
बुटवल :- रुपन्देहीको मायादेवी गाउँपालिकामा एक युवकको गोली हानी हत्या गरिएको छ। मायादेवी गाउँपालिका-२ डङ्गचाहावाका अन्दाजी २९ वर्षीय राजु (राजेशसिंह) लोधको घरमै गोली हानी हत्या गरिएको आशंका गरिएको छ।
स्थानीयका अनुसार लोधको टाउकोमा दुई राउन्ड गोली प्रहार गरी हत्या गरिएको हो। परिवारभित्र जग्गासम्बन्धी विवाद लामो समयदेखि चल्दै आएको थियो। हत्यापछि उनका दाइ दिपक लोध फरार रहेकाले घटना उनीसँग जोडिएको हुन सक्ने आशंका स्थानीयवासीले व्यक्त गरेका छन्।

घटनाको जानकारी बिहान मात्रै प्रहरीले पाएको थियो। खबर प्राप्त हुनेबित्तिकै रुपन्देही प्रहरीले घटनास्थल पुगेर प्रारम्भिक अनुसन्धान थालेको छ।
