By using this site, you agree to the Privacy Policy and Terms of Use.
Accept
गुल्मी बुलेटिन
  • होम पेज
  • समाचार
  • लियाे
  • अर्थतन्त्र
    • बैंकिङ
    • बिज्ञान प्रबिधि
  • जीवनशैली
  • मनोरन्जन
    • चलचित्र
    • धर्म संस्कृति
    • भिडियो
  • राशिफल
  • पुस्तक संसार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • रोचक
  • अन्य
    • बिज्ञान प्रबिधि
    • कृषि
    • फोटो ग्यालरी
    • राशिफल
    • फिचर
  • होम पेज
  • समाचार
  • लियाे
  • अर्थतन्त्र
    • बैंकिङ
    • बिज्ञान प्रबिधि
  • जीवनशैली
  • मनोरन्जन
    • चलचित्र
    • धर्म संस्कृति
    • भिडियो
  • राशिफल
  • पुस्तक संसार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • रोचक
  • अन्य
    • बिज्ञान प्रबिधि
    • कृषि
    • फोटो ग्यालरी
    • राशिफल
    • फिचर
गुल्मी बुलेटिनगुल्मी बुलेटिन
  • समाचार
  • लियाे
  • शिक्षा
  • अर्थतन्त्र
  • मनोरन्जन
  • खेलकुद
  • विचार
  • राजनीति
  • अन्तर्राष्ट्रिय
  • होम पेज
  • समाचार
  • लियाे
  • विजनेस
  • शिक्षा
  • रोजगार
  • राशिफल
Have an existing account? Sign In
Home » फागुन १० गतेभित्र सत्ता गठबन्धन भत्काउछाैँ : कांग्रेस महामन्त्री गगनकुमार थापा

फागुन १० गतेभित्र सत्ता गठबन्धन भत्काउछाैँ : कांग्रेस महामन्त्री गगनकुमार थापा

News Desk
News Desk
२०७९ फाल्गुन १, सोमबार २१:०७

नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले फागुन १० गतेभित्र सत्ता गठबन्धन भत्किने दाबी गर्नुभएको छ । नेपाली कांग्रेस रुपन्देही क्षेत्र नम्बर १ ले आज तिलोत्तमा १५ कोटिहवामा आयोजना गरेको अगुवा कार्यकर्ता भेलालाई सम्बोधन गर्दै महामन्त्री थापाले पुषको १० गते निर्माण भएको एमालेसहितको सत्ता गठबन्धन फागुनको १० गतेसम्ममा भत्काएरै छाड्ने बताउनुभएको हो ।

महामन्त्री थापाले निर्वाचन अगाडिको गठबन्धनले ५ बर्षसम्म संगै सरकार सञ्चालन गर्ने र मुलुकमा स्थीरता, समुन्नती र समृद्धिका लागि काम गर्ने गरी जनताले निर्वाचित गराएकाले जनताको म्यान्डेट विपरित बनेको बर्तमान सत्ता गठबन्धन भत्काउने जिकिर गर्नुभयो ।

निर्वाचन अगाडि जनतासंग जाँदा एउटा गठबन्धन र निर्वाचनपछि सरकार बन्दा अर्को गठबन्धन हुँदा जनतामा नैरास्यता छाएको उल्लेख गर्दै जनताको म्यान्डेट अनुसार सत्ता गठबन्धन अगाडि बढ्नु पर्नेमा जोड दिनुभयो ।

चुनाव भन्दा अगाडि गठबन्धन गरेर मत मागेर आएपछि तलमाथि गर्ने अधिकार कसैलाई नभएपनि व्यवहारमा उच्च राजनैतिक संस्कार र नैतिकता कायम राख्न नसक्नु नेतृत्वको कमजोरी रहेको महामन्त्री थापाको भनाई छ । नेतृत्वले गरेको गल्तीका कारण चुनावी गठबन्धन भत्किएको भए पनि जनचाहनाअनुसार कांग्रेस नेतृत्वको गठबन्धन बनाउने उहाँले दाबी गर्नुभएको छ ।

