
रुपन्देही, बुटवल: हिकभिजनको डीपीपी (डिलर प्रोग्रेस प्रोग्राम) ट्रेनिङ तथा अभिमुखीकरण कार्यक्रम नेट अन आईटी सोलुसनद्वारा बुटवलमा सम्पन्न भएको छ।
कार्यक्रममा सुरक्षा क्यामेरा तथा सर्भिलेन्स प्रणालीको प्रविधि, प्रयोग, र फाइदाबारे विस्तृत जानकारी प्रदान गरियो। विभिन्न पालिका तथा नगरपालिकाका आईटी इन्जिनियरहरूलाई क्यामरा र सर्भिलेन्स प्रणालीको प्रभावकारी प्रयोगबारे विशेष तालिम दिइएको थियो। डिलरहरूलाई व्यवसायिक सम्भावनाहरू विस्तार गर्ने तरिका र आधुनिक प्रविधिको उपयोगबारे पनि प्रशिक्षण प्रदान गरियो।

कार्यक्रममा नेट अन आईटी सोलुसनका प्रवन्ध निर्देशक मधु पन्थले हिकभिजनका नयाँ उत्पादनहरूबारे जानकारी गराउँदै, यी प्रविधिहरू स्थानीय क्षेत्रमा सुरक्षा व्यवस्थापनका लागि कसरी उपयोगी हुन सक्छ भन्नेबारे प्रकाश पारे।
विभिन्न पालिका तथा नगरपालिकाका आईटी इन्जिनियर, स्थानीय व्यापारी, सुरक्षाकर्मी, र प्राविधिकहरूको सक्रिय सहभागिताले कार्यक्रमलाई थप प्रभावकारी बनायो। सहभागीहरूले तालिमपछि आधुनिक सुरक्षा प्रणालीको उपयोग गर्न थप सहज हुने प्रतिक्रिया दिए।
कार्यक्रमले स्थानीय क्षेत्रमा सुरक्षा प्रविधिको उपयोगबारे जनचेतना अभिवृद्धि गर्दै व्यवसाय र प्रविधिको क्षेत्रमा नयाँ अवसरहरूको सिर्जना गर्ने विश्वास गरिएको छ।
