रकृति हेर्दा कार आफै अनियन्त्रित भई सडकबाट करिव ३०० मिटर तल खाेचमा खसी दुर्घटना भएकाे जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायव उपरीक्षक टेकबहादुर कार्कीले जानकारी दिनुभएकाे छ।
दुर्घटनामा परेर कार चालक लामा भने बिच भागतिर अड्किएको अवस्थामा नेपाल प्रहरी, नेपाल आर्मीको संयुक्त टोलीले मृत फेला पारेको प्रहरी नायव उपरीक्षक कार्कीले बताउनुभएकाे छ।

मृतक लामाको मुचुल्का कार्य सुरु गरेको र मुचुल्का कार्य सम्पन्न भएपछि हेटौंडा लगिने प्रहरी नायव उपरीक्षक कार्कीले बताउनुभएकाे छ । दुर्घटनामा घाईते राजकुमार बल थप उपचारका लागि हेटौंडातर्फ लैजान लागिएकाे प्रहरीले जनाएकाे छ।

