छिमेक लघुवित्त कोहलपुर ‘क’ शाखाको १४औँ गुनासो सुनुवाई भेला सम्पन्न

Deurali Darshan Media
Deurali Darshan Media 957 Views 2 Min Read

बाँके :- छिमेक लघुवित्त वित्तीय संस्था लिमिटेड, कोहलपुर ‘क’ शाखाले १४औँ ग्राहक गुनासो सुनुवाई भेला भव्य रूपमा सम्पन्न गरेको छ। ‘ग्रामीण विकासको आधार, लघुवित्तको गुणात्मक विस्तार’ भन्ने नाराका साथ आयोजित भेलामा संस्थाका पदाधिकारीहरूले प्रगति विवरण प्रस्तुत गर्दै ग्राहकहरूको गुनासो र सुझाव सुनेका थिए।

कार्यक्रममा कोहलपुर ‘क’ शाखाका शाखा प्रबन्धक संकल्प लामिछानेले संस्थाको वि.सं. २०८१ माघ मसान्तसम्मको प्रगति प्रतिवेदन प्रस्तुत गर्दै संस्थाका गतिविधिहरू बारे जानकारी गराएका थिए। कार्यक्रममा संस्थाका प्रदेश प्रबन्धक रामनाथ महतोले लघुवित्तको भूमिका र आवश्यकताको बारेमा जानकारी गराउँदै संस्थाले गरिब तथा विपन्न वर्गका सदस्यहरूलाई पुर्‍याउँदै आएको सहयोगबारे प्रकाश पारे।

भेलामा केन्द्रीय कार्यालयका प्रतिनिधि प्रेम नायजुले वित्तीय साक्षरताको महत्त्वबारे जानकारी गराएका थिए भने अनुगमन अधिकृत सञ्जय राज विष्टले संस्थाले प्रदान गर्ने सेवा तथा सुविधाबारे जानकारी गराए। कर्जा तथा ब्याजदर सम्बन्धी जानकारी राजेन्द्र पन्थले दिएका थिए भने सूचना तथा प्रविधि सहायक रुपेश राज पन्थले संस्थाले सञ्चालनमा ल्याएको डिजिटल कार्यक्रमबारे प्रकाश पारे।

कार्यक्रममा उत्कृष्ट १० समूहलाई नगद पुरस्कार तथा सम्मानपत्र प्रदान गरिएको थियो भने ती समूहका १० जना छोरीहरूलाई छात्रवृत्ति वितरण गरिएको थियो। साथै, उत्कृष्ट तीन जना सफल व्यवसायी सदस्यहरूलाई नगद पुरस्कार र प्रमाणपत्र प्रदान गरिएको थियो। वि.सं. २०८० को एसईई परीक्षामा उत्कृष्ट जीपीए हासिल गरेका दुई जना सदस्यका छोराछोरीलाई १५ हजार रुपैयाँ नगद पुरस्कार र सम्मानपत्र प्रदान गरिएको थियो।

कार्यक्रममा दुई जना सदस्यका छोरीहरूले नृत्य प्रस्तुति दिएका थिए, जसका लागि उनीहरूलाई नगद पुरस्कार प्रदान गरिएको थियो। छिमेक लघुवित्तले गरिब तथा आर्थिक रूपमा कमजोर वर्गलाई आर्थिक सशक्तीकरण गर्दै ग्रामीण विकासमा योगदान पुर्‍याइरहेको छ।