दम्पत्तिसहित तीनजनाको दुर्घटनामा मृत्यु

Deurali Darshan Media
Deurali Darshan Media 2.4k Views 2 Min Read

सुदीप ज्ञवाली:- श्रीमतीलाई अस्पताल लैजाने क्रममा बुटवल १२ नयाँगाउँका ७१ वर्षीय तिलकराम खनाल, उनकी श्रीमती ६७ वर्षीय गौरी खनाल र चालक ३२ वर्षीय हरि न्यौपानेको शुक्रबार राति गाडी दुर्घटनामा मृत्यु भएको छ।

दमको रोगले ग्रस्त गौरी खनाललाई उपचारका लागि छोराहरूले गाडीको व्यवस्था गरी साझाका लागि बुटवलको साझा अस्पताल पुर्‍याउन खोज्दै गर्दा यो घटना भएको हो। पश्चिमबाट बुटवलतर्फ जाँदै गरेको बलेरो जिप तिनाउ पुल पार गरेपछि मोडमा अनियन्त्रित भई डिभाइडरमा ठोक्किँदा दुर्घटना भएको इलाका प्रहरी कार्यालय बुटवलका प्रहरी नायब उपरीक्षक विजयराज पण्डितले जानकारी दिए।

हतारमा भयो दुर्घटना
तिलकराम खनालका कान्छा छोरा विशाल खनालले मोटरसाइकलमा अस्पताल पुगेर टिकट र डाक्टरको व्यवस्था गरिसकेका थिए। तर, गाडीले अस्पताल पुग्न बाँकी ५ सय मिटर नजिकै दुर्घटना हुँदा तीनैजनाको घटनास्थलमै मृत्यु भएको हो।

चालक हरि न्यौपाने कपिलवस्तु निवासी र तिलकरामका छोराको साला हुन्। दुर्घटना रातिको समय भएकाले फोकस लाइटले पनि गाडी अनियन्त्रित भएको हुनसक्ने प्रारम्भिक अनुमान गरिएको छ।

५० वर्षे साथ, एकैसाथ अन्त्येष्टि
तीन छोरा र एक छोरीका अभिभावक रहेका तिलकराम र गौरी करिब ५० वर्षअघि विवाह गरेका थिए। १० वर्षअघि रुपन्देही झरेर छोराहरूसँग बस्दै आएका उनीहरूलाई शनिबार कपिलवस्तुको लक्ष्मण घाटमा एकै चितामा अन्त्येष्टि गरिएको छ।

साझा अस्पतालका अध्यक्ष समेत रहेका गोविन्द खनालका अनुसार अस्पताल पुर्‍याउन १५ मिनेटमात्र बाँकी हुँदा दुर्घटना भएको हो। “सिरियस बिरामीलाई अस्पताल पुर्‍याउन नसक्दा यो पीडादायी घटना भएको छ,” उनले भने।

छिमेकीको मर्मस्पर्शी प्रतिक्रिया
उनीहरूको अन्त्येष्टिमा सहभागी भएका बसन्तराज खनालले भने, “५० वर्षे सँगै जिउने कसम खाएका जोडीलाई यसरी एकैसाथ गुमाउनुपर्दा पीडा सहन नसकिने भयो।”

यस दुर्घटनाले रातिको यात्रामा सावधानी र सडक सुरक्षाको महत्व पुनः चर्चा ल्याएको छ।