फागुन २५ गते नेपाली कांग्रेसले उठाएको उम्मेदवार राष्ट्रपतिमा निर्वाचित गराउने भन्दै महामन्त्री थापाले एमालेले प्रस्ताव गरेको व्यक्ति राष्ट्रपति निर्वाचित भएमा सिंहदरबार र शीतल निवासबाट समानान्तर सत्ता चल्ने दावि गर्नुभएको छ ।

उहाँले सत्ता र शक्तिको दुरुपयोग हुन नदिनका लागि एमालेले प्रस्ताव गरेको व्यक्ति राष्ट्रपतिमा पराजित हुनैपर्ने जिकिर गर्नुभयो । उहाँले एमाले अध्यक्ष केपि ओलीले भनेको व्यक्ति राष्ट्रपति भए सिहं दरवारबाटै सित्तल निवासको लेटर प्याड र रवर स्ट्याम्पले राष्ट्रपतिको काम हुने भन्दै देशलाई दुर्घटनाबाट जोगाउन कांग्रेसले तय गरेको व्यक्ति राष्ट्रपति हुने उल्लेख गर्नु भयो ।

Loading

Facebook Comments Box
गुल्मी चारपाला रूपन्देही सम्पर्क समाजद्वारा स्थापना दिवसको अवसरमा रक्तदान कार्यक्रम आयोजना
चितवनमा मतदान गरेर रुकुमपूर्व पुगे प्रचण्ड
भैरहवा भन्सारले दुई महिनामा समात्यो तस्करीका सवा १३ करोडका सामान
गुल्मीमा पर्व लक्षित ग्रामीण स्तरका सडक धमाधम मर्मत
बुलिङटारका १०० विद्यार्थीलाई लियो क्लब अफ बुटवल गोल्डेन जुब्लीद्वारा शैक्षिक सामग्री वितरण
समाचार पढेर तपाईंलाइ कस्तो लाग्यो ?
माया0
दुखि0
खुशी0
निद्रा0
रिस0
ओख्खो0

थप समाचार

मोतिराज–शान्तिश्रीको स्वरमा ‘बिर्सु कसरी’ सार्वजनिक, नवराजको जीवन पीडाको मार्मिक अभिव्यक्ति

२०८३ बैशाख ५, शनिबार १२:५३

स्वास्थ्य संस्थामा श्रम ऐन उल्लंघनबारे गुनासो, मन्त्रालयको ध्यानाकर्षण

सर्वोच्च अदालतको फैसला: गगन थापा समूहलाई आधिकारिकता, देउवा समूहको रिट खारेज

सर्वोच्चको फैसलापछि पौडेलको अपिल: ‘हार–जितको रूपमा नहेरौँ, एकता जोगाऔँ’

गुल्मीमा ६२ वर्षीया महिलामाथि जबर्जस्ती करणी आरोप, युवक पक्राउ

बुटवलमा ई–रिक्सा चालक आन्दोलनमा, ‘दर्ता नभएकालाई रोक लगाऊ’ माग

बुटवलमा सडक अतिक्रमण हटाउने अभियान: सुरुमा आक्रामक, तेस्रो दिनदेखि नरम

भैरहवामा विद्युत आपूर्ति स्थिर, सेवा सुधारमा प्राधिकरणको ध्यान

हाम्रो बारेमा

  • कम्पनि दर्ता नं. : ३२९४७९/०८०/०८१
  • सूचना बिभाग दर्ता नं. :४४५१-२०८०/२०८१
  • प्रेस काउन्सिल सूचीकरण नं. :४४४२-२०८०/०८१
  • बिज्ञापनको लागि : ९८६७२३३०७१

हाम्रो टिम

  • अध्यक्ष / संचालक :सुदीप ज्ञवाली
  • सम्पादक : सुब्रत ज्ञवाली
  • ब्यबस्थापक : इन्द्रमणि ज्ञवाली
  • न्यूज डेस्क : सुदीप ज्ञवाली
  • संवाददाता : सुदीप ज्ञवाली,सुशील खनाल , निरज रानाभाट
  • बजार प्रतिनिधि : सुशील खनाल

सम्पर्क ठेगाना

  • बुटवल–१३, रुपन्देही, नेपाल
  • फोन : ९८६७२३३०७१
  • इमेल :info@gulmibulletin.com
© 2023All Rights Reserved , Site By : Sudeep Gyawali
Welcome Back!

Sign in to your account

Username or Email Address
Password

Lost your password?