
काठमाडौं :- नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’को सचिवालयले सरकारमा जान लागेको हल्ला निराधार भएको दाबी गरेको छ।
शनिबार अध्यक्ष प्रचण्डकी निजी स्वकीय सचिव गंगा दाहालले सामाजिक सञ्जालमार्फत यो हल्ला बेतुक र आधारहीन भएको बताएकी छिन्।

उनले लेखेकी छिन्, ‘भ्रष्टाचारविरुद्ध सुशासनको महाअभियान लिएर जनताको घर–घरमा गई जनतासँग हातेमालो गर्दै अघि बढिरहेको हाम्रो गौरवशाली पार्टी नेकपा माओवादी केन्द्रको अभियानबाट आत्तिएर हाम्रो पार्टी र नेतृत्वलाई कमजोर पार्ने उद्देश्यले “माओवादी केन्द्र पनि सरकारमा जाँदैछ” भन्ने एउटा बेतुकको हल्ला बजारमा चलाइएको रहेछ, यसमा बिल्कुलै सत्यता छैन।’
उनका अनुसार पार्टी र नेतृत्व अहिले सरकारमा जाने कुनै योजना नभएको स्पष्ट पारेकी छिन्। उनले यो हल्ला केवल पार्टीलाई कमजोर बनाउने नियतले चलाइएको आरोप लगाएकी छिन्।