
काठमाण्डौ : पन्ध्रौं संस्करणको Red Bull मार्पाक प्रिमियर लिग (MPL) फुटसल प्रतियोगिताको सम्पूर्ण तयारी पूरा भएको आयोजकले जनाएको छ।
काठमाण्डौको भत्केकोपुल, टोखामा हुने यो फुटसल प्रतियोगिता फागुन २९ गते बिहान ७ बजे सुरु हुनेछ।

प्रतियोगिताको विजेता टिमले आकर्षक ट्रफीका साथै नगद रु २२,२२२/-, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछ। उपविजेता टिमले नगद रु ११,१११/-, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछ। प्रतियोगिताको अनुशासित टिमले नगद रु ५,५५५/- प्राप्त गर्नेछ भने सेमिफाइनलसम्म पुग्ने दुई टिमले समानरुपमा रु ३,३३३/- प्राप्त गर्नेछन्। साथै, प्रतियोगिताको उत्कृष्ट गोलकिपर, फरवार्ड र उदियमान खेलाडीले समानरुपमा नगद रु २,२२२/-, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन्।
Red Bull ले शीर्ष प्रायोजन गरेको प्रतियोगितामा नेपाली मन उद्योग, मनमैजु ले प्रायोजन गरेको छ। साथै, जयमातादेवी ज्वेलर्स, नेपालटार Cambridge, छाङमी कोरियन भाषा केन्द्र बालाजु, चौतारा ज्वेलर्स, बाईपास र ट्रेकर्स टेक नेपाल, ठमेल ले सह-प्रायोजन गरेका छन्।
यस प्रतियोगिताको टिभी पार्टनरमा दिव्यदर्शन टेलिभिजन, एफ.एम. पार्टनरमा निलकण्ठ एफ.एम. र अनलाइन मिडिया पार्टनरमा भिजन न्यूज नेपाल, जन अपडेट, धादिङ्ग सञ्चार र गुल्मी बुलेटिन रहेका छन्।
