तनहुँमा मोटरसाइकल दुर्घटनामा काँग्रेस नेता बालकृष्ण पौडेलको मृत्यु

Deurali Darshan Media
Deurali Darshan Media 225 Views 1 Min Read

तनहुँ:– तनहुँ जिल्लामा मोटरसाइकल दुर्घटनामा परेर नेपाली काँग्रेस जिल्ला कार्यसमिति सदस्य बालकृष्ण पौडेल को मृत्यु भएको छ।

शनिबार राति पृथ्वी राजमार्ग अन्तर्गत शुक्लागण्डकी नगरपालिका–२, नर्सरी क्षेत्रमा पोखरा तर्फ जाँदै गरेको ग १३ प ५०६२ नम्बर को मोटरसाइकल दुर्घटनामा परेको इलाका प्रहरी कार्यालयले जानकारी दिएको छ।

दुर्घटनामा गम्भीर घाइते भएका ५२ वर्षीय पौडेललाई तत्काल उपचारका लागि जीपी कोइराला अस्पताल पठाइए पनि चिकित्सकले उनलाई मृत घोषणा गरेका थिए।

प्रहरीले दुर्घटनाको कारणबारे अनुसन्धान शुरू गरिसकेको छ र घटनाबारे थप जानकारी प्राप्त गर्न प्रयास जारी राखेको छ। पौडेलको असामयिक निधनले नेपाली काँग्रेस पार्टी र समुदायमा गहिरो शोक छाएको छ।