सर्केगाड गाउँपालिका उपाध्यक्षमा माओवादी केन्द्रकी देवकी तिमल्सिना निर्वाचित

Deurali Darshan Media
Deurali Darshan Media 2.5k Views 1 Min Read

हुम्ला – हुम्लाको सर्केगाड गाउँपालिका उपाध्यक्षमा माओवादी केन्द्रकी देवकी तिमल्सिना निर्वाचित भएकी छन्। उनले १ हजार ६३६ मत प्राप्त गरी विजयी हासिल गरिन्। उनका निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसकी सविता बुढाले १ हजार ५९३ मत प्राप्त गरिन्। तेस्रो स्थानमा रहेका एमालेकी उम्मेदवार जाना शाहीले १ हजार १३२ मत प्राप्त गरिन्।

यस उपनिर्वाचनमा माओवादी केन्द्रको उम्मेदवार देवकी तिमल्सिनाले प्रभावकारी प्रदर्शन गर्दै जीत हासिल गरेपछि सर्केगाड गाउँपालिकामा रिक्त रहेको उपाध्यक्ष पद पुनः भरिएको छ। यस अघि सर्केगाड गाउँपालिकाका उपाध्यक्ष चन्द्रसिंह कार्की सडक दुर्घटनामा परेर निधन भएका थिए, जसको कारण उपनिर्वाचन आयोजना गरिएको हो।