
काठमाडौं : पेट्रोलियम पदार्थको मूल्यमा कटौती गरिएको छ। नेपाल आयल निगम सञ्चालक समितिको शनिबार बसेको बैठकले पेट्रोलमा प्रतिलिटर ५ रुपैयाँ र डिजेल तथा मट्टीतेलमा प्रतिलिटर ४ रुपैयाँ घटाउने निर्णय गरेको हो।
इण्डियन आयल कर्पोरेशनबाट पेट्रोल तथा डिजेलको नयाँ खरिद मूल्य घटेर आएकाले मूल्य समायोजन गरिएको निगमले जनाएको छ।

अब काठमाडौँ उपत्यकामा:
🔸 पेट्रोल: प्रतिलिटर १६३ रुपैयाँ
🔸 डिजेल र मट्टीतेल: प्रतिलिटर १५१ रुपैयाँ
घटाइएको नयाँ मूल्य राति १२ बजेदेखि लागू हुने निगमले जनाएको छ।