गुल्मी :-नेपाल कम्युनिस्ट पार्टी (नेकपा) गुल्मी निर्वाचन क्षेत्र नम्बर–२ मा श्रीराम मोहतपछिल्लो समय संगठन विस्तार र जनसम्पर्क अभियानमा अग्रपंक्तिमा देखिँदै आउनु भएको छ। सरल स्वभाव, स्पष्ट वैचारिक दृष्टिकोण र निरन्तर सक्रियताका कारण उहाँ पार्टीभित्र मात्र नभई आम नागरिकबीच पनि विश्वासिलो र जनमुखी नेताका रूपमा स्थापित हुँदै जानु भएको छ।

राजनीतिलाई सेवाको माध्यमका रूपमा बुझ्ने मोहत पार्टीका नीति, सिद्धान्त र कार्यक्रमलाई व्यवहारमा उतार्न निरन्तर क्रियाशील रहनु भएको छ। गाउँ–गाउँ पुगेर कार्यकर्ता भेटघाट, जनसंवाद, प्रशिक्षण तथा राजनीतिक चेतना अभिवृद्धिका कार्यक्रम सञ्चालन गर्नु उहाँको दैनिकी जस्तै बनेको छ।
गुल्मी–२ का ग्रामीण, पहाडी तथा दुर्गम बस्तीहरूमा पुगेर शिक्षा, स्वास्थ्य, सडक, खानेपानी र रोजगारीजस्ता आधारभूत समस्यालाई नजिकबाट बुझ्ने र ती समस्या पार्टी नेतृत्वसम्म पुर्याउने कार्यमा उहाँ सक्रिय रहनु भएको छ। स्थानीयका अनुसार, “जनताका समस्या सुन्ने मात्र होइन, समाधानका लागि निरन्तर पछ्याइरहने नेता कमै हुन्छन्, सिरम महत त्यही वर्गमा पर्नु हुन्छ।”

पार्टी संगठनभित्र एकता, अनुशासन र सामूहिक नेतृत्वलाई प्राथमिकता दिने महतले युवा पुस्तालाई राजनीतितर्फ आकर्षित गर्न विशेष जोड दिनु भएको छ। परिवर्तन युवाको काँधमा रहेको विश्वासका साथ उहाँले संगठनमा नयाँ ऊर्जा थप्ने भूमिकामा निरन्तर योगदान दिँदै आउनु भएको छ।
आगामी राजनीतिक चुनौतीहरूलाई मध्यनजर गर्दै नेकपा गुल्मी–२ लाई अझ मजबुत, व्यवस्थित र जनमुखी संगठनका रूपमा विकास गर्ने लक्ष्यसहित महत अघि बढिरहनु भएको छ। उहाँको सक्रियता, प्रतिबद्धता र जनआधारले गुल्मी–२ मा नेकपाको भविष्य अझ सशक्त हुने विश्वास पार्टी पंक्तिले लिएको छ।
![]()

