स्ववियु निर्वाचनमा निराजन खरेलको उम्मेदवारी घोषणा

Deurali Darshan Media
Deurali Darshan Media 204 Views 1 Min Read

बुटवल :– स्ववियु (स्वतन्त्र विद्यार्थी युनियन) निर्वाचनलाई लिएर विद्यार्थीहरूबीच चर्चा परिचर्चा भइरहेका बेला निरज खरेलले सभापति पदमा उम्मेदवारी घोषणा गरेका छन्। उनले विद्यार्थीका मुद्दा उठाउँदै क्याम्पसभित्रको शैक्षिक वातावरणलाई सुधार गर्ने उद्देश्यसहित नेपाल विद्यार्थी संघबाट उम्मेदवारी दिएको बताएका छन्।

निरज खरेलले विगत केही दिनयता धेरै विद्यार्थीहरूसँगको संवादपछि विद्यार्थीहरूले स्ववियु निर्वाचनलाई राजनीति गर्ने र नेता बन्ने साधनका रूपमा मात्र सीमित भएको महसुस गरेको बताए। “स्ववियुले अपेक्षित परिणाम दिन नसकेको स्थिति छ। यस निर्वाचनले फगत स्ववियु बन्नका लागि मात्र नभई क्याम्पसभित्रको शैक्षिक वातावरणलाई फराकिलो बनाउँदै विद्यार्थीका मुद्दा स्थापित गराउन सक्ने नेतृत्व चुन्ने अवसर दिनुपर्छ,” उनले भने।

स्ववियु निर्वाचनमा अनावश्यक राजनीति हटाएर विद्यार्थीका मुद्दालाई प्राथमिकतामा राख्नुपर्ने खरेलको धारणा छ। उनले विचार र मुद्दासहितको आन्दोलन (movement) को आवश्यकता औंल्याउँदै सभापति पदमा उम्मेदवारी दिएको बताए। “विद्यार्थीका आवाजलाई सशक्त रूपमा उठाएर शैक्षिक सुधारमा ध्यान केन्द्रित गर्ने मेरो प्रमुख लक्ष्य हो,” खरेलले जोड दिए।

स्ववियु निर्वाचनको मिति नजिकिँदै जाँदा उम्मेदवारी घोषणा तथा प्रचारप्रसारले क्याम्पसमा विद्यार्थीहरूबीच उत्साह थपेको छ। निराजन खरेलको उम्मेदवारीले विद्यार्थी राजनीतिमा नयाँ बहस सुरु गरेको छ।