
बुटवल :- तिहार पर्वको विशेष अवसरमा सन्सा फिल्म्सद्वारा आयोजित देउसी भैलो कार्यक्रम एक भव्य र हर्षोल्लासपूर्ण वातावरणमा सम्पन्न भएको छ। कार्यक्रमको अध्यक्षता सन्सा फिल्म्सका अध्यक्ष सुरज खनालले गरेका थिए भने प्रमुख अतिथिको रूपमा गायक र सर्जक मोतिराज खनाल उपस्थित थिए। कार्यक्रममा पत्रकार वर्षा खनाल र अन्य ख्याति प्राप्त कलाकारहरूको पनि सहभागिता रहेकाे थियो।
सन्सा फिल्म्सले देउसी भैलो खेल्ने क्रममा नेपाली सांस्कृतिक र धार्मिक पर्वहरूको महत्वलाई उजागर गर्नको लागि यस कार्यक्रमको आयोजना अध्यक्ष खनालले बताउनु भयाे। कार्यक्रममा देउसी भैलोको अलावा, ख्याली नाच, सोरोठी नाच र मारुनी नाच पनि प्रस्तुत गरिएको थियो। यसले शहरका व्यस्त जीवनशैलीबाट अलिकति मौलिकता बचाउने र हाम्रो धर्म र संस्कृति बचाउन महत्त्वपूर्ण भूमिका खेल्ने विश्वास व्यक्त गरिऐकाे थियाे।

कार्यक्रममा समर्पित कलाकार र पत्रकारहरूको सम्मान पनि गरिएको थियो। सन्सा फिल्म्सका अध्यक्ष सुरज खनालले देउसी भैलो खेल्नुको मुख्य उद्देश्य नेपाली समाजमा मौलिक सांस्कृतिक पनको पुनर्निर्माण गर्नु रहेको बताए। कार्यक्रममा संचालनको जिम्मेवारी नारायण केसी (भान्जाले) ले पुरा गरेका थिए।
यो कार्यक्रम नेपाली समुदायमा देउसी भैलो खेल्ने परम्परालाई जिवित राख्दै, नेपाली सांस्कृतिक धरोहरको संरक्षण र सम्वर्धनका लागि ठूलो योगदान पुर्याएको छ।
